Advertisement |
|
|
"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
Published : September 21, 2016 | Author : अशोक राई | Rating :     |
|
|
केही अघि कवियत्री मनु कन्दङ्वाको कविता संग्रह "बलिहाङतङनाम मेरो मानसपटलमा" फेसबुक वालमा धेरैले सेयर गरे । कालो रंगको भुँइमा पुस्तकको नामलाई रक्त रन्जित बनाइएको आवरण रहेछ । कुनै हरर सिनेमाको पोस्टर शैलीको यस्तो आवरणले पुस्तक रहस्यमयी जस्तो बनाएको छ । फेरि 'बलिहाङतङनाम' लिम्बू किराँतहरूको सांस्कृतिक शब्द हो......
|
Read Full ... |
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
Published : October 29, 2012 | Author : अशोक राई | Rating :     |
|
|
यो कविताका हरफहरू हङकङेली नेपाली साहित्यमा भर्खरै थपिएको एक काब्यकृति “कुण्ठित मनका चित्कारहरू” बाट उद्धृत् गरिएको हो । कवि हुन् चन्द्र मादेन 'आन्छान' । यो कविताको डायसपोरिक भावले पाठकको मनमा एक प्रकारको छाप दिन्छ । डायसपोरिक जीवन रहर नभएर बाध्यता हो । परदेशका गगनचुम्बी महलहरूको के अर्थ परदेशीलाई भलै ति अरनिकोले कोरे झै कलात्मक किन नहोस , गैरभुमीका रंगिन शहर, सुन्दर महलहरू, चिप्लिने कारहरू अनि चिल्ला सडकहरू सबै मिथ्या......
|
Read Full ... |
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
Published : October 10, 2012 | Author : अशोक राई | Unrated |
|
|
धेरै भईसक्यो गजलकार बिष्णुनन्द चाम्लिङको गजल संग्रह “अन्तरमनको चित्र” हात परेको । केही त लेखौं भन्ने लागेकै हो । तथापी समयले साथ दिएको थिएन । मलाई लाग्छ हङकङमा “अन्तरमनको चित्र” नै प्रथम पटक प्रकाशित विशुद्ध गजल संग्रह हो । गजलप्रेमी भएकोले हङकङमा गजलको चहल पहल बारे मनमा चासो भईरहन्थ्यो । गजल लेखक र गजल पाठकहरु दुवैको अभावले पनि होला यहाँ गजलको उल्लेख्य चहल पहल हुँदैन......
|
Read Full ... |
मनको शहर
Published : July 30, 2012 | Author : अशोक राई | Rating :     |
|
|
तिमीलाई भेट्न
तिम्रै छेउ भएर
गुज्रीरहँदा
अन्तरभित्र फक्रीएको उमंग
मनको अतृप्त भावना
कवितामा पोख्न मनलाग्छ
|
Read Full ... |
गजल
Published : July 02, 2012 | Author : अशोक राई | Rating :     |
|
|
हाँस्ने कसरी म तिमी बिना ?
बाँच्ने कसरी म तिमी बिना ?
नीरस रंगमञ्चमा एक्लै
नाँच्ने कसरी म तिमी बिना ?
अधूरा अनन्त रहरहरु
साँच्ने कसरी म तिमी बिना ?
|
Read Full ... |
कवि ईङ्नामको काव्य बिशेषता भनेको स्वछन्दता हो... 'कोसेली परदेशबाट'
Published : June 08, 2012 | Author : अशोक राई | Unrated |
|
|
कवि नगेन्द्र ईङ्नाम 'आठराईली' को काव्यकृती न्यू योर्क शहरमा गत डिसेम्बर ३१ तारिखका दिन सार्वजानिक भयो । हाल यो पुस्तक नेपाललगायत बिभिन्न देशमा रहेका पाठकहरूले पढी सकेको हुनुपर्दछ । यसै पुस्तकको बारेमा छोटो समीक्षा गर्ने जमर्को गरेको छु ।
कवि ईङ्नामको काव्य बिशेषता भनेको स्वछन्दता हो । उनको हरेक कवितामा कुनै सीमा छैन । जहाँतहिं पानी जस्तै सलल बगिदिन्छन् उनका कविता सरल र सहज भाषामा अनि आफ्नै कलामा......
|
Read Full ... |
सम्झन लायक बिर्सिएका गीतहरु
Published : March 11, 2012 | Author : अशोक राई | Rating :     |
|
|
कुनैबेला हङकङमा हामीले गीतमा पुनरसंरचनाको खाँचो र आवश्यक्ताबारे बहशहरू गर्यौ । त्यसपछि आदिवासी गीतकार समाज पनि गठन गर्यौं । त्यति मात्र होईन हामीले 'आदिवासी' नामक गीति एलबम पनि सार्बजनिक गर्यौं । हामीले लेख्ने र गाउँने गीतमा अनि हामीले बनाउँने संगीतमा आदिवासी पीडा, आदिवासी सौन्दर्य र साँस्कृतिक पक्ष हावी होस् भन्ने आग्रह राख्यौं । त्यो आग्रह भनेको गीतमा सचेतनाको कुरा हो......
|
Read Full ... |
चाल उस्तै उस्तै
Published : February 17, 2011 | Author : अशोक राई | Unrated |
|
|
चालक नयाँ भएपनि चाल उस्तै उस्तै
बाजा फरक परेपनि ताल उस्तै उस्तै
ढुंगा फ्याँकी तलाउको शान्ति बिगार्नेले
सुनामी नै ल्याँउछु भन्छन् छाल उस्तै उस्तै
बिनाश रोकी बिकास ल्याउने कुरा धेरै भए
जोगी धेरै आए कानको हाल उस्तै उस्तै
|
Read Full ... |
समुच्च विचार र अर्धवृत्त सानो समिक्षा
Published : January 03, 2011 | Author : अशोक राई | Unrated |
|
|
जगतलाई हेर्दा जताततै र जुनसुकै क्षेत्रमा कोही या केही हावी भइरहेको पाईन्छ । ग्लोबल लेभलमा हेर्ने हो भने क्षेत्रमा पश्चिमा, जातिमा युरोपियन, धर्ममा क्रिस्चीयनीटी, भाषामा अंग्रेजी, जेन्डरमा मेल र कल्चरमा वेष्टर्न आदि हावी छ । नेपालमा हेर्ने हो भने क्षेत्रमा काठ्माडौं, जातिमा ब्राम्हण र क्षेत्री, भाषामा खस, धर्म र संस्कारमा हिन्दू र लिङ्गमा पुरुष हावी छ । हावी भएका र ओझेलमा परेका बीच प्रत्यक्ष अप्रत्यक्ष द्वन्द छ......
|
Read Full ... |
युद्ध एम्बुसमा राइफलको संङ्गीत- सैन्य साहित्यको अर्को आयामिक कृति
Published : February 09, 2010 | Author : अशोक राई | Rating :     |
|
|
म सानो छँदा भू्पू गोर्खा लाहुरेहरूको बहादुरीको बार्तालापहरू सुन्दा दन्त्य कथा सुने जस्तो लाग्थ्यो । समाजमा ब्याप्त लाहुरे हुन पाउनुको आकर्षण र त्यो युद्धको डरलाग्दो कथाहरू बीच म असमाञ्जसमा पर्थें । सोच्थें यी गोर्खाली लाहुरेहरूले कसरी विश्वमा वीरता प्राप्त गरे ? के यी लाहुरेहरू साच्ची नै दुश्मनसित ज्यानको बाजी थापेर युद्ध गर्छन त ? युद्धमा दुश्मनलाई मार्ने मात्रै त हुँदैन । दुश्मनले पनि आफूलाई मार्छन्......
|
Read Full ... |
गजल
Published : December 23, 2009 | Author : अशोक राई | Rating :     |
|
|
हातमा प्याला थमाएर लेखेँ
तिम्रो फोटो समाएर लेखेँ
उकुस मुकुस भयो अनि पिएँ अलिकति
शब्द आँसु खसाएर लेखेँ
हेर्दै थिएँ तस्विरमा मुस्कुरायौ तिमी
भित्र भित्रै रमाएर लेखेँ
|
Read Full ... |
पन गीती एल्बम भित्रको सौन्दर्य
Published : October 07, 2009 | Author : अशोक राई | Unrated |
|
|
सन्दर्भ रोशा लिम्बूको गिती एल्बम "पन"को हो । यसै सन्दर्भमा आफ्ना केही कुरा ओकली हालौं ।म गीत संगीतको पारखी मात्र । यसको प्राविधिक पक्षमा पुरै अनभिज्ञ म गीत त लेख्छु तर राम्रो गीत लेख्न आउँदैन न गाउन नै । बजाउन त मलाई ताली पनि मिलाएर आउँदैन । अब मैले गीत संगीत यस्तो उस्तो भनेर बोल्ने कुरा त त्यति नसुहाउँला । तर हामी गीतमा सचेतनाका कुरा भने गर्न सक्छौं या आग्रह र विचारको कुरा भने हामी राख्न सक्छौं......
|
Read Full ... |
हङकङमा टंक सम्बाहाम्फे र उनकोयुद्धभित्र उभिएका बुद्धहरू
Published : August 16, 2009 | Author : अशोक राई | Unrated |
|
|
टंक सम्बाहाम्फे हङकङमा एक लोकपृय तथा कृयाशील साहित्यकर्मी हुन् । उनी कवि मात्र होइनन् राम्रा गितकार पनि हुन् । उनको आफ्ना गीतहरूको दूईवटा गीति संगालो 'मनोभाव' र 'सार' बजारमा आईसकेका छन् । हङकङमा सम्बाहाम्फेले गरेका वैचारीक, साँस्कृतिक, राजनैतीक एबं सामाजिक प्रयत्नहरू नीकै महत्वपूर्ण छन्......
|
Read Full ... |
कवि देवेन्द्र खेरेसको रुङरीको बयान र नदी किनारा
Published : July 15, 2009 | Author : अशोक राई | Unrated |
|
|
एउटा मध्यम वर्गीय मान्छेले खोज्ने जीवनको लागि न्यूनतम कुरा सायद दुई छाक खाना, एउटा कोठा, न्यानो ओछ्यान, प्यारो नीन्द्रा र मीठो सपना नै हो । तर गाँस, बास, कपास जस्ता आधारभूत तत्वहरू भित्रको यथार्थ असामान्य छ जीवनमा । त्यतिले मात्र पूरा हुँदैन मान्छेको जीवनचर्या । कोठा, ओछ्यान, नीन्द्रा र सपनाभित्र र बाहिरका अनेक अवयवहरूले मान्छे सोचे झै बाँच्न सक्दैन । गाँसमा ढुङ्गा लाग्छ, कोठाभित्र चिन्ताले बास गर्छ, ओछ्यानमा बिझाउने कुरा हुन्छन्, नीन्द्रा निश्चिन्त छैन र सपनाले उतिकै दुःख दिने गर्छ......
|
Read Full ... |
रामकृष्ण बान्तावाको
Published : July 07, 2009 | Author : अशोक राई | Unrated |
|
|
"सम्झनाको छाँगाबाट मीठो इन्द्रेणी लहरीँदा तपाई देख्नुहुनेछ आहा ! ती मान्छेहरू ! उज्यालोको गीत गाईरहेका हुनेछन् तरुण तरुणले जीवनको भाका, शब्द सत्ताको स्वभाविक सक्ति । हो मायाबी फूलहरूले गाईरहेका हुनेछन् । प्रत्येक रात सीरुको पातबाट खसेको युवती आँसु कठै ! त्यो पनि सुन्दर दु:ख हुनेछ । र हुनेछ जिन्दगीको बलेसीबाट क्षितिजको घाम हेरीरहेको एक दु:खी गीतकार उहि तपाई हाम्रा पृय रामकृष्ण बान्तावा जो शब्दहरूको पहाड उभ्याएर जीवनको उचाइ उभीन चाहन्छन्......
|
Read Full ... |
अशोक राई
Published : June 03, 2009 | Author : अशोक राई | Unrated |
|
|
मेरो आमाको चेप्टो सुन
सिरबन्दी र रेजी
खुट्टाको कल्ली
उहिले दरबारेलाई तिरो तिर्दा
खर्च भएको साक्षी
छड्के किनारामा
|
Read Full ... |
कवि प्रकाश छाङ्छा र उनको 'पुल तरे पछि हराएको मान्छे
Published : May 24, 2009 | Author : अशोक राई | Rating :     |
|
|
प्रकाश छाङ्छा हङकङका पाका कवि हुन् । उनी मिलनसार, हँसिला र ससिला छन् । जीवनका तिक्तताहरुलाई उनले साहित्यमा कतैपनि पोखेको पाइन्दैन । न त जीवन प्रति उनी कहिले निरास नै देखिन्छन् । पिउने कुरामा कवि हरिभक्त कटुवालको याद दिलाउने कवि छाङ्छा साहित्यमा भने उनी जस्तो निरासावादी छैनन् । बरु आफ्ना सृजनाहरुमा उनले देशको माया व्यक्त गरेका छन् । जीवन र जगतका यथार्थहरु उजागर गरेका छन् । राजनैतिक वेथितीलाई व्यंग्य गरेका छन्......
|
Read Full ... |
"शब्दघोष जिजीविषाको" भित्र प्रकाश के.सी.को कथाहरूलाई केलाउँदा
Published : April 19, 2009 | Author : अशोक राई | Rating :     |
|
|
"शब्दघोष जिजीविषाको" कथा संग्रह प्रकाश के. सी. र प्रदिप कन्दङ्वा (प्रद्धय) को सयुंक्त कथा संग्रह हो ।यसमा जम्मा दुवै कथाकारका आठ् आठ् वटा गरि जम्मा सोह्र वटा कथाहरू संकलित छन् । कथा संग्रहमा भएका कथाहरूले मूलत हङकङको परिवेशलाई चिनाउने काम गरेका छन् । हङकङमा जिजीविषाको क्रममा आज कथाकार, कवि एवं पत्रकार प्रकाश के.सी. रोजगारीका अलावा नेपाल डट् एच् के वेब् मेडीयाको संचालन गर्दै आएका छन् भने कथाकार एवं गितकार साथै कवि प्रदिप कन्दङ्वा भने याक एण्ड यति रेष्टोरेन्टका मालिक बनेका छन् ......
|
Read Full ... |
"शब्दघोष जिजीविषाको" भित्र प्रदीप कन्दवाको कथाहरूलाई केलाउँदा
Published : April 14, 2009 | Author : अशोक राई | Unrated |
|
|
"शब्दघोष जिजीविषाको" कथा संग्रह प्रकाश के. सी. र प्रदिप कन्दङ्वा (प्र द्धय) को सयुंक्त कथा संग्रह हो । यसमा जम्मा दुवै कथाकारका आठ् आठ् वटा गरि जम्मा सोह्रवटा कथाहरू संकलित छन् । कथा संग्रहमा भएका कथाहरूले मूलत हङकङको परिवेशलाई चिनाउने काम गरेका छन् । हङकङमा जिजीविषाको क्रममा आज कथाकार, कवि एवं पत्रकार प्रकाश के.सी. रोजगारीका अलावा नेपाल डट् एच् के वेब मेडीयाको संचालन गर्दै आएका छन् भने कथाकार एवं गितकार साथै कवि प्रदिप कन्दङ्वा भने याक एण्ड यति रेष्टोरेन्टका मालिक बनेका छन्......
|
Read Full ... |
|
Random Pick |
सुनखरी फूल जस्तै मेरो मनमा फुल्यौ तिमी
गोधुली राग जस्तै मेरो दिलमा रागियौ तिमी
हृदयमा,
अमिट भई जूनिभर सजियौ तिमी,
बग्दै बग्दै आयौ,
म, अर्को खोला, बग्दै बग्दै आएँ |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
884904
|
Total Categories |
15
|
More
Links |
|
|