शहरमा हल्ला छ

Author : प्रकाश रोदुङ
Published on : December 11, 2008


  
प्रकाश रोदुङ
शहरमा हल्ला छ
अफिमयुद्द बाट जन्मिएको यो कंक्रिटको सहरमा हङग्रायोको भन्दा ठूलो
शहरमा हल्ला छ
कहिले बाबु-छोरी,कहिले सासु-ज्वाईको ईलु-इलु
शहरमा हल्ला छ
नेपाली दाम्पतिले बिदेशी बच्चा उपहार पाएको
शहरमा हल्ला छ
जन्मजयन्तिमा खेलाईने  फुटबल कप,अन्तेष्टिमा पनि नखेलाईएको
शहरमा हल्ला छ
राफल चिठ्ठाको नगत नारायण ज्वाम पारेको
शहरमा हल्ला छ
अन्तराष्ट्रिय साहित्यिक अध्यक्षको फुईया दिदै सदस्य पनि नबोलाईएको
शहरमा हल्ला छ
अराजक कविहरु कविता खोज्दै सडक सडक भौतारिएको
शहरमा हल्ला छ
धनहुनेहरुको लागि मान्छे किन बेच सामान्य भएको
शहरमा हल्ला छ
अरूण सुस्ताउदा दु:खेको घाउ,मंकिहिल र ताईमोशानको बिबिक्युले मलम लागेको
शहरमा हल्ला छ
नेपालीहरुको नाम बेचि श्रीमती,छोराछोरीहरु मेनेजर,सञ्चालक बनाएको
शहरमा हल्ला छ
पत्रकारहरु मुलबाटोमै कुटाई खादा पनि हिड्दा ठेस लागेको भन्ने
शहरमा हल्ला छ
पूर्ण साहित्यिकको हुईया दिने वेभहरु मुखपत्र भई सेल्टरमा टुङ्गिएको
शहरमा हल्ला छ
दरबारका घोडाले बिसे नगर्चि जति सम्मान पाएन भन्ने
शहरमा हल्ला छ
पूर्बेली बाटाहरुको घर पैरो जाने पश्चिमेली दादाहरु कुटाई खाने
शहरमा हल्ला छ
एक पत्रिकाले सेल्फ लेन्डिङ पाई सक्यो,अर्कोले पनि पाउदै छ भन्ने
शहरमा हल्ला छ
यो हल्लै हल्लाको शहरमा तपाई छुट्नु भयो भने माफ गर्नुहोला