नयाँ बर्ष-पुरानो बर्ष

Author : नरेश ठूले
Published on : December 31, 2015


  
नरेश ठूले

हर्ष-बिष्मात

आशा-निराशा

सुख-दु:ख

प्रगति-अधोगति

राहत-आहत

दुर्घटना-परिघटना-प्रलय

आग्रह-पूर्बाग्रह

द्वेष-ईर्षा

घृणा-माया

घमण्ड-स्वालम्भ

दम्भ-अहंकार

लाचारी-परनिर्भर

अनेक श्रृङ्खलाका

मिश्रीत यादहरूको

अनगिन्ति डोबहरू छोडेर

अलबिदा लिएको छ

सन २०१५ को पुरानो पात्रोले,

 

नयाँ

जोस-जाँगर

सुख-शान्ति-समृद्धि

हर्ष-उल्लास-उमंग

आशा-भरोसा-बिश्वाश

र सफल्ताको

नयाँ योजनाको ठेली बोकेर

प्रत्येक मानव जीवनको

मन मष्तिष्कमा प्रवेश गरेको छ

नयाँ बर्ष सन् २०१६ को नयाँ पात्रोले,

 

यो नववर्ष २०१६ सबैका लागि शुभ बनोस

कामना

शुभ कामना

हार्दिक शुभकामना ।