Advertisement |
|
|
गजल
Published : February 01, 2013 | Author : कृष्णकला वनेम | Rating :     |
|
|
बलत्कार हुँदा आज माईतै मैले कुनु पर्यो
स्वभिमानी शिर झुकाई धेरै मैले रुनु पर्यो
राक्षस रुपी मानबले कुमारित्व लुटी लाँदा
शाहसिला आँशु बगाई दाग मैले धुनु पर्यो
नारीलाई हातपात गरी पुरुस्वत्व ठान्ने हो
तिमीहरुको अन्त्य गर्न आगो मैले छुनु पर्यो
|
Read Full ... |
गीत
Published : July 02, 2012 | Author : कृष्णकला वनेम | Rating :     |
|
|
थाहा पाउँनु थियो मैले उन्को एउटा कुरा
कसै गर्दा थाहा पाईन चल्यो मनमा छुरा
बोली चाली सारै मिठो
संगै हाँस्दा बोल्दा
हल्का हुन्थ्यो मन कति
रहस्य त्यो खोल्दा
|
Read Full ... |
चोखो प्रेमको अनन्त पिडा
Published : April 26, 2012 | Author : कृष्णकला वनेम | Unrated |
|
|
विश्वोमा गनिएको अत्यन्तै सुन्दर देशहरू मध्ये ईजरायल पनि एक हो । यही देशको एउटा अति रमणीय शहर तेलाभिबको समुद्रीक किनारामा म केही बर्ष यताबाट काम गर्दै आएकीछु । यो समुद्रको किनारामा हिउँदको तिन महिना बाहेक अन्य सबै महिनामा लाखौं मानिसहरू पौडी खेल्न, बालुवामा रम्न, रमाईलो खेल खेल्न छुट्टीको दिनमा मात्र नभएर चौबिसै घन्टा आउँने गर्छन । बिषेश गरेर यहाँ मायालु जोडीहरू धेरै आउँने गर्दछन् । रंगीन झिलीमिली दिन हो की रात पत्तै नहुने......
|
Read Full ... |
प्यारी संगीनीको अन्तिम जीवन यात्रा
Published : March 21, 2012 | Author : कृष्णकला वनेम | Unrated |
|
|
समय र वाद्यताले मानिसलाई कहाँ कहाँ पुर्र्याउँदो रहेछ । नसोचेको, नपुगेको, नसुनेको ठाउँमा पुग्नु पर्ने रहेछ । नभोगेको, नगरेको काम गर्नु पर्दो रहेछ । आज म सात समुन्द्रपारी पुगेर खुल्ला आकाशमा उड्न नपाएकी चरी पिंजडामा छट्पटिए झै जिन्दगीको सुनौलो दिनको कल्पना गर्दै, खोजी गर्दै यो बिरानो देशको बिरानो शहरमा छट्पटी रहेछु......
|
Read Full ... |
गीत
Published : February 28, 2012 | Author : कृष्णकला वनेम | Unrated |
|
|
धेरै भए हत्या हिंसा धेरै भए जाली
अघि बढौं अत्यचारलाई जरैबाट फाली
नरुकौ अब हामी
पाईला सबले अघि बढाऔं
संघर्षमा मर्नु परे
देशकै निम्ति बली चढाऔं
|
Read Full ... |
गीत
Published : January 02, 2012 | Author : कृष्णकला वनेम | Rating :     |
|
|
धेरै याद आयो मायाँ तस्बिर तिम्रो छुदैछु
निन्द्रा छैन यि आँखामा रातका प्रहर गन्दैछु
चोट मलाई लाग्यो भने भक्कानिदै रुन्थ्यौ तिमी
ओठ मेरो मुस्कुराउँदा अंगालेर चुम्थ्यौ तिमी
त्यही साथ सम्झि आज तड्पि तड्पि रुदैछु
निन्द्रा छैन यि आँखामा रातका प्रहर गन्दैछु
|
Read Full ... |
गीत
Published : November 04, 2011 | Author : कृष्णकला वनेम | Unrated |
|
|
बादलुले ढाकी दियो मायालुको गाउँलाई
सधै उनि रम्दै हाँस्ने स्वर्गिय ठाउँलाई
उनी सङ्गै लुकामारी खेल्ने वन पाखा
बादलुले छोपी दिदा रसाई दियो आँखा
लेखेकीथे एउटा चिठी माया तिम्रो नाममा
कतै हात परेन कि शंका लाग्यो मनम
|
Read Full ... |
गीत
Published : August 31, 2011 | Author : कृष्णकला वनेम | Unrated |
|
|
तिम्रो यादमा छाती दुख्छ त्यसै कताकता
घाईते मुटु लिई खोज्छु तिमीलाई जताजता,
बगी गयो सपना सबै मनको तरेलीमा
बास लियो आशुले आँखाको यो परेलीमा
नतोडीने बाचा भन्थ्यौ तोडी गयौ कताकता
प्यासी नयन डुलाउछु हेर्दै तिमीलाई जताजता,
|
Read Full ... |
गीत
Published : July 01, 2011 | Author : कृष्णकला वनेम | Unrated |
|
|
जन्मियौ सृष्टिकी परी भै, फेवाताल तिमी
वर्णन गर्छन् सन्सारले, नाम तिम्रो सुनि ।
तिमीलाई हेरी मुस्कुराउँछ, माछापुछ्रे हिमाल
वरीपरी डाँडाकाँडा फुल्छ, चाप, गुराँस, चिमल
छाती भित्र मुटु तिम्रो, विन्ध्याबाशिनी मन्दिर
तिम्रै शरण परु लाग्छ, तोडी सारा जन्जिर
|
Read Full ... |
गीत
Published : June 06, 2011 | Author : कृष्णकला वनेम | Unrated |
|
|
हङकङमा छौ नि कान्छा मत गाउघरैमा
नबिर्स है कान्छा मलाई भुली रमझमैमा
भेट भयो पहिलो चोटी राजारानी गाउँमा
बाधी दियौ बैना तिमीले पटुकीको छेउमा
मोती जस्तो दन्तै राम्रो मोहनी आँखैमा
मुटु छुने गीत गायौ हाक्पारे भाकैमा,
|
Read Full ... |
|
Random Pick |
चेतना सौन्दर्य मान्छे हुनुको सन्दर्भ र सौरभमा अथवा जीवन्तताको महत्व र मानेमा सप्पैभन्दा ठूलो शक्ति हो । साथै अजेय सम्पति पनि हो । नत्र फ्रान्सेली सम्राट नेपोलियन बोनापार्ट-'मलाई दशौं हजार सङगीनकोभन्दा चारओटा विरोधि पत्रिका (पत्रकार) सित डर लाग्छ ।' भनी किन भन्थे होलान् र । यसो हुनाले चेतना सौन्दर्य मान्छेको सप्पैभन्दा शक्तिशाली हतियार हो । चेतना सौन्दर्यमा जब वैचारिक वैविध्यता समाहित हुन्छ । त्यो अरु उँचो हुन्छ । प्रखर हुन्छ । र, थप सुन्दरका साथै कलात्मक बन्छ । सृजनात्मक निस्सिमताको समावेसी दृष्टिमा वैचारिक अनेकानेक अथवा विविधता सर्वस्वीकार्य हुनुपर्छ, तबमात्र सृजनाको आयाम आयामिक हुनका अतिरिक्त पठनीय हुन्छ...... |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
886930
|
Total Categories |
15
|
More
Links |
|
|