शोक कविता र सम्वेदित सम्झनाहरु

Author : गणेश राई
Published on : October 03, 2008


  
गणेश राई
Author

नश्लिय बोधको गहिरो चेतनाले ��"तप्रोत सचेत आदिबासी मस्तिष्कद्वारा सिर्जित सिर्जनाका झिल्काहरु भुसको आगो झैं भित्रभित्रै अन्तरभावलाई सल्काउदै सतहमा आइपुग्दा त्यस्ले शक्तिशाली रुप ग्रहण गरी सकेको हुनेरहेछ-परिवर्तनका दृष्टिमा । समाज धेरै समयसम्म कुण्ठित रहन सक्तैन र रहन पनि हुदैन समानुपातिक साझा बिकाशको सन्दर्भमा । थाप्लोमा साधै भारले किचिई को रहन सक्छ-सन्तुष्ट ? सामाजिक विभेद र त्यसले सिर्जेको असामाजिक विसंगतिहरु बिरुद्ध अनेकौ कोणबाट बुलन्द आवाजहरु ज्वारभाटा झैं उठिरहेको वर्त्तमान परिपेक्षमा एक्काइसौं शताब्दीको मान्छेको चेतना हरिकंगाल बनी भुते ��"ढारभित्रको अध्यारोमा हराउन हुदैन । जुर्मुराई उठ्न पर्छ-समानताको निम्ति, न्याय र अधिकार प्राप्तिको लागि अनि आजको 'सुपरफास्ट' समयको 'सुपरम्यान' अर्थात् अर्थहरुमा साचो मान्छे बनेर मान्छे बाच्नको निम्ति ।

यस्तै भावनात्मक 'आइकन'हरु भरिएका अति चेतनशील मीठा प्रगति र समानताबादी, परिस्थिति अनि जीवन भोगाईका यथार्थ स्थितिहरुका सृजनात्मक पुल्ठो बाल्दै मन र मस्तिष्क उज्यालो पार्ने कवि नरेश सुनुवारको नयाँ अभिव्यक्ति अर्थात् नयाँ उद्घोषण या भनौं बिष्फोटक यौटा समाचार यो दूर देश बेलायतमा पढेर म स्तब्ध बनेँ । बिश्वासै गर्न मानेनन् मेरा चेतनाले । न त स्वीकार्नै तयार बने यी इन्द्रीयहरु । सम्पूर्ण मन, मस्तिष्क र भावना हुँडुलिदै आँखाहरुमा नाच्न थाल्यो यौटा मात्र यौटा सजिव आकृति-मानौं शून्य, बिराट शून्य मौनतामा कुलदीप मात्र कुलदीप छन् । शिवाय कुलदीप अरु केही छैन । 'आज रमिता छ' को विपरितार्थ जस्तै अर्थात् आज रमिता छ या छैन भन्नुपर्ने परिस्थितिको कालो बादलको मुस्लोमा म हराएँ, अल्मलिए र उन्को अथाह सम्झनामा धेरैबेर बरालिए ।

मंसिर २०६३ साल साँझ बागबजार स्थित होटल अशोकाको टुप्पिमा अवस्थित सभाहलभित्र निकै चहलपहल बढ्दै थियो । काठमाण्डौंको मंसिरे जाडोमा पनि म निकै गर्मिलो अनुभूत गर्दैथिएँ । कवि नरेश सुनुवार पनि लाग्थ्यो सोही अनुभूत शायद गरिरहनुभएको थियो । हङकङे कविहरुका साझा सृजना ''हङकङमा कविता'' को सार्वजनिकिकरण तथा अन्तरविमर्श कार्यक्रम थियो त्यस साँझ । सभाहल भरिने क्रम जारि थियो कवि, लेखक, साहित्यकार, समालोचक र अन्य व्यक्तित्वहरुको लर्को बढ्दो थियो । मुभिक्यामराको लेन्सले बहुकोणबाट कार्यक्रमको मूर्तता र सान्दर्भिकताको पुष्टि गर्दो थियो । रातो र चकलेटे रङको मिश्रणले बनेको ज्याकेट पहिरिएको, अन्दाजि तीन दशक बढी उमेर नखाएको र भए बिद्यार्थी नत्र कर्मचारी जस्तो प्रतीत हुने हासिलो मुहारयुक्त उही व्यक्तिले मेरो ध्यान नजानिदो पाराले सुरु देखि नै खिचिरहेथ्यो । परिचयका निम्ति म अघोरै लालायित थिए । ''दाइ''-नरेशजीको सम्बोधनतिर मेरो ध्यान तानियो । ''मेरो भाइ हो यो, कान्छो भाइ कुलदीप ।'' आहा नाम जस्तै मान्छे अनि मान्छे जस्तै नाम, कति मिलेको । कार्यक्रममा त्यस साँझ उहाँहरु चारै भाइ उपस्थित हुनुहुन्थ्यो । नरेशजी र श्याम भाइसँग हङकङमै परिचय मात्र होइन उहाँहरुको फ्ल्याटमा बेमौसमि पाहुन अनगन्ति चोटि भइयो । अझ् साइला र कान्छा भाइसँग समेत परिचय हुदा त झन् बढी खुशी लाग्यो साथै सौभाग्य पनि ।

कार्यक्रम मार्फत हङकङमा कविताले प्रवासि जीवन बाच्न बाध्य बनाइएकाहरुले मजदुरी गर्दै, गैति र बेल्चासाग जुद्धै अनि सेन्ट्रल टावरझैं स्थिर उभिदै पनि यति राम्रा भावना र शैली तुनेर विम्व र प्रतीकको तान थापी कविता बुन्न सक्नेरहेछन् । नेपालभन्दा बाहिर यद्यपि रहेर पनि नेपाल सम्झने मात्र नभै ढुक्ढुकिमा नेपाल बाच्नेरहेछन् भन्ने ठोस् प्रमाण दियो । जो चोटिलो प्रहार थियो नेपालभित्रकालाई अर्थात् इटा झैं भूगोलमा मात्र नेपाल र नेपाली देख्नेहरुलाई ।

अंग्रेजी बिषयमा मास्टर्स अध्ययनरत कुलदीप भाइ थ्येसिसको निम्ति पूर्वी नेपालका इलाम लगायतका जिल्लातिर रिसर्चको लागि चाडै निस्कने योजनामा रहनुभएको मैले त्यसै अवसरमा बुझेको थिए ।कुलदीप सौम्य र शालीन व्यक्तित्व यौटा हुदाहुदै पनि बैचारिक प्रखरता र प्रष्टतामा म बहुआयामिक देख्थे । मृदुभाषि कुलको दीप अर्थात् सुनुवार परिवारको ज्योति कुशल कुलदीप सँगको मेरो सम्बन्धको वृत्त अझ् फराकिलो तन्किदै गयो नरेशजी र उहासँगको सौहाद्रमय भेटघाटहरुमा । धेरै समय त बागबजार मै भेटियो । एकाध भेट भने रेडियो नेपाल र बीएफबीएस गोर्खा रेडियोमा नरेशजी र मेरो अन्तर्वार्ताको क्रममा भाइसाग पनि सागै भेट्दाको सम्झना पनि मसाग ताजै छन् अद्यावधि र ताजै रहनेछन् मृत्युपर्यन्त ।

नरेशजीको हङकङ फिराइ पछिको 'भ्याकुम' यानेकि रिक्ततालाई केवल रिक्ततामै सीमित राख्न न त मैले चाहे न त कुलदीप भाइले नै । हङकङका क्रियाशिल स्रष्टाका सक्रिय सृजना चुनौतीका जंघारहरु तर्दै भावनात्मक उछालिदैं नयाँ केन्द्रको अविरल खोजिमा सृजनशील साहित्यका उर्वर पानाहरुमा पोखिन आतुर अन्तरभावहरुको समायोजन, संयोजन या फ्युजन गरेर यौटा कुशल सम्पादकको गरिमामय अभिभारा निभाउँने नयाँ तथा चुनौतीपूर्ण जिम्मेवारी थियो कुलदीप भाइको टाउकामा । भेट भएथ्यो थुप्रै पटक यस क्रममा उहासँग मेरो । कहिले आदिवासी गीतकार समाजको कार्यकक्षमा भने कोही बेला साथी प्रकाशनमा । पत्रिका प्रकाशन र सम्पादनका साथै लेख रचना अथवा आर्टिकल संकलनका तीता मीठा अनुभवहरु हामी बीच छलफल हुन्थ्यो ।

मेरो लेख मैले निकै अगाडि अर्का सम्पादक कवि प्रकाश थाम्सुहाङ 'पालमको मुर्छना' लाई दिइसकेको थिएँ । एकदिन उहाँ निकै लामो समयको अन्तरालपछि मेरो आगन मै भेटिनुभयो-टुप्लुक्क । कुलदीप भाइ आर्टिकल संकलनका निम्ति आउनुभएको थिएछ । भन्नु भो-''दाइ डिजाइनिङको काम धमाधम हुदैछ, तपाइको आर्टिकल लिन म आको ।'' प्रकाशजी लाई बुझाइसकेको बताएपछि लामो समयसम्म उहासँग भेटघाट नहुनुको कारण व्यस्तता अथवा कुनै बिशेष कामले हो कि भनेर उहालाई मैले सोधे । ''दाइ म सिन्धुली गएको थिए ।'' भन्दै फेरि चाडै पश्चिम नवलपरासि जानुपर्ने बताउनुभयो भाइले । थ्येसिस लेख्ने काम भैराखेकाले त्यसैको लागि भन्ठानेर मैले-''नवलपरासिमा पनि किराँतहरु छन् र, कुलदीप भाइ ?'' भनी प्रश्न राख्दा पो उहाले मुख फोर्नुभयो कि उहा अनमिन-यूएनको लागि इयान मार्टिनको समूहमा काम गर्दै गर्नुभएको रहेछ । ��"धि खुशी लाग्यो मलाई यो सुनेर । यौटा शिक्षित आदिबासी युवाले आफ्नै आगनमा सम्मानित काम पाउनु भनेको समानताको जति नै डिङ हाँके पनि ब्राम्हनवादले जरा गाडेको समाजमा ठूलो सफलता र उपलव्धि हो भन्ने लाग्यो । मैले तत्काल बधाई तथा शुभकामना दिएँ कुलदीप भाइलाई । भ्यागुता जस्तो उहा फुलिनु भएन घमण्डले । पूर्ववत सामान्य लाग्नुभयो त्यस क्षण मेरो सामु । चिया पानीसागै हामीले आ-आफ्ना अनुभवहरु पनि साटासाट गर्या

कुरै कुरोमा आफ्नै घरको भाइ जस्तो ठानेर मैले अब बुहारी भित्राउनु पर्छ भनेर प्वाक्क भने । ठीक गरे गरिना मलाई थाहा थिएन । अहिले बिगत कोट्याउछु-मैले गल्ति बोले त्यसबेला सम्भवत । एक पाखे जीवन कति गाह्रो हुन्छ कटाउन त्यो पनि सम्बन्धको रोमान्चक मोड अर्थात प्रणयको शुशुप्तावस्तामा । भाइले सदा झैं गमिलो अनुहारमा मुस्कान छर्दै ''गर्नुपर्छ दाइ बिस्तारै'' भनेर प्रसंगलाई अरु अघि बढ्न नदिई बिट मारिदिनुभयो । यति बेला झल्झलि सम्भिन्छु-यो ��"लम्पिक पार्कको चिसोमा कठाङगि्रदै कि सचेत भाइ कुलदीपले आफ्नो विवाह बिस्तारै गर्नुपर्छ दाइ भनेर जुन निणर्यक धैर्यता देखाउनु भयो त्यो वास्तवमै प्रकारान्तरमा सही निर्णय ठहरियो । कम्तीमा यौटी अवलाले आफ्नै जीवनको बिश्रङिखलता भोग्नु परेन अल्लरे बैशमा । मुटुमा चोटको सुइरो रोपेर बाकी जीवन चोटग्रस्त पीडा सहदै बिताउन परेन । धन्य कुलदीप तिमी साच्चिकै दीप रहेछौं । तिम्रो दूरदर्शितालाई मेरो सलाम ।

सृजनशील साहित्यले साहित्याकाशमा नया क्षितिज मलाई लाग्छ भेट्यो । देशभित्र र बाहिर साहित्यिक स्रष्टा र द्रष्टा दुवैका मनजित्न सफल सृजनशील साहित्यका सम्पादक द्वयको कार्य कुशलताको जति नै चर्चा गरे पनि कमै हुन्छ । आशाका लहलहाउदा मुना मौंलाउदो थियो ह्दयको मलिलो कान्लाहरुमा । अपेक्षाकृत यी मनहरु विश्वासको फेरो समाई यात्रारत थिए नया केन्द्रको अद्भ्युदयको घोषणाका निम्ति ।

बेनजिर भुट्टोको हत्याले मन जलेको बेला, २००७ को अन्तिम दिनको अन्तिम समाचार बनेर आयो त्यो कविता मेरो जीवनमा । मलाई के थाहा त्यो कविता केवल सामान्य कविता मात्र नभै त्यो ज्वालामुखी थियो ह्दय भत्काउने, भूकम्प थियो मन धुजा धुजा फटाउने अनि आधी हुरी थियो अविश्वासको विश्वासै गर्न नसकिने भनेर ।

स्तव्ध म कविता पढ्दा पढ्दै हराएछु हरफहरुमा एकोहोरिदैं । प्रत्येक हरफहरु अक्षर थिएनन् । हरफहरु लमतन्न उभिएका थिए स्वयम् कुलदीप भएर । प्रत्येक विम्व र प्रतीक निर्जीव थिएनन् । ती सजिव थिए कुलदीप जस्तै सजिव । हरेक भावना मात्र कोरा भावना थिएनन् । ती यथार्थ थिए, वास्तविक थिए र यौटा दाजुले भाइ प्रति द्रष्टाउने आत्मीयता र नाता शिर्फ भावनाको होइन रगतको प्रगाढ नाता गासिएको सिङगो फेहरिस्त थियो-त्यो कविता ।

आखाभरि छाएका कुलदीपलाई लाखौं सपनाहरुका केन्द्रबिन्दु स्ट्राटफोर्ड लण्डनको ��"लम्पिक पार्कको निर्माणाधिन रङगशालामा उभिएर यतिबेला म ह?ह्दयान्तरण गर्दै सम्झनाका तरेलीहरु छिचोल्न व्यस्त छु । शीतका चिसा थोपा तप्तपाएझैं कुलदीप भाइसगका अबिस्मरणीय सम्झनाका बूदाहरु तप्तपाउन थाले मेरा अन्तरभावमा । अनमिनका जागिरे यौटा युवा कुलदीप, नव प्रतिभावान यौटा सम्पादक कुलदीप, जाति, समाज र राष्ट्रको लागि केही गर्नपर्छ भन्ने मान्यता राख्ने कुलदीप, आखामा राख्दा पनि नबिझाउने मृदुभाषि कुलदीप के साच्चै उही कुलदीप नै हुन् त ? चिरपरिचित प्यारा भाइ कुलदीप सुनुवार ?

म अन्यौलमा परे विश्वास गरु कसरी ? विश्वास नगरु पनि कसरी ? बागबजार गल्लीको सम्झनाले नोस्टाल्जिक म बिमला स्वीट्समा चिया नास्ता खादाको सम्झना, कुमारीपाटीमा अकस्मात भेट्दाको सम्झना, कमलादीमा मध्यरातसम्म साहित्यिक छलफलमा जम्दाको सम्झना, आफ्नै निवासमा भेट्दाको सम्झना, टुडिखेलमा साकेला नाच्दाको सम्झना, सम्झनै सम्झनाका ��"इरोले म पुरिए । ठाने-मान्छे सम्झनामै बाचेको हुनेरहेछ र बाच्नपर्ने पनि त्यसरी नै रहेछ । जसरी कुलदीपभाइ सम्झनामा अमर बाचेका छन् । कसैको मन जितेर सम्झनामा बाच्न पाउन भनेको पनि ठूलो सम्मान रहेछ मान्छेलाई ।

तत्काल कविताका सर्जकलाई फोन सम्पर्क गरे सुदूर पूर्वमा । कवि मित्र नरेश सुनुवारका एक आतका कान्छा भाइका बारेमा रचिएको कविता भावनात्मक कविता मात्र थिएन । त्यो यौटा बम एटम बमभन्दा शक्तिशाली थियो-सम्बेदना थर्काउने । त्यो कविता साच्चै मृत्यु कविता यानेकि शोक समाचार थियो । अकल्पनिय, अविश्वासनिय एवम् असामयिक शोक खबर थियो त्यो कुलदीप भाइको जीवन समाप्तिको । अपुरणीय क्षति थियो त्याो दैवको बज्र प्रहार यौटा होनहार सुशिल युवा र उन्को परिवारमाथि परेको थियो । साथै समाज र देशको निम्ति पनि ठूलो खति थियो

आफूलाई गनेर पनि यो परिवारमा
प्रत्येक गन्तीमा एउटा संख्या घटेको छ
हरेक भान्सामा खाना खाजा पस्कादा
एउटा भाग घटेको छ
उस्को निम्ति जोडेको थाल/डवका
उस्कै नाममा ठााडो सावित भएको छ
बस् शरीर कहिल्यै उपस्थित नहुने गरी
एउटा छोरा, दाइ/भाइ
एउटा माइती/मावली, काका तथा भाञ्जा भतिज
र, साथीहरुको समूहबाट एउटा असल साथी घटेको छ ।

कुलदीपका सहोदर दाजु कवि नरेश सुनुवारका यी शव्दहरुमा सहमतिका शव्दहरु थप्दै हार्दिक समबेदना र गहिरो धैर्यताको कामना गर्दै फेरि यस्तो कविता सृजना गर्न नपरोस् न त पढ्न नै परोस् । यद्यपि,

चर्खा हो जिन्दगी घुमिरहन्छ काल सधैं जीवन शिरमाथि
बिलायौं तिमी अनन्त नभमा शव्दसुमन तिमीमाथि ।

हो, मैले पनि मित्रहरुको समूहबाट यौटा असल मित्र र भाइहरुको पि्रय हुलबाट यौटा कुशल पि्रय भाइ कुलदीप गुमाएको छु । इस्टहाम, लण्डन ।