गजल

Author : महेश घृतकौशीक
Published on : December 26, 2014


  
महेश घृतकौशीक

आत्मा चिसो शरिर चिसो मनै चिसो यहाँ

बोली चिसो हेर्राई चिसो तनै चिसो यहाँ ।

 

पारीलो घाम अस्ताइसक्यो नउदाईकन,

त्यसै चिसो दुनिया यो झनै चिसो यहाँ ।

 

पराया त परै भए ठण्डि अनी चिस्सिएका,

आफन्तका त आफ्नो पनै चिसो यहाँ ।

 

मुटु दुख्दा सुम्सुम्याउने हातहरु हटिसके,

त्यसै त दिल मेरो छ नै चिसो यहाँ ।