पहाडको फेदीमा Author : पूर्ण यक्खा Published on : September 25, 2017 |
||||||
म त्यही पहाडको फेदीमा उभिएको छु जहाँ मेरो पिता पुर्खाले युगौ बिताएका थिए यही पहाड जस्तो अटल भएर कसैको गिद्वे दृष्टिलाई प्रत्येक क्षण चुनौती दिएका थिए तर इतिहास यो कुरा भन्न सङकोच मान्छ,
क्यासिनो लाईनमा गाडिएको गोर्खालीहरूको चिहान पनि सायद अरू कसैको भन्छ तर म ठिक त्यही पहाडको फेदीमा उभिएको छु जहाँ मेरो पिता पुर्खाले युगौ बिताएका थिए जहाँ जहाँ तिम्रो स्वार्थ पोखिएको छ त्यहाँ त्यहाँ यो जातिको रगत पोखिएको छ तिम्रो फ्लोरेन्सन नाइटिङ्गेल जस्तै समर्पित यो जातिको सपनाहरू टुटेको तिमीले कहिले देखेका छौ ? तर इतिहास यो कुरा लेख्न संकोच मान्छ क्यासिनो लाईनमा गाडिएका गोर्खालीहरूको चिहान पनि शायद अरू कसैको भन्छ,
समुन्द्र मन्थन सिद्वाएर निस्किन्दा पनि हामीले अमृतपान गर्न पाएनौं युगौ सम्म सती देवीको लास काँधमा बोकी हिडिरहँदा पनि तिमीले हाम्रो मन चिन्न सकेनौं इतिहास यो कुरा लेख्न संकोच मान्छ क्यासिनो लाईनमा गाडिएको गोर्खालीहरूको चिहान पनि सायद अरू कसैको भन्छ तर म ठिक त्यही पहाडको फेदीमा उभिएको छु। |