छरपस्ट तन्नेरीहरू

Author : भद्रगोल किराति
Published on : January 07, 2009


  
भद्रगोल किराति

          विशेषगरी युवाहरू गाउँबाट रहरका पोका-पन्तराहरू बोकेर सहर पसेका हुन्छन् । ढिंडो, साग, सिस्नोसँगै स्वादिला सपना देखेका हुन्छन् । आज म पनि सपनाकै सहरमा विगत केही समयदेखि बसेको छु । "कर्म जे भएपनि गर तर अधर्म पटक्कै नगर है मेरा शाखा-सन्तान हो" भनेर हजुरबुवाले तमाखु तान्दै हामीलाई भन्नुभएको सम्झेर लगनखेलमा चिया र मःमः पसल खोलेको पनि एकवर्ष बितेछ । गोजीमा मोबाइल बज्यो, उठाएँ, बडाबुवाको छोरा (दाइ)ले पुल्चोकबाट फोन गर्नुभएको रहेछ । "कहाँ छस् ? फुर्सद भए आइज न, जुपिटर मेनपावरमा कतारको लागि खुलेको छ रे, तेरो भाइको लागि बुझिहालौं ।" दाइले आस गरेर बोलाएपछि मैले पनि पसलमा सहयोगी भाइ र मेरो आफ्नै भाइ सुमनलाई सामान्य निर्देशन दिएर १२ बजे माइक्रोबसमा कुपण्डोलतिर हानिएँ । दाइ ठीक्क पुगिराख्नुभएको रहेछ, भर्खरै पत्रिकामा छापिएको विज्ञापनको करामतलेहोला मान्छेको ताँती लामै देखियो, सोधपूछ गर्ने ठाउँमा गएर बुझेपछि थाहा भो कतारकै भवन निर्माण कम्पनीले कामदार मागेको रहेछ । आकर्षक सेवा-सुविधा भएपनि भवन निर्माण कार्यमा पोख्त र केही ठूलाखालका सवारी चालक मागेको बुझियो । जम्मा दस्तुर भनौँ या काम लगाएवापत मेनपावरलाई तनाखा असीहजार रुपैयाँ लाग्नेरहेछ । सम्झिएँ- मेहनत गर्न पनि अब शुल्क तिरेर मात्र पाइने जमाना कहिले हट्ला ? हाम्रो दर्बिला पाखुरा, मन-मस्तिष्क, सगौरव, हाम्रो पसिना कहिल्यै हाम्रै माटोमा पोख्न, प्रयोग गर्न पाइएला ? दाइलाई सोधेा, "होइन माइला भाइलाई किन बाहिर पठाउन लाग्या ? लायकको छ, भर्खर एस.एल.सी. पास गरेको छ, गाउँको स्कूलबाट भएपनि प्रथम श्रेणीमा पास गरेको छ, फेरि हाम्रो स्कूलमा उच्च मा.वि. पनि बनेको छ ।" दाइको जवाफ आयो, "सन्देश भाइ, तिमीले भनेको जस्तै मेरो पनि सोचाई हो । भाइको पनि रहर र आमा-बाबुको संयुक्त योजना बनेको रहेछ, म पनि यसो यो कुहीरेको भारी बोक्न आउँदा बुझौँ भनेर आएको हो क्यो ।" हामी गफ गर्दै बागमती पुल तरेर त्रिपुरेश्वरतिर लाग्दैथियौँ । मेरो सानो काम न्यूरोडमा थियो । दाइको पनि ट्रेकिङ अफिस ठमेलतिर हिँड्दै जाने सोचाइले गफिादै गयौँ । "देशको समस्याको मूलजरो भनेकै बेरोजगार हो, भाइ ता आफैँ सम्झि त- चोक्टिँदै-चोक्टिँदै गएको बारीमा कति खेती गर्नु ? फेरि नगदेवाली, फलफूल लगाउँ भन्दा कहाँ लगेर बेच्ने ? फेरि नगदे वाली, फलफूल लगाउ भन्दा कहाँ लगेर बेच्ने । गाडीको अनुहार हेर्न तीन दिन हिँड्दा पनि देख्नु मुश्किल पर्छ । पढ्यो-पढ्यो सकिएको दिन हातमा प्रमाण-पत्र पर्छ, जागिर हुँदैन । आफ्नो बलबुताले भ्याएको सीप प्रयोग गरेर स-साना उद्योग-ब्यापार गरौं भन्दा पनि पूँजी चाहियो । हामीलाई कसले पत्याउने ? फेरि यो अस्थिर राजनीतिले वाक्कै पारेको छ । त्यसैले भाइलाई ऋणपान गरेर पठाउन खोज्या खोई के हुने हो । फेरि डकर्मी सिकर्मीलाई प्राथमिकता दिने जस्तो बुझियो, केटोसँग सीप पनि छैन । एस.एल.सी. पासले केही सिप नदिँदोरहेछ । खाली अक्षर चिन्ने त रहेछ नि सीपमुलक पढाई भए पो ? अब हेर न घरको भर भनेकै अब म र भाइ माथि छ । जवान भए पछि कमाईतर्फ नसोचे पनि नहुने ।" हामी गफ गर्दै हिाडिरहेको थियौं, दाइको नजर एक्कासी रंगशलातिर युवकहरूको ताँतीमा पर्छ । "होइन भाई यो रङ्गशालामा के-को लाइन हो यति लामो ? तल खेल मैदानदेखि माथिसम्म हजारौं लाइनमा छन्, आज यहाँ खेलकुद कार्यक्रम छ कि क्या हो भाइ ?" दाइको गलत ठम्याइलाई प्रष्टयाउन म बोल्छु, "ल दाइ पनि ! आजको पत्रिका हेर्नु भएन ? सरकारले कोरिया जाने र्फम भराउँदै छ, त्यही प्रक्रियाको लागि र्फम भर्न लाईन बसेका हुन् यिनीहरू । हत्तेरिका लौ हेर त यत्रा नौ जवान युवा युवतीहरू बाँझैं रहेछन् । यि त नमुना मात्र त होला नि नेपाल सरकारले योजना बनाएर काममा लगाए के हुँदैन ? युवाशक्ति गाउँघरमा त्यसै बरालिइरहेका हुन्छन् । सरकार त आँखा देख्दैन, कान सुन्दैन भनौं यी युवाहरू पनि भट्टी पसलमा, तासका खालमा, क्यारिमबोर्डका वरिपरी झुम्मिन भन्दा गाउँघरका टोल छिमेकमा राम्रो काममा लाग्दा नि हुने नि, आँखा भए पो देख्छन् । अँ साँच्ची दाइलाई इलामको एउटा घटना थाहा छैन होला ?" "कस्तो घटना ? अब इलाम नेपालकै चर्चित, रमरणीय ठाउँ हो, के हो भन त ?" "इलाम अलि प्रख्यात जिल्ला हो क्या दाइ ��"लन, अम्लिसो, अदुवा, अलैाची, अर्थोडक्स चिया, अकबरे खोर्सानी जस्ता धेरै अ छन् । त्यहाँ ती सबै अ इलामेली पौरखले उत्पादन भएका छन् । त्यो त तपाईंलाई पनि थाहा छ, अर्को महत्वपूर्ण घटना चाहिँ दृष्टिविहीन दाजुभाईले मिलेर सयौं मिटर लामो मोटर बाटो खनेर गाउामा मोटर पुर्याएका छन् । लु हेर्नोस त घरै छेउमा गाडीको बाटो पुगेपछि अब के को दुःख हुन्छ, उत्पादन भएका सागसब्जी, फलफूल बजार पुग्छन् । घरमा सहरका उत्पादन । अब आँखा नदेख्ने ती दृष्टिविहिनबाट सिक्ने कि नसिक्ने ? हामी छरपष्ट कुदिहिँड्ने तन्नेरीहरूले ?" "हो नि भाइ । सबै मिले त कोशी पारि उकालो बगिहाल्छ नि यहाँ त मिलेर काम गर्ने पो कसैले जाँगर चलाउँदैनन् त । जनता र देश हाँक्ने यी नेताहरू छन् नि यी नेताहरू हेर त मिलेर जाँदा पनि त हुन्छ नि । देशको खातिर अब दलको चुरीफुरीको लागि जयनेपाल भन्यो, लालसलाम भन्यो के-के भन्यो मुहान साङ्लिए पो खोला साङ्लिन्छ । मुहानैमा धमिलो छ ।" "हो दाइ यसैले भद्रगोल भइरहेको छ, लौ रत्नपार्क पनि आईपुगेछ । यो पार्कमा बसेर थकाई मार्दै बदाम खाएर आ-आफ्नो काममा छुट्टि��" ।" सहमतिमा पार्क भित्र छिरेर बस्यौं । वरिपरी मान्छे नै मान्छे देखिन्छन् । गाला पट्पटी फुटेका, राता स्याउ जस्ता हिमाली मनहरू, तराईका राजवंशी, धिमाल, यादव, थारूहरू पनि छन् । पार्कमा चुच्चा नाख भएका खस ब्राम्हणहरू, थेप्चा बाटुला मङ्गोलहरू आ-आफ्नै धुनमा जोडी बाँधिएर पार्कमा सुस्ताइरहेका थिए । समग्र भाषा-भाषी, धर्म देखिँदा सानो नेपालको विशाल चित्रण देखिन्थ्यो । पार्कमा सबैको अनुहार नियाल्दा र यसरी छुट्टीको दिन नभए पनि आराम पूर्वक बसेको देख्दा अधिकांशसँग श्रम गर्ने थलो नभएको बुझिन्छ । ए बदाम, चना-बदाम भन्दै एकजना चना-बदाम व्यापारी काँधमा डालो बोकेर हामी नजिक आए । हामीले १० रूपैयाँको लिएर खोष्ट्याउँन थाल्यौं ।

          बदाम खोष्ट्याउँदै मैले नै कुरा पनि खोष्ट्याउन थालें, "हेर्नुस न दाइ यो ठाउँमा प्राय:जसो युवाशक्ति देखिन्छ । यिनीहरूको मनमा कति कुरा खेलिरहेको होला है ? कतिलाई देशको राजनीतिले गाँजेको होला । कतिलाई आन्तरिक समस्याले पोको पारेको होला । यी सबैको मनमा पस्न पाए त कस्तो हुन्थ्यो है ?" दाइ मुसुक्क हाँस्दै मलाई हेरेर भन्नु भो, "ऊ त्यो परको चखेवा जोडीको मनमा जा, गएर पस्न, के-के रहेछ । दुवैजना गलल हाँस्यौं । त्यतिकैमा एकजना तराईमूलकाझैँ देखिने मानिस "पिरो चना चटपटे" भन्दै आईपुग्यो । म अलि पिरो अमिलोमा रूची राख्ने भएकाले मागें, पाँच रूपैयाँको, त्यति खेरै मेरो पछाडि एउटा खाम भूईंमा देख्यौँ । प्रापकः मानबहादुर कामी, गुदेल ४, सोलुखुम्बु । प्रेषकः धनबहादुर कामी हाल काठमाण्डौ- बाहिर खाममा लेखिएको थियो । भित्र एउटा पानामा यस्तो पत्र ब्यहोरा देखें ।

पूजनीय बुबा आमा सेवाढोग !

            प्यारी श्रीमती, मुटुको टुक्रा छोरा र भाइ-बहिनीमा अपार सम्झना । आजसम्म तपाईंहरूको आशिर्वादले आराम छु, सोही कामना गर्दछु । आजका मितिले म भोलि उड्दैछु । सबै काम ढिलै भए पनि भएको छ । अब अरबमा गएर हेर्न मात्र बाँकी छ । ईश्वरको कृपाले राम्रै होला । आफ्नो फूसले छाएको घरै भएपनि छाड्दा मनमा चसक्क हुँदोरहेछ । अब त मकैको धानचमर पनि निक्लीसक्यो होला । बाबा, हाम्रो ऋणको पीर नगर्नु कमाएर पहिले ऋण तिरौंला, बचेको रकमले सामान्य बन्दव्यापार वा सानो उद्योग चलाउँला । हिजोमात्र काठमाण्डौमा पत्रिकाभरि एउटै खबर व्यापक फैलिएको थियो- भोजपुरका एकजना दाइ रहरको बाकस भरेर ल्याउन खाडी गएका आफैं बाकसमा फर्केछन् । धेरै डोल्माहरू अत्याचार ब्यभिचार सहेर पनि बसेका छन् रे । आफ्ना रहरहरू पनि भेडा र ऊँटहरूसँगै हराई पठाउँछन् रे तर जे सुकै होस् मसँग हरपल तपाईंहरूको माया सम्झना छँदैछ । सपनी, अब त बिस्तारै हाम्रो छोरा बामे सर्छ होला । उसको राम्रो ख्याल गर्नु । पछि उसको जीवन आफ्नै देशमा फुलाउन पाउनु पर्छ । भाइ तिमी युवाहरू देशका दलिन हौ । बाँझो-बारी जोतेर मलिलो पार्ने बहर हौ । राम्ररी पढ । आँखा खोल । भित्रै देखि हामीलाई समाजले अझै मान्छेको पूर्ण दर्जा दिईसकेका छैनन् । अब हामी मान्छेहरू भित्र पनि उत्कृष्ट मान्छे फलामलाई आकार दिने हौँ भनेर देखाउन सक्नुपर्छ । अब पूर्ण अक्सिजन, सफा हावा, पूराना पातहरूले होइन नयाँ युवा पातहरूले दिनुपर्छ । धेरै के लेख्नु, मेहेनत गर । म कापी, कलम र फिसमा सहयोग गरौंला । भतिजको पनि ख्याल गर । म उता पुगेपछि फेरि पत्र लेखौंला । अहिलेलाई कलम बन्द गर्दछु ।

 

          तपाईंहरूको प्यारो

          बिनाधनको धनबहादुर

 

          पढेर दुवै गम्भीर भयौं । दाइ अफिस जानु भो, मैलेचाहिँ सुन्धारा हुलाक पुगेर चिठ्ठी खसालीदिएको थिएँ । अब त सायद उसको घर पनि पुग्यो होला ।
  
सोताङ-, सोलुखुम्बु