म मुसुमुसु हाँस्दै अस्पतालबाट बाहिरिए

Author : नरजित राई
Published on : November 18, 2014


  
नरजित राई

डायरि नं. ०९ जुलाई २०१४

मेरो तीन बर्ष अघि देखि मात्र शरिरमा बल्ड प्रेशर बढेको देखिएको थियो। त्यसपछि ब्लड प्रेशर नाप्ने मेशिन किनेर कोठामा नै नियमित जस्तो आफ्नो प्रेशर नाप्न थालेको थिएँ। मैले ब्लड प्रेशरलाई स्थाइ राख्नका लागि खानेकुराहरूमा निकै ध्यान दिन थाले। मैले समय-समयमा मेडिकल चेक-अपहरू हङकङमा र नेपाल तिर जाँदा समेत गराईरहेको थिए। यसले गर्दा मेरो शरिरमा ब्लड प्रेशर प्राय: स्थाई नै भईरहेको थियो। मलाई साथि-भाईहरूले ब्लड प्रेशरको ��"षधि प्रयोग गर्न सल्लाह-सुझावहरू पनि दिइ रहेका थिए। मैले एकै चोटि डाक्टरको मेडिकल रिफिरेन्स बिना सो ��"षधि प्रयोग गर्ने कुरै थिएन। मैले आज सम्म पनि मेडिकल रिफिरेन्स नपाएकोले ब्लड प्रेशरको ��"षधि प्रयोग गरेको छुइन। मलाई केही समय देखि हर्ट एरिया वरिपरि अनिश्चित ठांउहरूमा डिप्लि, थोरै समय सम्म मात्र, नमिठो तरिकाले दुख्न थालेको थियो। मैले हर्टमा पो केही तल-माथि हुँदैछ कि भनि शंका गर्न थाले। मैले ब्लड प्रेशरको नियमित नाप-जाँच गर्दा कहिले कहि सिस्टोलिक र डाईसिस्टोलिकको अंकहरू उच्च -स्थिर- निच्च भईरहेको पाए। मैले यसरि बसेर हुन्न भनि अस्पतालमा गएर जचाँउने निधो गरे। म ९ जुलाई २०१४ का दिन बिहान ७ बजे कोठाबाट ये मा तेई स्थित कोङवा अस्पताल तिर लागे। म प्राय: जसो यसै अस्पतालमा शारिरिक चेक-अपहरू गराउछु र गराईरहेकोछु।

मैले बिहानको ७स्४५  बजे कोङवा अस्पतालमा उपचार्थ नाम दर्ता गराए। मैले शारिरमा देखिएका सिम्टमहरू बताए पछि ब्लड प्रेशर, रगतमा अक्सिजनको मात्रा, र ज्वरो भए- नभएको प्रारम्भिक जाँच नर्सले गरेको थियो। मैले त्यहाँ ब्लड प्रेसरको अंक हेर्दा केही उच्च नै भएको देखेको थिए। मलाई नर्सले सेमि-अर्जेन्टको टिकट नम्बर ४३२९ दिई ३ घण्टा भित्रमा पालो आउछ बाहिर कम्प्यूटर स्क्रिनमा टिकट नम्बर हेर्दे गर्नु भनि बाहिर पठायो। म वईटिङ रुममा बाहिर बसेको करिब १ घण्टा पछि मेरो नाम बोलाएकाले दौडिन्दै काउन्टरमा सम्पर्क गरे। मलाई त्यहाँ कार्यरत नर्सले मेरो प्रिस्किप्सन दिदै नजिकैको कोठा देखाई र केहीबेर भित्र बस्नका लागि अनुरोध गरि। त्यहाँ मेरो ई सि जि गरिने रहेछ भन्ने प्रिस्किप्सन र मेसिनहरूबाट थाहा पाएको थिए। मेरो चाडै नै नर्सले ई सि जि गरे पछि प्राय: बाहिर प्रतिक्षा गर्नका लागि सुझाव दिए। म पनि चाडै नै जचाँउने काम सकिएला भनि ढम्बरढुस्स भई प्रतिक्षालयको कुर्सिमा बसेर चाईनिज टेलिभिजनमा आएका खबरहरू नबुझे पनि समय कटाउन हेर्न थाले।

एम्बुलेन्सले बिभिन्न किसिमका बिरामिहरूलाई बाहिरबाट चाडो-चाडो ईमर्जेनसि रुममा ��"सार्न थाल्यो। कोङ्वा अस्पतालको एक्सिडेन्ट एन्ड इमरजेन्सिको वईटिङग रुममा इमरजेन्सिका बिरामिहरूले भका-भक भरिन थाले। ति बिरामिहरू प्राय: बुढा-बुढिहरू नै थिए भने केही एक्सिडेन्ट केसमा परेका जस्तो देखिन्थे। मेरो डाक्टरलाई भेट्ने पालो १० नम्बर पछि थियो। मेरो नाम र टिकट नम्बर पो चाडै आई हाल्छ कि भनि कान र आँखालाई निकै चनाखो बनाएर बसिरहेको थिए। कम्प्यूटर स्क्रिनमा टिकट नस् ४३१९ पछि एक घण्टा सम्म पनि अन्य नम्बर अगाडि नबढि सोहि नम्बर कम्प्यूटर स्क्रिनमा अल्झिरहेकाले छटपट्टिदै कहिले वइटिङ रुमको भित्र- बाहिर घुम्ने, कहिले साथिहरूलाई फोन गरि समय कटाउने त कहिले कुर्सिमा बसेर निधाउने कोशिस गरिरहे। मेरो आँखा कसो-कसो स्क्रिनमा दौडिरहेको अक्षरहरूमा पर्दा त्यहाँ त ू पुरानो तथा नयाँ अति जटल केसका बिरामिहरू आएकाले नया केसका बिरामिहरूलाई जाँच्न केही ढिलो भएकोमा क्षमा चाहान्छौू पो लेखिएको रहेछ। म झन उकुस-मुकुस हुन थाले। म कुर्सिमा बस्दा-बस्दा भोक तिर्खाले समेत हिरिक्कै भइसकेकाले केही खानु पर्ला भनि अस्पतालबाट बाहिरिए। म एम टि आरको एक्जिट नजिकै रहेको पसलमा गई हतार-हतार म्याकडोनाल्ड हसुरें। मैले थोरै भएपनि पेट पूजा गरि अस्पतालमा फर्केर प्राय: कम्प्यूटर स्क्रिनमा हेर्दा अझै टिकट न. ४३१९ नै अल्झिरहेको पाए। म खुईया गर्दै थचक्क कुर्सिमा बसेर सोचे- नदेखाउ भने ई सि जि भइ सक्यो देखाउ भने कहिले हो कहिले के गर्ने होला ? म अस्पतालमा एक्लै मुर्मुरिदै बसिरहे।

मैले उपचार्थ नाम दर्ता गराएको करिब ४ घण्टा पछि कम्प्यूटर स्क्रिनमा टिकट नम्बर देखिन थाल्यो। म अब चाडै नै नाम आउने भयो भनि केही छिन मनमनै फुर्किए तर आशाको किरण केही छिन मै झ्याप्प निभ्यो। कम्प्यूटर स्क्रिनमा २-३ वटा टिकट नम्बर आएपछि अन्य नम्बर फेरि झुन्डिन थाले। म केही छिन त झुन्डिएको नम्बर देखेर किक्रिक्कै भएको थिए। मैले न गालि गर्दै अस्पताललाई छोडेर हिड्नु न त अझै नाम नम्बरलाई पर्खिएर बसिरहनु। म कुन दशामा आज यो अस्पतालमा आएछु नि भन्दै वईटिङ रुमको वरिपरि भूटभूटिन्दै हिडिरहे। मैले यति लामो समय सम्म अस्पतालमा, यस्तो अवस्थाको पर्खाईको कुनै अनुभूति गरेको थिइन। यो नै मरो जिवनको पहिलो रेकर्ड थियो। मैले कोङवा अस्पतालमा बिहान नाम दर्ता गरेको करिब ६ घण्टा पछि मात्र डाक्टरलाई भेट्ने मौका पाएको थिए। मैले डाक्टरलाई मेरो सबै समस्याहरू बताए पछि छातिको एक्स-रे गरायो। मलाई केही छिन प्रतिक्षालयमा फेरि बसायो। म प्रतिक्षालयमा निकै बेर बसे पछि नाम आयो। मैले सोचे डाक्टरले ब्लड प्रेशर र अन्य ��"खति मुलोहरू पनि देलान। मैले ��"खति रिफर गरेको प्रिस्किप्सन हेर्दा त दंङ खाएको थिए। मलाई त डाक्टरले ४ दिनका लागि पेनाडोल पो रिफर गरिएको रहेछ। मैले अन्य कागजात हेर्दा मेडिकल चेक-अपका लागि एपोईमेन्ट लिने ठाउको ठेगना लेखिएको रहेछ। म सोधिखोजि गर्दै एपोईमेन्ट लिने ठाउमा पुगे। त्यहाँ निकै लामो लाईन ९क्यू० देख्दा एपोईमेन्ट पनि नलिउकि झै भएको थिए। मैले १-२ महिना भित्रमा त मेडिकल चेक-अप होला नि भन्ने आशा गर्दै लाईनमा गई उभिए। मेरो बल्ला-बल्ला पालो आए पछि आई डि कार्ड र डाक्टरले दिएको रिफिरे्नस लेटर काउन्टरमा बुझाएको थिए। मैले केही समय पछि काउन्टरबाट एपोईमेन्ट लेटर प्राप्त गरे। मैले एपोईमेन्ट लेटर हेर्दा त २०१५ साल अगस्त २१  दिनको २स्३० बजे प्रायोरिटि नम्बर-३ पो लेखिएको पाउँदा छक्क परेको थिए। मैले अस्पतालमा मेडिकल चेक-अप गराउनका लागि अझै एक बर्ष भन्दा बढि कुर्नु पर्ने रहेछ। म त्यस पछि एपोईमेन्ट लेटर बोकेर बाहिरिएको थिए। मैले पेनाडोल पनि लिई हालु न त भनि अस्पतालको एक तल्ला माथि रहेको फार्मेसिमा गए। म त्यहाँ पनि केहीबेर क्यू मा बसेर पेनाडोल ��"खति काउन्टरबाट लिई गोजिमा खादे। मलाई हङकङ जस्तो बिकसित देशको अस्पतालको स्थिति देखेर मनमनै कम्ति हाँसो उठेन। हङकङका अस्पतालहरूका डाक्टरहरूले बिदेशिहरूलाई बि-भेदिकरण गरेको हो कि यिनिहरूले पेनाडोल मात्र रिफर गर्न जानेका हुन केही छुट्याउन सकिन। मैले एक दिन भर डाक्टरलाई कुरेर पेनाडोल मेडिकेसन पाएकोमा मनमनै मुसुमुसु हाँस्दै अस्पतालबाट बाहिरिए।

 

तु क्वा वान, हङकङ