Advertisement |
|
|
अन्तर्वार्ता
Published : September 25, 2011 | Author : डा. गोविन्दराज भट्टराई | Rating :     |
|
|
म वेलायत आउनुको मुख्य उदेश्य अ.ने.सा.स.ले आयोजना गरेको दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा अतिथीको रुपमा एउटा कार्यपत्र प्रस्तुत गर्दै सहभागी हुन आएको हुँ......
|
Read Full ... |
नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा
Published : February 25, 2010 | Author : डा. गोविन्दराज भट्टराई | Unrated |
|
|
घरदेखि यति टाढा रहेका वन्धुवान्धवसँग भेट गर्ने सुयोग परेको यो बेला मेरो हृदय आनन्दातिरेकले नाचेको छ । यो हर्षप्रकट गर्न शब्दको अभाव भएझैँ लाग्दैछ । यहाँ आइपुगेको बेला र्सवप्रथम त हाम्रो हृदयमा एउटा साझा भूमिको कल्पनाले हुन्छ, त्यसपछि मनलाई एउटा विशाल भाषाले उनिएका छौँ भन्ने भावनाले हुन्छ । त्योभन्दा बढी त्यही भाषाको समृद्धि र निरन्तरताको लागि अनेक त्याग र तपस्यामा लाग्नुहुने तपाईंहरूको सामुन्ने उभिन पाएको छु भन्ने सम्झँदा आनन्दले मेरो मन भरिएर आउँछ......
|
Read Full ... |
अमर सैन्य-साहित्यको सिर्जनामा श्रीगणेश
Published : August 21, 2009 | Author : डा. गोविन्दराज भट्टराई | Rating :     |
|
|
म गणेश राईप्रति आकषिर्त भएको निकै भयो । मैले उनको राइफलको नालबाट जीवन नियाल्दा पढेपछि लाग्यो यसप्रकारको युद्ध साहित्य नेपालीमा लेखिएन । नेपाली नागरिकले ठूला-ठूला विश्वस्तर युद्धसँग साक्षात्कार भएको तीन सय वर्ष नाघ्यो । तर अघि केही लोकभाकाका रचनावाहेक केही लेखिएन । सायद हाम्रा सिपाहीमा शिक्षाको कमी थियो होला साथै नेपाली सबैको स्थिति त्यस्तै थियो- प्रकाशन व्यवस्था थिएन, पठनपाठन परम्परा थिएन । कलिलो नेपाली भाषामा सिर्जना शक्ति हुन्छ भन्ने ज्ञान थिएन......
|
Read Full ... |
महाकविले टेकेको भूमिमा
Published : July 02, 2009 | Author : डा. गोविन्दराज भट्टराई | Rating :     |
|
|
रुसयात्राको बारेमा केही लेखौँ भन्छु तर यो हृदयमा धेरै कुरा एकैचोटि उम्लेर आउँदा म अभिव्यक्तिको सङ्कटमा परेको जस्तो हुन्छु । यात्राको अविस्मरणीयता छ एकातिर, अनेक नवीनता छन्, ऐतिहासिकता छ, भिन्न अनुभूति छन् भने अर्कातिर कसरी यो परिस्थितिमा हामी पुग्यौँ, कसरी नेपाली जातिले यत्रा आयोजनाहरू सोच्न थाले, सम्पन्न गर्न थाले, यसले हाम्रो जातीय इतिहासलाई कुन कोणबाट हेर्दा विशेष अर्थ भेटिन्छ जस्ता प्रश्नले मलाई खेदिरहन्छन्......
|
Read Full ... |
नेपाली साहित्यमा एक नवीनतम सिद्धान्त र प्रयोगका कुरा
Published : April 10, 2009 | Author : डा. गोविन्दराज भट्टराई | Unrated |
|
|
विश्व साहित्यलाई अनेका प्रकारका आन्दोलनले अघि बढाउँदै ल्याएको छ । यहाँको कला, दर्शन, चिन्तन सबैमा यही लागू हुन्छ । मैले काव्यिक आन्दोलनको परिचय (२०६१) मा आधुनिक कालका प्रमुख पाश्चात्य वाद र आन्दोलनको चर्चा गरेको छु, तिनको परिप्रेक्ष्यमा नयाँ इतिहास बोकेको नेपाली साहित्यमा आएका वाद र आन्दोलनको पनि चर्चा गरेको छु । नेपाली साहित्यका मोती मण्डलीदेखि रङ्गवादसम्ममा बितेको डेढ सय वर्षको इतिहासमा तीन दर्जन जति प्रमुख आन्दोलन जन्मिए ......
|
Read Full ... |
उत्तरआधुनिक सिद्धान्तको पृष्ठभूमिमा नेपाली आख्यानेतर साहित्य
Published : March 14, 2009 | Author : डा. गोविन्दराज भट्टराई | Rating :     |
|
|
प्रस्तुत रचनाको शीर्षकले दुईतिर छुन्छ- उत्तरआधुनिकता र विधाविभाजन । यसले यी दुवै कुरालाई नेपाली साहित्यको सन्दर्भमा हेरिमाग्न पनि आग्रह गर्दछ । विषयको गहनताले गर्दा मलाई विस्तारमा बोलौँ लागेको छ, तर स्थान वा समयको सीमाले सङ्क्षेपमा अवतरण गर्नुपर्ने हुन्छ । त्यसकारण म यहाँ बीचको तर छोटो बाटो दौडिन चाहन्छु । यो सूत्र पक्रेर अरूले विस्तारमा जाने मार्ग पत्ता लगाउन सक्छन्......
|
Read Full ... |
|
Random Pick |
प्रज्ञा भवनको सानो हलमा उक्लिएँ । मैले वाचन गर्ने कविता किरात राई लेखक सङ्घको अध्यक्ष राजन मुकारुङलाई थम्याएँ । वाचन गर्न नपाओस् भनी नेपाली रुपान्तर चाहिँ उनले छुट्टै राखे । शुद्ध बुङ्लावा भाषामा मात्र वाचन गर्नु पर्ने (नेपालीमा अर्थ खुलाउन नपाइने) आचारसंहिता उनले जारी गरे । नेपाली रुपान्तर मैले फिर्ता माग्दा छाप्नुलाई जरुरी भएको उनले ठानी फिर्ता दिनु इन्कारे...... |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
803234
|
Total Categories |
15
|
More
Links |
|
|