Advertisement |
|
|
मृग तृष्णा
Published : December 26, 2008 | Author : प्रकाश के.सी. | Rating :     |
|
|
केही घण्टापछि, 'झमक्क' साँझ नपर्दै क्षितिजमा बाँकि रहेको सिन्दूरे लाली नहराउँदै समीर किट्टीसँग, एउटा लामो तर साँगुरो डुंगामा बैंककको प्रसिद्ध लावर मार्केट'मा सुस्तसँग वहादै थियो । लहरका लहर, फूलैफूल बेच्न राखेका डुङ्गाहरू खियाउँदै आउनेहरूमाझ, मुस्कुराइरहेको थुप्रो अनुहारहरूबीच, शान्तसँग, सगर्व, किट्टीसँगको साथ हुँदा मनभरि-भरि कविता भएको थियो । ......
|
Read Full ... |
मृग तृष्णा
Published : November 25, 2008 | Author : प्रकाश के.सी. | Rating :     |
|
|
किट्टी ज्ञानको विनिमय ज्ञानसँग गर्न चाहन्थिई । यसैक्रममा, प्रेममा विश्वास आफै भई न रहने र यसलाई बनाई राख्नु पर्ने सन्दर्भहरुबारे चाख लिएर सुन्दथिई । बैवाहिक जीवनमा गर्ने र गरिनुको प्रशस्तै सम्झौताहरुबारे मन नपराएरै स्वीकार्द थिई समीरका सिद्धान्त जस्ता कुराहरु । ......
|
Read Full ... |
मृग तृष्णा
Published : November 01, 2008 | Author : प्रकाश के.सी. | Rating :     |
|
|
२००२ अक्टोबरको कुनै दिन ! ल्याटको सानो बेडरुमको बेडमा सिरकभित्र गुजुल्टिएर सिरानीलाई अढेस लगाई झ्यालको सिसाबाहिर दृष्टि फाल्दै चिया पिइरहेकोहुन्छ समीर । उता सिटिङ्ग रुममा, श्रीमती काममा जानलाई हतारिादै आफूलाई पोत्दै र लिप्दै हुन्छे । समीर बितेका केही दिनबाट लगातारको बेरोजगार थियो । हुन त, उसले खासै काम खोज्नको लागि 'लागिपरेको' थिएन र कामहरुले पनि उसलाई 'स्किप' गर्दै जान्थ्यो, अथवा, यसो हुन सक्थ्यो, काम, जाडोको सिरकभित्र थियो जो बाहिर निस्कनै मान्दैनथ्यो । यसर्थ, ऊ बेरोजगार थियो । राम्रो यो थियो कि श्रीमतीले 'कच-कच' शुरु गरिसकेकी थिईन । ......
|
Read Full ... |
मृग तृष्णा
Published : October 21, 2008 | Author : प्रकाश के.सी. | Rating :     |
|
|
यस्तो लाग्दथ्यो, जमीनमाथिको अदृश्य सतहमा लगभग तैरिदैथिई ऊ । शरदीय मन्द पवन, हृदयलाई काउकुती लगाउँदै बहने गर्दथ्यो, पानी परिहाल्ला जस्तो चाहिँ थिएन, तर वातावरण रुझे-रुझेको स्निग्ध भएको थियो र यस्तो हिजो, अस्ति, झन् अस्ति पक्कै थिएन ।.....
|
Read Full ... |
|
Random Pick |
भन्छन्, "जित्नेको ईतिहास हुन्छ
हार्नेको सम्झनामात्र वाँकी रहन्छ"
हामी, कहलिएको "भुसतिघ्रे,"
"भोटे," "लाहुरे," "स्वांठ,"
हरूवाहरूलाई
धेरै गहिरो चोट र व्यथाहरूका सम्झनाहरूमात्र वाँकी छ |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
886890
|
Total Categories |
15
|
More
Links |
|
|