यक्ष प्रश्न (?)

Author : नरेश ठूले
Published on : August 25, 2015


  
नरेश ठूले
प्रश्न-
घैटे आफै गुण्डा थियो ?

वा कसैले गुण्डा बनायो

जन्मजात त्यो प्रवृत्ति थियो उसमा ?

या विकल्प रोज्न कसैले बाध्य बनायो

भूल उपर प्रयाश्चित गर्दागर्दै

सामान्य नागरिक बनेर बाँच्छु भन्दाभन्दै

शासकले ऊ माथि किन गोलि बर्षायो ?

किन नृसंश हत्या गर्यो उसको ?

के बर्दिधारी पुलिसहरु ज्यानमार हुन ?

या निकम्मा शासकका जल्लादहरु ?

के यो देश जल्लाद हत्याराहरूको देश हो ?

खै काहाँ छ विधि र कानुनको शासन ?

 

यदि गुण्डा गर्दिको सजाय गोली हो भने

यसका नाईके गुण्डाराज नेताहरुको सफाय हुनुपर्छ

देश लुट्ने गुण्डा शाशकहरुमाथि गोली बर्षाउनु पर्छ

के यो सम्भव वा असम्भव छ ?

प्रश्नले उत्तर खोजि रहेको छ,

 

यता घैटेको आलो रगत नसुक्दै

उता टिकापुरमा क्रुर हत्या हिंशाको आगो दन्केको छ

जनता नामक यो देशको नागरिक

आफ्नै राज्यमा गोली खाएर मरेका छन

किन ?

आफ्नै घर आगनमा बन्दी बनेका छन

किन ?

कसले बनायो जनतालाई आक्रोशित ?

कसले बनायो नागरिकलाई आन्दोलित ?

कसले बनायो आममान्छेलाई आतंकित ?

बिभेद, शोषण, दमन र उत्पिडनको पराकाष्ट नाघेपछि

एक भाषा, एक धर्म एकल जातिबादले चरम सिमा काटेपछि

के २१ औं शताब्दिका मान्छेहरू १२ औं शताब्दिमा फर्कन सक्छन ?

 

यसै हो भने-
अब टिकापुरको क्रुर हत्या हिंशाको लहर

सिङ्गो देशभरी फैलन सक्छ,

त्यसलाई नियन्त्रण गर्न सक्ने

के यो देशका शासकहरूसँग तागत छ ?

 

होसियार !

आम उत्पिडन जनताको जायज मागलाई सम्बोधन नगरे

सिङ्गो देश जल्न सक्छ !

तिम्रो अहमताको तथाकथित अहंकार शक्ति

क्षणभरमा धुलो धुवामा मिल्न सक्छ

छली शाशक-

आबो तिम्रो चेत खुल्ने कि नखुल्ने ?

आबो तिम्रो कालोमनको घैटोमा घाम लाग्ने कि नलाग्ने ?

आबो कुबुद्धिमा सुबुद्धि फिर्ने कि नफिर्ने ?

प्रश्नहरूले उत्तर खोजि रहेको छ ।