चरित्र

Author : नरेश ठूले
Published on : June 03, 2015


  
नरेश ठूले

सिद्धान्तको बिशाल भारी ढाड माथि बोकेर
जिन्दगी हिडिरहेछ चिप्ले किरा
छालाको सिङ माथि नाकको पोरा टाँसेर
सुँघिरहेछ जिउनुको गन्ध
शरिरको छिद्रबाट चिप्लो पदार्थ वाकेर

बिचारको जीवन टाँसिएको र्यालभित्र

टाँसिएर जीवन- चिप्लेकिरा

घस्रिएर जीवन- सर्प

फड्को उफ्रिएर कुवा भित्र- भ्यागुतो

घरि अगाडिबाट हिड्छ

घरि पछाडिबाट हिड्छ

गड्यौला प्रवृति ।