कालु बाबै Author : प्रकाश रोदुङ Published on : January 13, 2009 |
||||||
ओ कालु बाबै बाघलाई सूँड हाल्दैमा हात्ती हुँदैन तिमी किराँती हौ पहिचान आफ्नो परिचय जनई, गेरु वस्त्र र त्यो प्रपन्नाचार्य हिजो तिमीले मुतेको करेसोमा तीन पानेको हरक आलै छ पित्रृ गर्दा चढाएको वाचीको प्वाँख माछाकुमाको ताख्लोमा अझै छ, आउ बाबै अब नयाँ चेतना बोकेर चिनौं हाम्रो कोट, थुम र गढीहरूको सिमाना बचाऔं हाम्रो भाषा,सस्कृति र परम्पराहरू बिगुत लगाई दियो र बनाई दियो प्रपन्नाचार्य तेसैले बाबै मनुस्मृति र गायत्री जप्न छाड तोड तिम्रो ब्रम्हाचार्य, देखाउ पुरूषार्थ नगर काम प्रकृति बिरूद्ध, एउटा किराँती वृर्य सिंचेर सुम्निमाले जन्माइन् तिमीलाई लक्का जवान बनाइन् लाम्टा चुसाएर खै तिमीले कर्तब्य पूरा गरेको कति रोएकाहोलान् तिम्रा ती पित्रृहरू ? तेसैले आऊ बाबै अब लडौं लडाईं पहिचानको निम्ति समानताको निम्ति अन्याय र अत्याचारको निम्ति, ओ कालु बाबै तिमीले लगाई दिएको जनई सुङगुरे किराँतीहरूले फ्याकिसके धोती लगाई सके मक्किन्दो छ माग माफी हुर्छुम, दिछुमसँग तिम्रो छाप्पा कोक्पाको पनि छाप्पा कोक्पाको छाप्पा कोक्पाले मुन्धुम बखानेर गाढेको तीनचुलासँग र शिर उठाउनी गर एउटा शिरूवापा चढाएर ए दोबालीछा बाबै भाकेर सामै अब गर पश्चाताप, फर्क लिगमा तिमीलाई स्वागत छ । १, बाबै- काका, २, वाची- कुख्रा ३, माछाकुमा- किराँतीहरूको चुला नजिक बस्ने देवी (बुढि बजु) ४, ताख्लो ��" टाउको,शिर ५,साम्खा,हुईलुङ- किराँतीहरूले उधौली र उभौलीमा गर्ने पित्रृ पुजा ६, हुर्छुम, दिछुम- किराँती देव देवी ७, छाप्पा कोक्पा- जिजुबा ८, मुन्धुम- किराँत वेद ९, शिरुवापा- शिर उठाउनीको लागि पित्रृहरुलाई चढाएको कुखुराको भाले १०, दोबालीछा- चाम्लिङ भित्रको एक उपथर ११, सामै- हरेक उपथरको आफ्नो सामूहिक नाम जो उनीहरुको पूर्ण पहिचान हो
|