मृग तृष्णा

Author : प्रकाश के.सी.
Published on : December 26, 2008


  
प्रकाश के.सी.

                                                             (भाग ४)

 

          केही घण्टापछि, 'झमक्क' साँझ नपर्दै क्षितिजमा बाँकि रहेको सिन्दूरे लाली नहराउँदै समीर किट्टीसँग, एउटा लामो तर साँगुरो डुंगामा बैंककको प्रसिद्ध 'ˆलावर मार्केट'मा सुस्तसँग वहादै थियो । लहरका लहर, फूलैफूल बेच्न राखेका डुङ्गाहरु खियाउँदै आउनेहरुमाझ, मुस्कुराइरहेको थुप्रो अनुहारहरुबीच, शान्तसँग, सगर्व, किट्टीसँगको साथ हुँदा मनभरि-भरि कविता भएको थियो ।

           समीरले सानी केटी साउनीबाट एक झुप्पा गुलाफको रातो फूल किनेर किट्टीलाई दिएको थियो, अलिकति स्टाइलले । किट्टी मनभित्रबाटै खुलेर मुस्कुराएकी थिई । सिन्दूरे साँझ, लज्जालु, गोरी, काखमा रातो फूलको झुप्पा राखेकी किट्टी र उक्त फूल, एक अर्कामा पूरक भएका थिए । एउटा जिवन्त कविता, एउटा मीठो छन्द, उज्यालो चित्र झैँ किट्टीलाई मन्त्रमुग्ध भएर समीर टोलाए जस्तै हेरिरहह्यो, किट्टीको रसिलो, भरिलो आाखामा डुबिरहह्यो र सायद किट्टी पनि । वरिपरि आइमाई केटाकेटीहरु हाँस्दै, केही भन्दै गरेकाथिए, जुन भाषा किट्टी पूरै बुझ्दथिई र रमाइलो मानेर समीरको छातीको 'साख्खे' बन्दैथिई । माझी बूढाले बिस्तारै डुंगा, अघि बढाउँदै लग्यो । जिन्दगीभरि नरोकियोस् जस्तो लाग्ने त्यो पल, जीवनभर साथ रहोस् जस्तो लाग्ने त्यो बसाइ, उसको हृदयभित्र जमेर रह्यो ।

           पछि 'फ्राया नदी' भएर 'रोयाल टेम्पल', अनि त्यसपछि 'रिभरबस' चढेर 'वल्र्ड ट्रेड सेन्टर' पुगी तातिएको परिवेशलाई चीसो वियरले चिस्याउँदै, उक्त '��"पन म्युजिकल रेस्टरेण्ट'मा बसी एक-अर्काकोलागि गीत फर्मायस् गर्दै उक्त पलको गहन प्रेम साट्यो होला समीरले किट्टीसँग । परम्परा बेग्लै तर रमाइलो भने साझा !

           त्यस साँझ अबेर गरेर रात परेपछि अनि रात पनि अबेर गरी ढल्न थाले पछि, 'लखतरान्' भई होटेलमा फर्केका थिए उनीहरु र 'शावर' लिई सकेपछि कतिखेर निदाए, कहाँ निदाए अनि कसरी...केही थाहा भएन ।

           बिहानीपखको चीसो हावा र चीसो स्पर्शले व्युझियो समीर एक्कासी । पर्दा खोलिएको झ्यालबाट बाहिर धेरै परसम्म स्पष्ट देखिने, ढल्न लागेको बिहानीमा, आाखाभरि चुम्नझैँ आउने हरियाली, मन्दिरहरुका स्वर्ण जलपका गजूरहरु, अग्ला बिल्डिङ्गहरु अनि हल्का सुरु भइसकेको सडकको जीवनरत दैनिकीहरु र स्निग्ध वातावरणले लोभ्याएको उसको मनस्थितिमा, 'टावल'को 'र्यापिङ्ग'मा आफ्नो सुकोमल, सुडौल शरीरलाई बेह्रेर लामो केशको झट्काले पानीका छिट्टा हान्दै गरेकि किट्टीको मधूर हाँसोले हड्बडाएर समीर वाथरुम पस्यो र किट्टीको 'गुन्गुनाहट' भित्रबाट सुनिरहह्यो । अरु पहिलेका क्षणहरुभन्दा त्यतिखेर उसलाई किट्टीको स्वर मीठो लागेको हो या किट्टी नै मीठोसँग गुन्गुनाउन यसपटक थालेकि हो, यो उसले बुझ्नै सकेन ।

           ऊ वाथरुमबाट निस्केपछि, अन्य थप केही घण्टाहरुमा आबद्ध समयभित्र भत्किएका संकोचका पर्खालहरु, नैसर्गिक दूरीका फाटोहरु र बन्दै चुलिईँदै गरेका या बनेका अनेकौं भावनाका, पारस्परिक अभ्यर्थनाका, प्रणयका, विश्वासका, आत्मानुभूतिका व्यञ्जनाहरुको मुल्यांकन या वर्णन, त्यसपछि, अव्यक्त किसिमले उनीहरुका आाखाहरुबाट व्यक्त हुने वार्तालापहरुमा गर्न सकिन्थ्यो । यसरी दुईबाट एक हुनुको अलौकिकपनलाई एकाधिकार गर्दै होटेल छाडेर बैंककदेखि दुई घण्टा टाढाको समुन्द्री किनार पतैया जानको लागि रिजर्व कारमा चढिसकेका थिए केही समयान्तरमा समीर अनि किट्टी । पूरा यात्राभरि किट्टीले आफूलाई लहरा र समीरलाई हाँगो बनाएकि थिई ।

           सफा निलो समुन्द्रमा मोटरबोट, मोटरबाइक, सफा र शान्त पतैयाको सडकमा भाडाको जिप कुदाउँदै घुम्दै अनि घण्टौंसम्म समुन्द्री किनारमा बसी नरिवल पानी पिउँदै सूर्यास्तको मजा लिंदै लिंदै मध्य-मध्य रातसम्म, युवती नै युवतीले भरिने बजार डुल्दै कति चाँडो पाँचरात बिते, हेक्का जस्तो रहेन । कुनै त्यस्तो पल उसलाई याद छैन, जब ऊ एक्लो परेको होस् ! कुनै त्यस्तो हिाडाइ याद छैन, जब उसको हातमा किट्टीको हात नरहेको होस् !

           एक रात, बादलको घुम्टोभित्र र बाहिर गर्दै गरेको जून आकासमा, अनि उसको ठीक अगाडि, निहुरिएर, आफ्नो केशलाई मुहारबाट हटाउनका लागि, कानमा चेप्दै गरेकि किट्टीको उज्यालो स्वरुपलाई जून मानेको भन्दा, किट्टीले उसले गरेको प्रशंसा सम्झेर अँगालेकि थिई, विभोर भई सुँक्सुँकाउँदै । वस्तुतः उसले त्यतिखेर आफ्नी श्रीमतीलाई सम्झरहेको थियो र निश्चय नै गल्तीवोध भइरहेको थियो उसलाई । तर, गर्न पनि ऊ के गरोस् ? जहाँ ऊ खुसी देख्थ्यो, त्यँहा उसकी श्रीमती बिरक्तिन्थिई र जसरी ऊ रमाउन खोज्दथिई, त्यसरी समीर आँतबाट नै छट्पटिन्थ्यो, तर पनि, दाम्पत्य जीवन चलिरहेकै थियो, 'साथ' जीवनसाग हिँडिरहेकै थियो ।

           समीरलाई यसरी श्रीमतीसँग नै हिँड्ने रहर हुन्थ्यो । एकदिन, उसले हङ्गकङ्गको एउटा आइलैण्डमा रात त्यतै बिताउने गरेर श्रीमतीसँगै गएको थियो । गेस्टहाउस बाहिर चीसो-चीसो हावा तर मन्द र न्यानोपन पर्याप्त भएको साँझ थियो, समुन्द्रको किनारै-किनार पर-परसम्मन् हातमा हात राखी, समुन्द्रको छालहरुसँग जिस्किँदै हिँड्ने जोडीहरु प्रशस्तै थिए । कति ताजा हुन सकिन्थ्यो । उसले भन्यो, कर गर्यो अनि बिन्ति पनि, तर उसकी श्रीमती 'हुन्न, चीसो लाग्छ, बिरामी परिन्छ' भनेर न त आफू, न उसलाई नै जान दिई । रोमान्टिक पलहरु, समीरको आाखै अगाडिबाट बितेका थिए । बार्दली बाहिर पनि उसलाई उभिन दिएकि थिईन । बार्दलीको ढोका अनि पर्दा लगाउँदा पनि, कतै काप भएर छिर्ने समुन्द्री छालको उत्श्रृङ्खल आवाजहरु साक्षी राखेर, शेष रात, कोल्टे फेर्दै सौहार्दतामा बिताएको थियो उसले त्यतिबेला, किनकि, उसकी श्रीमतीलाई ��"छ्यान बदले निन्द्रा जो पर्दैनथ्यो ।

           यो सोँचाइ या सम्झना, उसको अपराधवोध गरेको मनस्थितिलाई 'जस्टिफाइ' गर्न आएको भने थिएन उसको मानसपटलमा, मन आफैमा स्वतन्त्र विचरण गर्न जो चाहन्थ्यो । जीवन एकपटकको लागि हन्छ, र जीवनभरि नै रहरहरुलाई खुम्च्याएर राख्न गाह्रो हुन्छ ।  यी सातदिन बाहेकका जीवन त उसकी श्रीमतीलाई छँदैछ नी ! किट्टीसँग बाचा गरे जसरी, सातदिन सबै बिर्सिदिनु पर्छ उसले ।

           होटेलको कोठामा, किट्टी कुनै गीत गुन्गुनाउँदै आफ्ना कोमल हातहरुले उसलाई 'मसाज' गर्दैथिई र ऊ नचाहादा-नचाहादै सुस्ताएर निदाइ सकेछ त्यसैबीच ।

           सातदिने मधू-सप्ताहको अन्तिम रात, दिनभरिको बैंककको मन्दिरहरु, म्युजियम, राजाको दरबार, प्रसिद्ध सपिंग मल, फाइट क्लबहरुको भ्रमण अनि किट्टीको एकहूल केटी साथीहरुसँग 'फेयरवेल-डिनर' गरिसकेपछि, उसले घरदेखि युनिभर्सिटीसम्म हिँड्ने गरेकि गल्ली लगभल मध्यरातमा, कहिले दौडादै, कहिले उफ्रिदै गरेकि किट्टीलाई 'साथ' हिँडी, जमिन छुने थकाइलाई पिठ्यूामा लादेर वापस होटेल आइपुग्दा रातको एक बढी बजेको थियो ।

           मुटुमाथि ठूलो पत्थर राखेर 'गुड-बाई' भन्ने रात थियो । रातहरुका सम्झनाहरुबाट मीठो थप्नु पर्ने आखिरी रात थियो । रातका प्रहरहरु क्रमबद्ध साँगुरिँदै थिए । किट्टी रात आँखामा नै कटाउनुपर्छ भन्दै थिई, जाँगरहरु दैलोमै, जस्तो, दम तोड्दै थियो । तातो वाफिएको रातमा, तर चीसो पानीले नुहृवाएर वाथरुमबाट निक्लेपछि किट्टीले मगाएर राखिदिएकि तातो तर धेरै कडा कफी पिउँदै, फूलझैँ 'सुकोमलिएर', कहिले वाथरुमबाट निस्किएलि किट्टी भनी उत्साहित समीर, शरीरभरि नशा-नशामा जाँगर पलाएको प्रष्टै अनुभव गर्दै थियो  तब । केहीबेरपछि, साधैझैँ टावलले शरीरलाई 'र्याप' गरेर मुस्कुराउँदै किट्टी 'पदार्पण' जसरी गरी समीरसामु र बार्दलीको अलि परको आकासमाथि बादलको घुम्टोभित्र, बेला-बेलामा चिहाउँदै गरेको जून साक्षी राखी प्रणयमा एकाकार भइसकेपछिको पहिलो एकान्तमा, समीर उही जून बरण्डाबाट, चुरोटको धूँवा उडाउँदै अनि नियाल्दै गयो । आज रातको अन्तिम प्रहरमा, अन्तिम पटक हेर्दैथियो दुबै जूनलाई समीर ।

           जुनेली रातमा, बैंकक शान्तसँग सुतेको जस्तै भेटिन्थ्यो, त्यो कुनाबाट । आँखाहरु 'छामछुम' गर्दै रातको नीरवतामा ऊ पर-परसम्मन् नजर पुर्याउँदै थियो । सके जति आँखाको 'जुमलेन्स'ले तानेर, त्यसलाई 'फोकस'मा ल्याई मन-मस्तिष्कमा साच्न खोज्दै थियो, बैंकक र अनुभूतिहरुलाई सँग-सँगै । किट्टी, कतिखेर पछाडिबाट आएर उसलाई अँगालिसकिछे, जस्तो, भुलेछ केही पल त्यहाँ । त्यसपछि आालिँगनवद्ध, एकतमास, चुपचाप, दुबै अनन्त शून्य र शान्तितिर हराइरहे, नियालिरहे ।

           अनायासै, बिना कुनै प्रसाग, किट्टी केही बोल्न खोजी । उसको आवाज पर कतैबाट आएझैँ लाग्ने तन्द्रामा थियो समीर ।

           I can do anything for you . -म तिम्रोलागि जे पनि गर्न सक्छु ।)'

           Really ? -साँच्चै ? )' अविश्वास गरेको होइन, केही बोल्नै पर्ने भएर सायद ।

           Ya….Now, I can do anything for you. -साँच्चै नै । म यतिखेर तिम्रोलागि जे पनि गर्न सक्छु ।)'

           Anything ? -जे पनि ?)'

           Yes, anything! I can even die for you jumping from here. -हो, जे पनि । म यहीँबाट तिम्रोलागि हाम्फालेर मर्न सक्छु ।)'

           अचानकसँग झसङ्गयिो समीर । किट्टी वास्तवमा अति नै गम्भीर लाग्दथिई र दृढताको वजन, उसको गम्भीरतामा गहु्रङ्गोसँग झुलेको थियो । यो उसले प्रष्ट आत्मसात् गर्यो, किट्टीको हृदयको भित्र पुगेर, तर कुरालाई हल्का पार्न मुस्कुराउादै भन्यो-   

           'Can you cry for me ? -के तिमी मेरोलागि रुन सक्छौ ?)' 

           'Yes. - सक्छु । )' उस्तै दृढता !

             'Then, go ahead ! -त्यसो भए रोएर देखाऊ । )'

           रमाइलै हो, समय कटाउनलाई । किट्टी, त्यसपछि, कुनै चाइनिज गीत गुन्गुनाउनथाली । मार्मिक हुनुपर्छ उक्त गीत ! वरिपरि मर्महरु छरपस्टिएझैा बोझिल हुँदै गएको थियो वातावरण । किट्टी उसलाई बेस्सरी छातीमा अँगालेर गुन्गुनाउादै थिई लगातार । समीर भने चुपचाप, अर्धमूदित, मग्न हुँदै भुलिरहह्यो । पर कतै लाटोकोसेरो उड्यो कि.....कुनै चरा, एउटा रुखबाट अर्कोमा भर्खरै उडेर पुगेको थियो ।

           आधा घण्टाभित्र, किट्टी साँच्चै नै खुलेकिथिई, आफ्ना समस्त सम्वेदनामा । 'आई लभ यु.....' 'आई लभ यु ....' भन्दै रुँदै गई त्यसपछि । आश्चर्य ! वास्तवमा समीर शव्द बोल्न सकिरहेको थिएन, फगत सहानुभूति उग्घ्राउँदै थप-थपाइरहह्यो लगातार र धेरै मुस्किलले किट्टीलाई बेडमा ल्याएर थप-थपाउँदै बाँकि रातको अन्तिम प्रहरमा निदाउन पुगेको थियो उसलाई पूर्ण अंगालोभित्र राखेर ।    

           समीर घरभित्र पस्दा उसकी श्रीमती खाना नखाईकन अझै पर्खिरहेकि पायो । आधा रात बित्न थाल्दा पनि ऊ उस्तै गरी, खाना नखाई टेलिभिजनमा कुनै कार्यक्रम हेर्दै पर्खिरहेकिथिई । समीर भित्र पस्नासाथ सोधिहाली-

           'किन नी, यति अबेर ? फोन पनि नगर्ने ! ल, हात मख धोऊ । मलाई साह्रो भोक लाग्या छ ।'

           मनभित्र-भित्रै श्रीमतीलाई यसरी भोकै कुर्याउन परेकोमा खेद प्रकट गर्दै श्रीमतीको 'साख्खे' भईदियो त्यसपछि ।

           राम्रै भएछ, यसरी डेढ वर्षपछि भेटिएकि किट्टी र उसका फुटबल मैदान जस्ता खुल्ला निमन्त्रणाहरुलाई पन्छाएर घर आएकोमा । भोली किट्टी बेइजिङ्ग जाँदैछे र यसपाली उनीहरु, पक्कै पनि सदा-सदाकैलागि छुट्टएिकाछन्, समीर यस्तै सोँच्दैछ, किनकि, पहिलो पटक, उसले आफूलाई आफ्नै अडानमा उभ्याउन सफल जो भएको थियो ।

           त्यसबेला सखारै उसले बैंकक छोडेको थियो र अब आजिवन त्यस प्रकारको र त्यस प्रकारले एक-अर्काको जीवनमा नआउने भनी अर्को बाचा गरेर ��"भानो आँखामै बिदाइ लिने-दिने गरिएको थियो । तर, अर्को तेस्रो महिना नबित्दै, किट्टीको लाखौँ अनुरोध र उसैको सम्पूर्ण खर्चको निमन्त्रणाले गर्दा समीरलाई फेरि अर्को हप्ताकोलागि बैंकक पुर्याएको थियो र त्यसपटक एक-अर्कोबाट छुट्टिईंदा कडा प्रतिज्ञा, सदाकैलागि छुट्टएिको भनी गरेर छुट्टएिको करिव वर्षको अन्तरालमा यहीँ हङ्गकङ्गमा नै केही रात बिताएकि थिई किट्टीले समीरसँग र यस्तो प्रकृया अरु दोस्रोपटक पनि दोहोरिएकोले डेढ वर्षअघिको हङ्गकङ्गको अन्तिम भेटमा सल्लाह अनुसार सम्बन्ध दुबैले टुटाएको भए तापनि, अचानक, आज फेरि समीरले किट्टीलाई हङ्गकङ्गमा नै उस्तै रहरहरुका साथ उसकैलागि उभिएकि भेटेको थियो ।

           अब, किट्टीले, समीरको मोह सदाकै लागि त्याग्नुपर्छ । ऊ आफ्नो हुनेवालाको वफादार हुनुपर्छ । यस्तै कामना गर्दै, कतिखेर समीर श्रीमतीको न्यानो अंगालोमा निदाउन पुगेछ, थाहा भएन । मनभित्रको एउटा असिम आनन्द जो छाएको थियो र अर्को आनन्द, हजारौँ गल्लीपछि, 'घर-फर्केको' अनुभव जो भएको थियो उसलाई । 'घर', भरपर्दो मायाको आश्रय जो थियो । 'ढिलै भए पनि दूरुस्तै' थियो समीर त्यस अर्थमा यहाँ । मृगको तृष्णाले झैँ तृषित र आहत पारेको मन श्रीमतीको ��"सिलो सद्भावले तृप्त बनेको थियो ।

 

                                                                                   समाप्त

 

                                                             (शब्दघोष जिजीविषाको कथा संग्रहबाट)