Advertisement |
|
|
पृथक उपन्यास 'अपमान' को तेस्रो संस्करण
Published : October 22, 2012 | Author : देश सुब्बा | Unrated |
|
|
खोइ मान्छेको स्वतन्त्रता, खोइ मान्छेको अधिकार - कानुन एकातिर प्रयोग अर्कोतिर । देश एकातिर जातिहरू अर्कोतिर । यो कति असान्दर्भिक, कति बेमेल । भाषण अब्राहमन लिङकनको जस्तो प्रजातान्त्रिक व्यवहार कुनै हिटलरको जस्तो नाजी । त्यसैले ती सबै बेमेल, अन्याय, अत्याचारलाई समग्रमा मिलाएर मैले 'अपमान' भने र औपन्यासिकता दिन केही आधार विकास गरें......
|
Read Full ... |
मिथ्याको महाजंगलमा हङकङका नेपाली
Published : May 31, 2012 | Author : देश सुब्बा | Rating :     |
|
|
हङकङको नेपाली समुदायमा अविश्वासको पहाड उठेको छ । कसले कसलाई विश्वास गर्ने पत्तो छैन । विश्वासको हात, मुख, अनुहार पनि त हुँदैन यस्तै हुन्छ भनेर देखाउन । यसको एउटा मात्र आधार हुन्छ, आधार ढलेपछि गर्लाम्मगुर्लुम्म ढल्छ । नेपाली समाज यसरी नै उभेको छ आधारहिन । कता समाउने, कता टेक्ने, कता उभिने मात्रै विश्वास अड्ने एउटै खम्बा छ अविश्वास......
|
Read Full ... |
हराएको मान्छे
Published : August 23, 2011 | Author : देश सुब्बा | Rating :     |
|
|
धेरै वर्ष अगाडि
मैले पढेको इतिहासमा
एकजना मान्छे हराएको थियो
सुन्छु पृथ्वीमा फैलिएको भाषा उसको रे
पृथ्वीमा लेखिन्दै गरेको लिपि पनि उसको रे
उसको संस्कृति फैलिएर
|
Read Full ... |
मृत्युको प्रतिक्षा
Published : July 18, 2011 | Author : देश सुब्बा | Rating :     |
|
|
मसित गुलाबको बिरुवा छ
म त्यो प्रेमको इमान्दार माली
मैले गुलाबमा सुवास थप्नु छ
अलिकति सौन्दर्य राख्नुछ
संसारलाई यो गुलाब देखाउनुछ
यो गुलाब हिजो फुलेको थियो
|
Read Full ... |
कामुको मान्छे
Published : June 15, 2011 | Author : देश सुब्बा | Rating :     |
|
|
यो संसार एउटा कोठा
कोठामा घुम्दै वास बस्न
आइपुगेको ‘म’ मान्छे
पहाडको बाटो
घुम्ती र नागबेली खोला
आँधीबतास काट्दै
|
Read Full ... |
पशुको ईश्वर
Published : May 16, 2011 | Author : देश सुब्बा | Unrated |
|
|
ए ईश्वर
म तिम्रो परम भक्त हुँ
तिमी कहाँ छौ
तिमीलाई खोज्दै-खोज्दै हिँड्ने तीर्थयात्री हुँ
बाटामा
थाकका थाक अस्थिपञ्जर छन्
|
Read Full ... |
कविताको फूल र दिमागको रेखा
Published : December 01, 2010 | Author : देश सुब्बा | Unrated |
|
|
२१ तारिख आइतबार २०१० । आधा घाम र आधा छायाँ छोडिन्दै गएको गर्मी र अगाडि पोल्दै चिसाउँदै आइरहेको जाडो मौसमको त्यो दिन कामले थकित शरीर र दिमागमा बाक्लिएको शहर, समस्याको प्रदुषणले उकुसमुकुसिएका कविता, शरीर सबैलाई झटाउन, टकटकाउन र ताजा बनाउन हाम्रो सधैँ चुनवानमा भेटघाट गर्ने सृजक, विचारक, समालोचक प्रेम राई, डि.बी. पालुङवा, बिमल राई, म देश सुब्बा र दुई अथक कुदिरहने बालकहरू अविनाश र निसाम्को......
|
Read Full ... |
रेखा कविता
Published : November 01, 2010 | Author : देश सुब्बा | Unrated |
|
|
किन फैलिन्छ अतिवादी आगो
किन मौलाउँछ वैमनुष्यता
किन अशान्ति चारैतिर
किनभने यहाँ एउटा अमानुष रेखा छ
म त्यो रेखामा उभिरहेको छु यतिखेर
जब म त्यो रेखा टेकेर उभिन्छु
|
Read Full ... |
डायास्पोराको सिकारी र सिकार
Published : October 19, 2010 | Author : देश सुब्बा | Unrated |
|
|
म डायास्पोरा भन्ने अनौठो मुलुकको सिकारी हुँ
मैले सिकार गरेको पनि एक दर्जन वर्ष नाघेछ
मैले यहाँको तातो बालुवा, ढुङ्गामा सिकार गरेको छु
मैले रातमा ब्यूझेर सडक र गल्लीहरूमा सिकार गरेको छु
समुद्रको लु हावामा सिकार गरेको छु
मैले जिजिविषाको प्रत्येक भीर, पहरा र कन्दरामा सिकार गरेको छु
|
Read Full ... |
रेखा कविता
Published : October 07, 2010 | Author : देश सुब्बा | Rating :     |
|
|
म आत्माहरू बाल्न खोजिरहेको छु
मसित एउटा सरल रेखीय आत्मा छ
म त्यसमा दीयो बाल्न खोजिरहेको छु
बाहिरको अन्धकारले छोपेर बाल्न दिदैन
मभित्रैबाट बाल्न खोजिरहेको छु
मभित्र ज्योतिको ढुकुटी छ
|
Read Full ... |
सीमा समाधिस्थ गर्दछु
Published : September 17, 2010 | Author : देश सुब्बा | Rating :     |
|
|
यो सीमा रेखा जसले
मेरो निधार कोरेको छ
अब त्यसको समाधिस्थ गर्दछु
यो रेखा जसले भीष्मलाई
कौरव रेखामा उभ्यायो,
यो रेखा जसले कृष्णलाई पाण्डव रेखामा उभ्यायो
|
Read Full ... |
सपनाको देश र माछाको अस्थिपिञ्जर
Published : July 09, 2010 | Author : देश सुब्बा | Unrated |
|
|
हेमिङ्वेको 'बूढो मान्छे र समुद्र' उपन्यासमा एकजना बूढो पात्र छन् । माछा पकडिने सिलसिलामा ऊ किनाराबाट धेरै टाढा पुगेको हुन्छ । उसले तीनदिन लगाएर ठूलो माछा जालीमा पार्छ । माछाको धुनमा उसलाई भोक तिर्खा पनि लाग्दैन । माछा लिएर किनारतिर फर्किन्दै गरेको हुन्छ जालीमा रहेको माछालाई अरु माछाले लुछ्दै खान्छन् । जब किनारामा आइपुग्छ माछाको मासुजति सकिन्छ । माछाको नाममा केवल अस्थिपिञ्जर बाँकी रहन्छ ......
|
Read Full ... |
भयवादकोः आवश्यकता, विकास र गन्तब्य
Published : March 22, 2009 | Author : देश सुब्बा | Rating :     |
|
|
विचारहरूको महाजंगलमा भेला भएका छौं आज । सबैसित आ-आफ्ना जीवित विचारहरू छन् । यही जंगलमा अंकुरित विचार हो भयवाद । भयवादलाई यहाँसम्म ल्याउन यहाँहरू सबैको ठूलो सहयोग छ । त्यसको लागि यहाँहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु । आजको यस कार्यक्रमलाई मैले गौरवशाली डायास्पोरिक कार्यक्रम मानेको छु । डायास्पोराको जीवनशैली, विचार र साहित्यमा यसको अति ठूलो महत्व रहने छ......
|
Read Full ... |
सुन्दर चेतना-भय र भयवाद
Published : February 01, 2009 | Author : देश सुब्बा | Unrated |
|
|
भयवादको धारणा विकास हुन थालेको पनि एक दशक हुन लागेको छ । विश्वका दर्शन, साहित्यले सह्रशताब्दी, दुईसह्रशताब्दी मनाउँदै छन् धमाधम । नेपाली साहित्य विचारले पनि शताब्दी मनाइसकेको घडीमा भयवाद निकै पछिबाट पहिला विचारमा अनि साहित्यमा आएको छ-हङकङ, काठमाण्डौँ र धरानमा विमर्श, छलफल हुँदै । छोटो अवधिमा राष्ट्रिय बहस हुनुले विषयको सघनता जनाउँछ गतिशीलता देखाउँछ ......
|
Read Full ... |
|
Random Pick |
मान्छेहरू
मान्छेले मान्छे वगाउने भेलहरूमा
मान्छेको मानव सागरमा
हराइ रहेका छन् ।
जिन्दगीका दौडहरू
जीवनका वक्र-रेखकीय यात्राहरू |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
801675
|
Total Categories |
15
|
More
Links |
|
|