मेरो देश नेपाल

Author : जुनु राना
Published on : September 13, 2015


  
जुनु राना

मेरो अञ्जुली भरिभरि

मेरो रगत भरी

रंग रातो बनि सिन्चित

छ मेरो देश,

 

न घोल यसमा फोहोरको सोचहरु

न मिसाउ स्वार्थका रंगहरु

अमृत जस्तो पबित्र

स्वर्ग हो मेरो देश,

 

संकिर्ण सोच र सिमानाहरुको ग्रेटवाल

मलाई स्वीकार छैन

म नेपाली भनि चिनिन चाहन्छु

मेरो देश नेपाल भनि चिनाउन चाहन्छु,

 

बरु आउँ !

मिलेर बाटो बनाउँ

सिन्का-सिन्का जोडेर

हाम्रो घर नेपाल बनाउँ

नेपाली मनफूल रंग रंगमा फुलाउँ