Advertisement |
|
|
अन्धा जनता
Published : January 17, 2016 | Author : सरण राई | Rating :     |
|
|
“....सम्पूर्ण दुःखको मुहान आँखा हो । यसलाई चिम्म पारेर केही बेर मोक्ष अनुभव गर्नुभन्दा आँखालाई फुटाई नै दियो भने सधैंका लागि मोक्ष प्राप्त हुन्छ । हो कि होईन ?”
नेता आफ्ना पिछलग्गु कार्यकर्ता र जनताहरुलाई सोध्छन्......
|
Read Full ... |
महाभूकम्प र सुअवसर
Published : May 06, 2015 | Author : सरण राई | Unrated |
|
|
संकटले नै महान् मानिसहरुको परीक्षा लिन्छ | यस्तो परीक्षामा हाम्रा अधिकांस नेताहरु परीक्षाभन्दा पहिला नै फेल भैसकेका छन् |अहिले उनीहरुको नजर विदेशबाट भूकम्प पीडितका लागि आउने रकममा केन्द्रित रहेकोले उनीहरुका कार्यकर्ताहरु पार्टीको झण्डा लिएर चन्दा संकलनमा सडकमा,सहरमा र गाउँ घरमा निस्किएका छैनन्......
|
Read Full ... |
मुस्कुराउँन सकूँ अन्तिम क्षणमा
Published : January 16, 2015 | Author : सरण राई | Rating :     |
|
|
मृत्युपश्चात मानिसहरू मलाई महान् सम्झेर
फूल, अबीर, माला र खादा पहिराउँदै मेरो तस्वीरलाई
श्रध्दासाथ मेरो तस्वीर अगाडि झुक्नेछन्— सम्झेर
बॉचिरहेको म अहिले मुस्कुराउँछु— मलाई
मृत्यु पछाडि चढाइने श्रध्दाञ्जलिको के अर्थ हुन्छ र ? मलाई
सम्झन्छु— अहिले म बॉचिरहेको बेला मुस्कुराउँनु चाहीँ महान् कुरो हो
|
Read Full ... |
चिन्ता गर्नुपर्छ
Published : June 24, 2014 | Author : सरण राई | Rating :     |
|
|
'कस्तो निस्फिक्री मान्छे ! कुनै चिन्ता छैन ! यस्तो पनि मान्छे हुन्छ ?'
ठीक हो, चिन्ता नहुने निस्फिक्री मान्छे हुन्छ र ? मान्छे हुनका निम्ति चिन्ता गर्नु पर्छ । निधारमा चाउरी परोस्, मुट्ठीहरू कसिउन्, उत्तेजित भएर शरीर बाउँडियोस्, चेहरा विकृत होस् — चिन्तैचिन्ताले । तब मान्छे हुन्छ । चिन्ता नहुने, चिन्ता नगर्ने मानिस कदापि मानिस हुन सक्तैन ।
चिन्ता गर्नका लागि विषय नै छैन । चिन्ता गर्नु पनि विषय चाहिन्छ र ? विषय यत्रतत्र छरिएका छन् ......
|
Read Full ... |
जीवन परीक्षा
Published : December 18, 2013 | Author : सरण राई | Unrated |
|
|
जीवनको
हर पल हर घडी
परीक्षाको घडी
उन्नति, अवनति, आरोह, अवरोह
उकाली, ओराली, उज्यालो, अँध्यारो
प्रेम, घृणा, जीत–हार
|
Read Full ... |
|
Random Pick |
सुन्नु भएछ;
तर धेरै अवेर भइसक्यो
फूल फुल्ने आँगनमा
वेतिथिको कटहर फल्न थाले पछि
गोहिको आँखामा पनि आँशु रसाउन थालिसकेछ
यसवेला यहालाई के भनौ ? |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
886859
|
Total Categories |
15
|
More
Links |
|
|