म र नेपालिको पिडाको दिन

Author : सामुयल सुनुवार
Published on : April 28, 2015


  
सामुयल सुनुवार
      

किन रुष्ट भएको हो प्रकोप पनि ?

सारा नेपालीसँग ७.९ को रेक्टर स्केलमा

हल्लाएको छ नेपाली धर्ती छिन छिनमा ।

 

यता राजधानिको प्रचिन चिनारी धरहरा सगै सबै सम्पादा ढाल्यो

उता विश्वको उच्च सगरमाथामा हिमपहिरोमा धेरैको ज्यान गयो ।

 

म प्रवासमा बसेर प्रार्थना गर्दै बसेको थिए

कोहि कसैलाई केही नहोस भन्ने आशै आशामा

तर सारा नेपालीलाई गासबास र धर्तिबाट छुटायो

तर बाच्नेलाई नि धर्तीले

किन राख्यो त्रासैत्रासमा ।

 

अब हामी सबैलाई चिन्ता छ

महामारी,भोक र सताउने छ कि भनेर रोगले

हामी सोझा सिधा नेपाली जनतालाई

प्रकृतिक प्रक्रोप देखि सबै थोकले खेदो गरेको होला किन ?

 

प्रवासमा छु

मनमा धेरै पीडा साथ धेरै कुरा सोच्ने गर्छु यो दिमागमा ।

मेरो परिवार देखि सारा पिडित नेपाली

सुतेको दुरावस्था छ त्यो खेतमा

खुल्ला मुनि आकाशमा ।

 

 

प्रिति-४, रामेछाप

हाल :- दोहा, कतार

२०७२/०१/१२  

समय मध्यन्न १२:५६

शनिवार