ह्याप्पी भ्यालेन्टाइन डे

Author : राकेश कार्की
Published on : February 15, 2015


  
राकेश कार्की

पार्टी पार्टी बिच प्रेम होस्

एकले अर्कोलाई नलगाउ दोष

सभासदहरू! ह्याप्पी भ्यालेन्टाइनस डे

हामी जनतालाई संविधान दे

 

माओवादी तिमी गुलाफ बोक

एमाले स्नेहले मेट जनको भोक

काँग्रेश छरिदेउ हर्षका छहरा

मधेशवादी बनिदेउ देशका पहरा                                       

 

नेता र साधारण मान्छे एक बनौँ

मिलिजुली विकाश प्रेमले खनौँ

विभिन्न जाती तर एउटै नेपाली

मायाले जोडिएको मेची महाकाली ।

 

इन्जिनियर राकेश कार्की                          

उपाध्यक्ष- अनेसास लस एन्जेलस च्याप्टर लस एन्जेलस