आगो

Author : केशर थुलुङ
Published on : August 18, 2015


  
केशर थुलुङ

विध्वंसक अस्त्र हो

जसको सामु

कसैको केही जोड चल्दैन,

 

मान्छेको मनजस्तो

पग्ली जाने

कोमल हुदैन

वसन्तमा ढकमक्क फुल्ने

फूलहरुजस्तो पनि हुदैन,

 

न त

प्रेमका गीतहरु

दुःखका गीतहरु

हाँसोका गतिहरु गाउँछ

न त बस्तीका कथाहरु नै कोर्छ,

 

विश्वास पनि गर्न हुँदैन

विश्वासमा कैले

विश्वासघात पनि गर्न

बेर लगाउदैन,

 

रिसले चलाउनु हुँदैन

रिस उठाउनु हुँदैन,

 

रिस उठे

यसले पानी जलाउन सक्छ

ढुङ्गा, माटो, वनपाखा, पर्वत

केही भन्दैन

बस्तीहरु सारा छोडिदिउँ

विश्वलाई नै खरानी बनाउन सक्छ,

 

मित्र बन्धु !

त्यसैले आगोलाई

चलाउँदा/बोलाउँदा

नम्र हुनुपर्छ

स्वाच्छ, शान्त मनको हुनर्ुपर्छ ।