Advertisement |
|
|
मेरो वाउको गाउँ
Published : April 14, 2012 | Author : कोरङ्गी प्रेम | Unrated |
|
|
विश्व बिख्यात तानशाह एडोल्फ हिट्लरले आफु जन्मेको घरलाई वाउ आमाको घर भनेका छन् त्यस्तै मैले पनि आफु जन्मेको घर र मेरो जन्मस्थान बाघा गाउँलाई वाउ आमाको घर भन्न रुचाउँछु, मेरो वाउको गाउँ भन्न रुचाउँछु किनकी त्यो गाउँमा मेरो छुट्टै पहिचान र अस्तित्व नभएको कारणले पनि म आफ्नै गाउँमा एउटा पाहुना सरह भएको छु । एउटा परदेशी जस्तो भएको छु, जो निश्चित समय डुल्छ घुम्छ अनि समय सकिए पछि पोको पन्तेरो बोकेर आफ्नै वासस्थानमा फर्कन्छ......
|
Read Full ... |
कविताको कमाल
Published : November 15, 2010 | Author : कोरङ्गी प्रेम | Rating :     |
|
|
एकताका मेरो रुचिको विषय भनेको संगीत थियो । त्यो विनाको जीवन कल्पना पनि गर्न सक्दिन थें । त्यसैले म सानो छँदा अगेनो माथिको खोपीमा रहेको बुढो रेडियोले एकै छिन सुख पाउँथेन । गाईबाख्रा चराउँदा होस् या भाइ वहिनी हेर्दा अथवा बाबु बाजेको बिंडो थाम्नलाई गोरु जोत्दा समेत सुख पाउँथेन त्यो रेडियोले । साँझ विहान गाउँघर डुल्दा छड्के पारेर रेडियो भिरी ठाँटिएर शानले हिंड्दा बेग्लै शान हुन्थ्यो यो ठागुको (ठुलेको......
|
Read Full ... |
म घर जाँदैछु
Published : October 11, 2010 | Author : कोरङ्गी प्रेम | Rating :     |
|
|
- हेल्लो, को बोल्नु भा को, वुवा हो ?
- को हो ?
- म ठागु (जेठा) हो क्या ठागु । विदेशबाट, ढोग गरें ।
- भाग्यमानी भएस् । नातिनी र बुहारीलाई सन्चै छ ?
- ठिकै छ । घरमा सबैलाई आरामै होला नि ?
- बेसै छ । अनि तिमीहरू घर आउँदैनौं ?
|
Read Full ... |
किसिमै भो
Published : September 07, 2010 | Author : कोरङ्गी प्रेम | Rating :     |
|
|
सधैं झैं मेलोमा टाउको जोतिरहेको थिएँ । खल्तीको मोबाईल बुरुक्कि बुरुक उफ्रन थाल्यो । बास्न शुरु गरेको भालेलाई कोरली पोथिको बथानबाट मुण्ट्याउँदै लगेर डोको भित्र जाक्दा कस्तरी उफ्रन्छ त्यसै गरी । यो ज्यानलाईनै लडाउँला झैं गरी । तर किन टेर्थ्यो यो ज्यान त्यति सजिलै......
|
Read Full ... |
बिदाको एक दिन
Published : August 16, 2010 | Author : कोरङ्गी प्रेम | Rating :     |
|
|
आज बिदाको दिन बिहान भरी सुत्नु पर्ने । दिनै भरी यता पल्टी उता पल्टी तन्की तन्की सुत्नु पर्ने । चौरासी ब्यन्जन परिकारसँग सोमरस अनि यस्तै यस्तै अन्य रसहरूसँग लठ्ठ लठ्ठीएर बिस्तारामा पल्टीनु पर्ने । अनि २-४ दिन अघि देखिनै कोलबीरे, म्यारिज र बिबिक्यूको आयोजना गरी साँप्रा, पखेटा र करङहरू चपाउँदै हाक्पारे भाकामा रम्नु पर्ने, झुम्नु पर्ने र अलिअलि प्वाँख हाल्दै गरेकी सानी बचेरी छोरी श्रेयालाई गुँडबाट निकालेर बजार, पार्क र मामाघर तिर घुमाउन लानु पर्ने दिन......
|
Read Full ... |
छाप्रीमा विताएको मध्येरात
Published : December 27, 2009 | Author : कोरङ्गी प्रेम | Rating :     |
|
|
झुप्रो, छाप्रो र महलमा के अन्तर छ ? अनि रेष्टुरेण्ट, बार र तारे होटलमा ? पक्कै पनि अन्तर छन् यीनीहरूका बीचमा । त्यसैले त यीनीहरूका बीचमा स्पस्ट बिभाजनका लक्ष्मण रेखाहरू कोरीएका छन् । झुप्रो र छाप्रोले नहुने तल्लो बर्गको प्रतिनिधित्व गर्दछन् भने महल र तारे होटल्ले हुने खाने उपल्लो बर्गको । झुप्रो छाप्रोमा असुबिधाहरूको खाद पाईन्छ भने सुबिधाहरूको चाङ्ग पाईन्छ महल र तारे होटल्मा यस्तै यस्तै......
|
Read Full ... |
तुम्हे अपने बनानेकी कसम खाई हे, खाई हे
Published : November 07, 2009 | Author : कोरङ्गी प्रेम | Rating :     |
|
|
प्रसङ्ग आज भन्दा ठिक १८ वर्ष अघि (२०४८ साल) को हो । २०४६ सालको जन आन्दोलन निम्ति राजधानी काठमाडौं हानिने तानाबाना बुन्न थालें । उ बेला अहिलेको जस्तो एस. एल. सी परिक्षा वैशाखमा नभई माघको पहिलो हप्तामा हुन्थ्यो र ५,६ महिनापछि श्रावण भाद्रमा नतिजा प्रकाशित हुन्थ्यो । पास वा फेल भएको खबर आकाशवाणी सेवा (आवा) बाट प्राप्त हुन्थ्यो जुन खबर गाउँका हुनेखाने, टाठाबाठा जो शहर बजारमा बस्दथे तिनैले पाउँदथे......
|
Read Full ... |
वास्तविकता
Published : April 19, 2009 | Author : कोरङ्गी प्रेम | Rating :     |
|
|
शौरभ एउटा किसान परिवारमा जन्मिएको केटो हो ।उ गाउँको साधारण स्कुलमा पढ्छ । असाधारण प्रतिभाको कारण एस एल सी फस्ट डिभिजनमा पास गर्छ ।आफ्नो दौतरीहरु सबै उच्च शिक्षाको लागि सदरमुकाम, राजधानी त कोहि विदेश तिर हानिन्छन् तर शौरभको निम्ति ति सबै बाटोहरु तगारो लगाइ दिएको छ अर्थले, पैसाले ।नजिकैको छिमेकी गाँउमा एउटा मास्टर बनेर आफ्नो अध्ययनलाई अघि बढाउन विवश हुन्छ ।एउटा मास्टरी पेशा अंगाल्दै बि.ए. सम्मको अध्ययन पुरा गर्दछ......
|
Read Full ... |
यस्तै रैछ संसार
Published : March 13, 2009 | Author : कोरङ्गी प्रेम | Rating :     |
|
|
हाँस्दा राम्री देखे पनि, मन भित्र खुनी रैछौ
जुनी जुनीको वाचा कसम, दुई दिनमै भूली गईछौ
यस्तै रैछ संसार
एउटा हाँस्दा अर्को रुने, मायाको कारोबार
|
Read Full ... |
यादमा
Published : January 20, 2009 | Author : कोरङ्गी प्रेम | Rating :     |
|
|
परदेशको बसाईले याद मार्यो की भन्छौ होला
झनै उर्लीएको छ भेल छाति भरीभरी
जतनले राख त्यो चोखो माया हिरा र मोती सरी ......
|
Read Full ... |
गीत
Published : January 02, 2009 | Author : कोरङ्गी प्रेम | Rating :     |
|
|
वर्षात पर्दा झरीमा तिमी रूझ्यौ की
खडेरीमा काकाकुल बनी उड्यौ की
निल गगनमा उडी हिड्यो धर्तिमा झर्यो की
मेरो दिलको कुनाबाट अन्तै डेरा सर्यौ की
|
Read Full ... |
|
Random Pick |
दार्शनिक रेने डेकार्टले सोचे- 'म सोच्छु तेसकारण म छु' । उनले यसरी सोच्दा 'म छु तेसकारण सोच्छु' भन्नेहरू आत्तिए । हिजोका संज्ञानहरूमा वर्तमान केलाउँदै भविष्यको रेखाङ्कन गर्नु कुनै पनि शास्त्रको सार्वभौमिक नियम रहेछ । हिजोहिजोमा आज खोज्दै भोलिको मिमांसा जगतको रूपाङ्कनमा तेही भएर अरूभन्दा कुनै पनि अर्थमा पृथक नरहेर सृजनशील अराजकताले पनि हुँदै आएको हो । त्यो हुनु या यो हुनु त्यै डेकार्टले भने झैं अस्तित्वसम्मत्को विचार हुनसक्ला...... |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
886887
|
Total Categories |
15
|
More
Links |
|
|