Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
Total result found : 15

रोसीका हजार छाल

Published : June 30, 2013 | Author : युवराज नयाँघरे | Unrated
Views : 995
Print | Email to friend
वैशाखको पहिल्यै दिन थिएँ म रोसी तीरमा ! विचित्र हुन्छ कहिलेकााही । यदाकदा नसोचेकै कुराको जोरजाम हुन्छ । हठात्मा घुमन्ते भइन्छ, जोहो न सोहो । मेलोमेसोविनै डुलन्ते हुन पुगिन्छ । अपुताली लाभ भनेकै यै होला-अचम्मैले घुमघाम गर्न पुगिन्छ । हो, २०६८ सालको पहिलो दिन रोसी किनारमा थिएँ म......
Read Full ...


नीलगिरिको केरकार

Published : March 21, 2013 | Author : युवराज नयाँघरे | Unrated
Views : 908
Print | Email to friend
भालेको डाकैमा छोडियो तिप्ल्याङ । राति सल्लाह सुनिएथ्यो-'मास्तिर गर्मी लागिसक्यो । भएका बाक्ला लुगा थान्कोमान्को लगाऔा !' तर जतिजति बिहान हुँदै गयो, उतिउति काम छुट्न थाल्यो । अनि मैले बेस्करी खापेँ लुगा । राति झोलामा कोचेका लुगा बिहानीपख लाएको देख्नेहरू हाँसे निकै खित्काएर भालेको डाकैमा छोडियो तिप्ल्याङ । राति सल्लाह सुनिएथ्यो-'मास्तिर गर्मी लागिसक्यो । भएका बाक्ला लुगा थान्कोमान्को लगाएँ !' ......
Read Full ...


कालु पाँडे हराएको खबर

Published : September 20, 2012 | Author : युवराज नयाँघरे | Rating :
Views : 1027
Print | Email to friend
कालिका माईको नाकैमुनि भेटियो खोप्लाङ ! इतिहास र वीरतासँग गाँसिएको खोप्लाङ पुग्ने मनसुवा हो निकै पुरानो । एकीकरण र युद्घका नायकको आँगन टेक्ने रहर हो निकै अघिको । अझ काठमाडौँ उपत्यकालाई विशाल नेपालको संरचनामा गाभ्न आफ्ना रणकौशल कला देखाउने जोधाहा ज्यान जन्मेको दैलो घच्घचाउने इच्छा हो एकदमै पुरानो । जुर्‍यो है यो पटक खोप्लाङ पुग्ने अभिलाषा !......
Read Full ...


मुक्तिनाथलाई स्वस्ति-स्वस्ति !

Published : July 30, 2012 | Author : युवराज नयाँघरे | Rating :
Views : 771
Print | Email to friend
जोमसोमले हातहातमा थमायो स्याउ ! निकै दिनदेखि हर्हराइरहेथ्यो आँत । मन भरङ्गिएथ्यो । छातीमा हैरानीको आँधी बहिरहेथ्यो बेतोडले । रसिला स्याउ कर्‍याप्प टोकेपछि शरीर फुर्फुरियो । 'मिठो' कुद्यो ज्यानभरि ! हावा चल्दै थियो बेस्सरी । हुप्प बादल फुलेको थियो । दक्षिणतिर अँध्यारो-अँध्यारो भइरहेथ्यो । सेताम्मे नीलगिरिको उत्ताउलो बैँस बादलमा उडिरहेथ्यो, कुइरोमा छरिइरहेथ्यो अनि हावामा पोखिइरहेथ्यो......
Read Full ...


मृत्यु फरवार्ड

Published : July 02, 2012 | Author : युवराज नयाँघरे | Unrated
Views : 736
Print | Email to friend
शोकका खबरले भरिएको छ मेरो इमेल बक्स ! जीवनकै अङ्ग भएको छ-सूचना । आँखाले पाना पल्टाउने अखबारभन्दा हातले माउस चलाउने प्रविधिमा सूचनाको सेरोफेरो बलियो भएको छ हिजोआज । भव्य र खर्चिलो नभए पनि साधारण खालको ल्यापटपले आकुलव्याकुलमा साथ दिइरहेछ मलाई । भनौँ न, नजिकको साथी ! बिहान र बेलुका । खबर पढ्ने र जान्ने ध्याउन्नमा कम्प्युटरसँग बसाउठी हुन्छ मेरो । एकदेखि सुरु भएर दुइ वा तीन घन्टासम्म सूचनाको अँगालोमा समय खर्चिन्छु । स्वभाविक दिनचर्या जस्तो । अचेल मेरो इमेल बक्समा चाङ छ मृत्युका खबरको ।......
Read Full ...


भोग

Published : May 12, 2012 | Author : युवराज नयाँघरे | Rating :
Views : 693
Print | Email to friend
किनारमा छु रगते आहालको ! सधैं त काठमाडौं छोडेर घरै पुग्थें दशैं मान्न । यो पालि खै के लाग्यो, यो उपत्यका छोड्न मानेन मन । थच्चिएं यै उकुसमुकुसमा । लाग्यो, यो कान्तिपुरको दशैं हेरौं ! यसको पोल्टामा थच्चिनेका दशैंमा मिस्सिउँ र मनाउँ आँफै पनि । नौरथाको अन्तिम दिन हो यो । नवमीको दिन । बिहानै पुगेँ म दक्षिणकाली । जाने उत्कण्ठा पुरानै हो । बल्ल तारतम्य मिल्यो यो पालि । बिहानको चारैबजे जाने मेलोमेसो, त्यहाँ पुग्दा घामले सारीचोलो लाएर नाँचिसक्यो छमछमी......
Read Full ...


चाल्दै-चाल्दै जीवन धूलो !

Published : March 11, 2012 | Author : युवराज नयाँघरे | Rating :
Views : 674
Print | Email to friend
चाल्न थालेको जीवन उमेर जत्तिकै भो ! जीवन चाल्दै छु म । चालेर हात थाके, आँखा गले, औँला बाउँडिए । तर नसकिने स्थितिमा छु जीवनलाई चाल्न । जानेदेखि बुझेर चालेँ । नजान्दै पनि चालिआएकै हो जीवनलाई । अँहँ, सकिएन चाल्न । घरमा श्रीमतीले पातलो चाल्नीले भान्सामा चाल्दैछिन् पीठो । एकदमै मसिन्न्याएर पीठो चालिरहेकी छन् उनी
Read Full ...


फ्रान्कोनियाको मेट्रो

Published : January 12, 2012 | Author : युवराज नयाँघरे | Rating :
Views : 708
Print | Email to friend
कार छोडी चढियो मेट्रो ! नीलो रङको मेट्रो । सुरुदेखि अन्तिमसम्म रेलयात्रा हुने भो अब । हो, लामो रेल चढाइ । यसको खोजी मैले गरिरहेथेँ निकै अघिदेखि । बल्ल साइत जुर्‍यो आज । जिमार तलिफसँग मेरो चिनाजानी भएथ्यो सेरहुडमा । तालिबानीको तारोबाट बचेर अमेरिका पुगेको रहेछ अफगानी तलिफ । भेटेकै दिनदेखि उसको र मेरो राम्रो दोस्ती भयो । गहिरो मिलाप ।
Read Full ...


देशपरदेशका तस्वीर

Published : January 01, 2012 | Author : युवराज नयाँघरे | Unrated
Views : 756
Print | Email to friend
सम्झना गर्छु त्यो पहिलो पाइलोलाई १ पाइलासँग आउने मनग्गे कुरा छन् । 'घुम्' शब्दले बोकेर ल्याएका प्रशस्त अर्थमा घुमन्ते, घुमुवा, घुमघाम, घुमफिर, घुमाइजस्ता धेरै भाव पाउँछौं हामी । यात्रा त्यही सर्न्दर्भले जोडिएर आउने पक्ष हो । यात्रा, नियात्रा, यात्रा-संस्मरण, यात्रा-वर्णवा यात्रा-निबन्ध यी सबै शब्दले अँगालेको सारभूत भाव हो- घुमाइ अनुभूति......
Read Full ...


मेरील्याण्डका उडुस

Published : October 24, 2011 | Author : युवराज नयाँघरे | Rating :
Views : 864
Print | Email to friend
उडुसका खानिमा परिएछ ! हो, उडुसैउडुसको गुँडमा पुगेछु म त । जहाँसुकै र जतासुकै उडुसको सिलिङबिलिङ । सोफा, ओछ्यान, कुर्सी, टेबुल, चकटी सर्वत्र उडुसको डरलाग्दो आतङ्क । दिनरात उडुसको चर्चा । रातोदिन उडुसको बयान । उडुस आतङ्कले म भएँ महा दिक्क !
Read Full ...


भुँवरीमा भिखम

Published : September 14, 2011 | Author : युवराज नयाँघरे | Unrated
Views : 781
Print | Email to friend
विमानस्थलको भीडमा छ भिखम ! उसले कहिल्यै घर छोडेन । छोड्ने परिस्थिति नि पर्दै-परेन । आज ऊ जाँदैछ बाहिर । बाहिर भनेको मकाउ । उसको सानैदेखिको रहर - आकाशमा उड्ने । आकाशको सम्मोहनले उसलाई तान्छ घरी - घरी । भिखम तराईमा जन्म्यो, हुर्क्यो र बढ्यो । अक्षरसम्म चिन्यो । 'एइ बौवा, कि छे ?' भिखमसँग ठट्टा गर्नेहरूले उसलाई जिस्काउँथे र कुस्ती खेल्न आमन्त्रण गर्ने
Read Full ...


बाटो म्याद !

Published : July 02, 2011 | Author : युवराज नयाँघरे | Rating :
Views : 679
Print | Email to friend
घर पुग्न बिहान र बेलुका दुई घन्टा नछुट्टाए हुन्न ! मैले अरु सबै समय काममा लाए नि यी दुई घन्टा पर्छन् विशेष । जागिर, भेटघाट र किनमेल एउटै कालखण्डमा गाभ्ने गर्छु म । तर घरबाट निस्कँदा र घर पुग्दाको दुई घन्टा विशेष हुन् मेरा निम्ति । यो बाटो म्यादले समग्र जीवन चलेको छ मेरो । मैले बाटो छुटाउनै पर्छ अन्यथा सारा योजना लथालिङ्ग हुन्छ, ल्याङफ्याङ हुन्छ र लल्याकलुलुक हुन्छ । यसैले सबै खाले लथालिङ्ग, ल्याङफ्याङ र लल्याकलुलुकबाट जोगिना मैले बाटाका लागि समय नछुट्टाईकन धरै छैन......
Read Full ...


झिम्केको झोला

Published : April 24, 2011 | Author : युवराज नयाँघरे | Rating :
Views : 854
Print | Email to friend
एयरपोर्टको मुखैमा छ झिम्के ! दिउँसोको दुईबजे झिम्के उड्दैछ कतार । वरिपरि साथी छन् । अलि-अलि जुँगा उम्रेका केटाहरूको हुलमा छ ऊ । काँचा केटाहरूको बगालमा छ झिम्के । एयरपोर्टको मुखैमा ठूलो गेट छ । गेटको उत्तरपूर्व ठूलो विमानस्थल छ, त्रिभुवन विमानस्थल । ट्याक्सीको साना गाडीहरूको लर्को खुब देखिन्छ त्यता हुँइकिरहेको । गेटमा प्रहरीको सोधपुछमा पास भएर जाने युवायुवतीको हुल झन् चर्को छ त्यही बाटोको पेटीमा । झिम्के आफ्नो झोला मिलाउँछ ।
Read Full ...


हेल्सेको रेडियो

Published : March 02, 2011 | Author : युवराज नयाँघरे | Rating :
Views : 848
Print | Email to friend
टाइम्स स्क्वाएरमा बसिरहन पाइएन । 'आज रातभरिमा तीन-चार कार्यक्रम नबनाई भएकै छैन !' सहदेवले भने । न्युयोर्कको मुटु टाइम्स स्क्वाएर । साँझ सकिएर रात ओर्लिएको छ । हुलका हुल मान्छेको घचारो । खास गरी एशियाली अनुहारको भीड भेटिरहेछु म बग्रेल्ती । अग्ला आलिशान घरहरू । सडकको झिलिमिली चौपट्टै । म अनुहार झलमल्ल बाल्दै मनका उत्तर दिइरहेछु आँखाले पढ्दै । मे महिनाको सुरुको साता......
Read Full ...


घामको चुम्बनले देश चिनाउँछ - नयाँघरे

Published : December 08, 2010 | Author : युवराज नयाँघरे | Rating :
Views : 846
Print | Email to friend
निबन्धकार युवराज नयाँघरेको नवीनतम् नियात्रा संग्रह हालै बजारमा आएको छ - घामको चुम्बन । निबन्ध र नियात्रा लेखेर कहिल्यै नथाक्ने नयाँघरेको प्रस्तुत कृति निकै नै चर्चित भएको छ पाठकमाझ । २०६५ सालको मदन पुरस्कार बिजेता नयाँघरेको नियात्रा लेखनबारे र घामको चुम्बनको सेरोफेरोमा उत्तम बाबुसँग गरिएको कुराकानीको आधारमा तयार पारिएको सामग्रि......
Read Full ...




    Links
Column / स्तम्भ

    Random Pick
नरोकेर नछेकेर छेकियो समय ॥
जीवनमृत्यु दुवैमा देखियो समय ॥
रोई कराई चिच्याई टार्दैन टारेर,
जन्ममा नै निधारमा लेखियो समय ॥
रहर हैन जन्म मरण पनि त्यस्तै,
सप्ना अपुरो बुढ्यौली टेकियो समय ॥

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
615741
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com