तमुवान भनेर

Author : केवल गङ्गा गुरूङ
Published on : January 15, 2009


  
केवल गङ्गा गुरूङ

आज भोलि ममा पनि

प्रतिशोधको भावना

पलाउन थाल्यो

किनकी आज बल्ल मैले

यो समाजलाई चिनें

त्यसैले होला

हेपाइ सहन नसकेर

आजभोलि मलाई पनि

उनीहरू विरूद्घ

केही बोल्न मन लाग्छ

अनि उनीहरू विरूद्घ

केही लेख्न मन लाग्छ

जुन शब्दले उनीहरूको

अहम्तालाई खोतल्छ

जुन वाक्यले उनीहरूको

क्रुरतालाई चिथोर्छ,

 

हिजोसम्म सोच्थें

सबै बराबर हुन्

तर आज बुझें

सबै आफ्नो सुरमा छन्

म मात्रै कति हिँडू

हामी सबै एकै छौं भन्दै

आज मेरो सास्कृति खोसियो

भाषा खोसियो

मेरो पहिचान खोसियो

भोलि मेरो जाती पनि

खोसिन के बेर ?

त्यसैले

आज भोलि मेरो मन बद्लिदोा छ

आफ्नो सास्कृति भाषा पहिचान

बचाउनका निम्ति

साँच्चै मेरो मन बद्लिदोा छ

आफैलाई केवल तमुवान भनेर

चिनाउनका निम्ति ।