मिडिया गेटकिपिङ

Author : विराट किराती
Published on : February 22, 2016


  
विराट किराती

'नग्न युवतीहरू पक्राउ'

शिर्षमा

अखबार भरी-भरी ठूला अक्षरमा अझ बोल्ड भएका छन्।

 

बबरमहलस्थित मूनलाईट रेष्टुरेण्टबाट

रातको दश बजेतिर

प्रहरीको टोलीले

पार्वता गुरूङ

युमा लिम्बु

सानिमा मगर

राधा राई

, निर्मलालाई रङ्गेहात पक्राउ गरेको रहेछ।

 

यो बिहान-

छु

मेरो अगाडि देशकै सर्वाधिक बिक्री हुने

बिग हाउसको अखबार

हेरिरहेछु

पढिरहेछु

अनि खोजीरहेछु- उस्को नियतिको भाषा !

 

अन्तिमको नामसँग

बेस्सरी झोक्किएँर झस्किएँ

अर्थात्

बिग हाउसको निर्मलासँग

निर्मला मात्रै लेख्नुमा के अर्थ -

 

हो-

तेहीं दिनदेखि आजसम्म मैले

अर्थहरूभित्रको अर्थ बुझन सकिरहेको छैन!

या

बुझने कोशिश गर्दैछु

 

(झापा)