गीत Author : कोरङ्गी प्रेम Published on : January 02, 2009 |
||||||
वर्षात पर्दा झरीमा तिमी रूझ्यौ की खडेरीमा काकाकुल बनी उड्यौ की निल गगनमा उडी हिड्यो धर्तिमा झर्यो की मेरो दिलको कुनाबाट अन्तै डेरा सर्यौ की, घामको लाली पोखी दिंदा सारा दुःख भूली दिन्थ्यो अन्जान मै दुनियासँग माया प्रिति गाँस्दै हिड्यौ टुक्रिएको यो मुटुलाई मलम लगाई जोड्दै छ्यौकी भूतपूर्व मायालुको सम्झनमा रूदै छ्यौ की, त्यो खोलीको मुहान पनि हिजो आज सुक्यो होला विगतलाई संझी दिंदा मुटु झनै दुख्यो होला तिम्रो पनि त मुटु नै हो भित्र भित्रै जल्छ होला थाह छैन यो जिन्दगी कति दिन चल्छ होला । |