मुस्कुराउँन सकूँ अन्तिम क्षणमा

Author : सरण राई
Published on : January 16, 2015


  
सरण राई

मृत्युपश्चात मानिसहरू मलाई महान् सम्झेर

फूल, अबीर, माला र खादा पहिराउँदै मेरो तस्वीरलाई

श्रध्दासाथ मेरो तस्वीर अगाडि झुक्नेछन्- सम्झेर

बॉचिरहेको म अहिले मुस्कुराउँछु- मलाई

मृत्यु पछाडि चढाइने श्रध्दाञ्जलिको के अर्थ हुन्छ र ? मलाई

सम्झन्छु- अहिले म बॉचिरहेको बेला मुस्कुराउँनु चाहीँ महान् कुरो हो

कल्पिन्छु- अहिले म बॉचिरहेको बेला हृदय कञ्चन रहनु चाहीँ महान् कुरो हो ।

 

महान् कुरो नै के हो र ? महान् कुरा नै मैले के गरेँ र ?

सोधिरहेछु आफैलाई, सम्झना गरिरहेछु आफैलाई

मथिदेखि तलसम्म, तलदेखि माथिसम्म

जन्मदेखि मृत्युसम्म (भलै अहिले म मरिसकेको छुइनॅ )

छिनामखुदेखि धरानसम्म, याङ्गटाङ्गदेखि कोशी माइसम्म

म कुनै पौडिने पौडिबाज होइन

म कुनै उड्ने कलाबाज होइन

तापनि एउटा जीवन पार गरिसकेको छु

एउटा अविरल शुक्ष्म कालखण्ड मानिसको��" गुजारिसकेको छु

पुगेको छु- सबैले पुग्नैपर्ने एउटा अन्तिम किनारा

अन्तिम बिसौनी ! जसदेखि पर अर्को बिसौनी हुँदैन

जसदेखि पर अर्को यात्रा हुँदैन....सायद !?

 

सम्झनामा सजाइएका घुर्मैला धुनहरू

आज आफै बज्न दिऊँ, आफै फुक्न दिऊँ

मेरो बाजे करुवा कॉटी ठोकिएको स्थानीय कडा जुत्ता लगाएर

ठक्...ठक्...ठक्...हिड्नु हुन्थ्यो

बिहान बिहानै चाहार्नुहुन्थ्यो गाउँ, पुग्नु हुन्थ्यो घरघर

एकानब्बे वर्ष बॉचेर परलोक हुनु भयो

तराइ नझर्नु भएको भए एक सय वर्ष बॉच्नु हुन्थ्यो कि !

मेरो बुबा छहत्तर वर्षमा परलोक हुनुभयो

आधुनिक सभ्यता वाहन चढन नचाहनु भएको भए

एकानब्बे वर्ष बॉच्नु हुन्थ्यो कि !

म कति बॉच्छु ? थाहा होला छिनामखु, थाङ्गटाङ्ग र धरानलाई

थाहा होला मिसावटयुक्त अर्धविषाक्त यो आधुनिक जमानालाई !?

 

बॉच्नु, कति बॉच्नु ? प्रमुख कुरा होइन रहेछ

अन्तिम क्षणसम्म सन्तोषसँग मुस्कुराउँ न सक्नु महान कुरा रहेछ

सोच्नोस त मैले के गरेँ ? के गरीनॅ ?

मैले यो मानव सभ्यताको मरुभूमिमा एउटा कण थपिनॅ ?

सोच्नोस त यो अन्तराल समयमा एउटा क्षण थपिनॅ ?

हुन त म नै के हुँ र ? मनै त हो नि.....

समयको अन्तराल अवधिमा बितेर जाने एउटा निमेष क्षण

बिशाल जङ्गलमा झरेर जाने एउटा पुरानो पात

तापनि याङ्गटाङ्गहरूकै थोपाहरूले बनेको हुन्छ समुद्र

निमेषहरूकै जोडले बनेको हुन्छ अनन्त अन्तराल समय

पातहरूकै रङ्गले जेलिएको हुन्छ जङ्गलको हरियाली !

 

त्यसैले फेरि एक पटक- पहिलो र अन्तिम पटक

खेलाएर-केलाएर हेरौँ यो बृक्षजस्तो जिन्दगीलाई

यति थाकेको, पाकेको, बहकिएको यो मन, जीवनलाई

मर्न त पर्छ नै सबैले , तर

मर्नेबेला पश्चात्तापको आँसु नहोस् आँ'खामा

आँसु आयो नै भने पखालिदेऊ थाङ्गटाङ्ग तिम्रो पानीमा

किनकि तिमी सधैं रहनेछौ र गुनगुनाइरहने छौ

सत्य, विवेक, स्वाभिमान, माया, जिन्दगी र धरतीका गीतहरूमा

बिर्साइदेऊ, विलिन गराइदेऊ मलाई ती तिम्रा गीतका धुनहरूमा

जीवनको अन्तिम बेलामा मुस्कुराउँन नसकेर- सम्झेर जीवन आँखामा

आँसु नै आयोभने पनि पखालिदेऊ याङ्गटाङ्ग तिम्रो पानीमा ! तिम्रो कञ्चन पानीमा !

 

शब्दार्थ

छिनामखु = भोजपुर जिल्लाको एउटा गाउँ |

याङ्टाड् = दिल्पा र छिनामखु

गाउँहरुको बिचको खोला |

याड् = रुपिया ,

टाङ् =बोट

साभार: लक्ष्मी सडकका कविता (चौधौं सङ्कलन��"२०६८)