गायक भिषण मुकारुङको

Author : मगेन्द्र राई 'भोजपुरे'
Published on : September 21, 2014


  
मगेन्द्र राई 'भोजपुरे'

चन्द्रमुखीको कथा- कलकत्तामा बसोबास गर्ने यौनकर्मी थिईन "चन्द्रमुखी"    उनी चितपुर क्षेत्रका सुन्दरी तथा धनी बेश्या थिईन    पार्बती वा पारुसँ लगनगाँठो कस्न असफल भएर कलकत्तातिर बिक्षिप्त बनेर भौतारिरहेको देबदासलाई चुन्निलालले चन्द्रमुखीको कोठिमा पुर्याएका थिए    तर देबदासले तिनको पेशालाई घृणा र अपमान गर्दै कोठिमै छोडेर उनी निस्किए    तर उनको यस्तो ब्याबहारले चन्द्रमुखी उनीप्रती झन प्रभावित बनिन    पारु प्रतिको एकोहोरो र स्थिर माया देखेर तिनी देबदासलाई प्रेम गर्न थालिन । तिनले देबदासको निम्ति आफ्नो पेशा परित्याग गर्दै आफुलाई बिबाह गर्न मनाउन तर्फ लागिन । उनले त्यो प्रस्ताब प्रती अनिच्छुक हुँदै ईन्कार गरे किनकी उनले सारा जीवन पारुलाई समर्पण गरेका थिए । तैपनी चन्द्रमुखीले जबरजस्ती गरिनन् तर धैर्यताका साथ प्रतीक्षा गरिरहिन । त्यस पछि तिनी "आस्थाझरी" भन्ने ठाउँमा स्थान सरिन र नदिको किनारमा अबस्थित हिलाम्मे घरमा बसेर अरुलाई सहयोग गर्न थालिन । केही समयको सङ्घर्ष पछि तिनको पुन: देबदास भेट भयो, देबदासले सहर्ष स्विकार गरे पछि कथा संयोगान्तमा टुङिन्छ

सन १९१७ मा सरत चन्द्र चटोपाध्याय द्वारा लिखित बंगाली भाषाका उपन्यासका "देबदास" का निर्णायक पात्र चन्द्रमाका जस्तै सुन्दर चेहरा भएका सुन्दरी हुन "चन्द्रमुखी" । श्रृङ्गारिक प्रेम कथामा आधारित चन्द्रमुखी पात्रले साहित्यिक क्षेत्रमा ख्याती प्रशस्त कमाएको कुरा विभिन्न भाषामा १६ वटा फिल्म निर्माणबाट थाहा लाग्दछ ।

हालसालै नेपाली सांगितिक क्षेत्रमा अर्को "चन्द्रमुखी" जन्मिएको छ । १२ बर्ष सम्मको अथक मेहनतको प्रवस बेदना छिचोलेर गायक भिषण मुकारुङले "चन्द्रमुखी" थमाएका छन नेपाली श्रोताहरुलाई । नेपालबाट सातसमुन्द्र छिचोलेर हङकङमा समेत आईपुगेको छ "चन्द्रमुखी" सँग म पनि लहसीसकेको छु ।  यसरी मसँ सल्काई दिने लमिको काम चाहिँ गजलकार बज्र थुलुङ राईले गरेका हुन्

चन्द्रमुखी शिर्षक जति सुन्दर छ, त्यो भित्र रहेको वटा गीतहरु उतिनै शसक्त र कर्णपृय छन । श्रृङ्गार रस नै संसारले सर्वाधिक स्विकारेको र रुचाएको हुनाले यस गीति सङ्ग्रहमा पनि यसैको बाहुल्यता छ, तथापी देश प्रेमको भावनाले ओतप्रोत भएका गीत पनि समाबेश छन ।

पहिलो गीत "चन्द्रमुखी"मा आफ्नो मायालुको प्रसंशा गर्दै मेलोडियस आवाजमा भिषण यसरी फकाउछन मायालुलाई:

ए चन्द्रनुखी, बेदाग चन्द्रमुखी

आउ आज गुनगुनाउ जीवनको गीत

मेरो जीवनको तिमी बिहानी हौ

मेरो शरदको तिमी चादनी हौ

वसन्त फुलहरु मुस्कुराउदा,

मेरो बाघको तिमी मालिक्नी हौ ।

 

सङ्ग्रहको नम्बरमा रहेको साँस्कृतिक झल्काउने बिम्बात्मक  लोक भाकामा बेजोड प्रस्तुती यस्तो छ:

बिनायोमा अल्झिएर चौबन्दिमा सर्न मन लाग्यो

मुर्चुङ्गामा बल्झिएर तिम्रो अधर तर्न मन लाग्यो

पातबाट सरुँ भने शीत पुछिएला

फुलबाट सरुँ भने डाली लुछिएला

शिरबन्दीमा अल्झिएर खाली सिउँदो भर्न मन लाग्यो ।

 

नम्बर मा रहेको शृङ्गारिक भावपूर्ण शब्दहरुले यसरी शालिनता झल्काउदछ:

अधेरिमा जुन फूल्दा माया तिमी पधेरिमा आउ

पाउजु बज्ला काडा बिझ्ला माया खाली खुट्टा नआउ

जुन देख्दा लाज लागे पछ्छौरीले मुहार छेक्नु

काखै माथी शिर राखी साउती मारी बात गर्नु

बतासैले केश चोर्ला माया कोरो कोरि सम्याउनु ।

 

नम्बर मा रहेको गीतले मनको कुरा यसरी साउती मार्छ:

तिमीलाई देखे हास्छ मन हरपल, नदेखे पलपल रुन्छ,

मायालु यो मन तिम्रै बारेमा मिठा कुरा हुन्छ

आजकल त मलाई यस्तै हुन्छ ।

 

एल्बममा रहेको नम्बरको गीतमा बियोगको पीडा यसरी पोखिएका छन:

भुलेर तिमिलाई म हिडेको छैन छैन

गाउमा चलेको त्यो हल्ला साचो हैन हैन

ङ्गीन छन शहर रङ्गीग छन मान्छेहरु

म सँग त छन केबल ती तिम्रा यादहरु

रुवाएर तिमिलाई म हिडेको छैन....

 

नम्बर मा भएको लोक भाकाको गीतले खुशीको अशिना यसरी बर्षाउदछ:

खामा आँखा जुझेकै हो,

खाकामा भाका मिलेकै हो

तर बुझिनव मैले के भयो तिमिलाई

हिड्छेउ नि माया तर्की तर्की

बोल्दा नि बोल्छेउ झर्की झर्की....

 

नम्बर मा रहेको गीतले अहिलेको सामाजिक अबस्थाको चित्रित गर्दै बिसङ्गती,  निरासा,  अस्वस्थ प्रतिस्पर्धालाई यसरी प्रस्तुत भएका छन:

कोहि उदाश, कोहि हतार, भिड यस्तै मान्छेहरुको

सबेरै देखि तछाड मछाड सडकमा आजनी शुरु भो

मैले सोधें के को हतार हो, उसले भन्यो बाटो बिराए  

फेरि उस्तै उ जस्तै अर्कोले भन्यो मैले त साथी माटो गुमाए ।

 

नम्बर मा रहेको बियोगान्त गीतले मन भित्र यसरी सावनको झरी बर्षाउदछ:

पिरतीको डोरि हाम्रो खै कसरी फुक्यो

धुन खोज्छु हिजोका पल झनै मुटु दुख्यो

फुल्दै थियो माया हाम्रो बशन्तको फुलसरी

चर्चा पनि चल्दै थियो बन पाखा गाउँ भरी

लाग्यो क्यारे बैरी आँखा सबै खुशी लुट्यो ।

 

सङ्ग्रहको अन्तिम नवौ गीत देशभक्तिले ओतप्रोत भएर जन्मभूमीको लागि केही गरौं भनेर यसरी आग्रह गरिएको छ:

हामीले नगरे कस्ले गर्ने

अहिले नगरे कहिले गर्ने

तनमन मिलाएर अब हामी उठौं

नेपाली मन बाट नेपाली

फुल फुलाऔं ।

 

शब्द, संगित र स्वरको बिशिस्ट समायोजन युक्त गीति संग्रह नेपाली संगित क्षेत्रमा बिरलै पाईन्छ । त्यो अभाबको खडेरीलाई  भिषणको "चन्द्रमुखी"ले बर्षात गराएको छ । वटा गीतहरुले सजिएको यो सङ्ग्रहले शिर्षकलाई सार्थकता तुल्याएको छ । प्रत्येक गीतहरु बिशिष्टताको धरातलमा उभिएका छन । कुनै पनि गीत आफैमा लोकपृय हुन सक्दैन, भावपूर्ण शब्दहरुलाई संगीतले सिङ्गारे पछि  मात्र त्यस्ले पर्णता पाउदछ । तसर्थ गीतकारले सृष्टि गरेको शब्दरुपी सरिरलाई संगीतकारले जिवनको सास फुकिदिए पछि मात्र गायकले त्यसलाई हिडाउदछ । तसर्थ यो "चद्रमुखी"लाई यति सुन्दर बनाएर हामी स्रोताहरुलाई उपहार चढाउनु हुने गीतकार हरु "बशन्त थाम्सुगाङ, जीवन मुकारुङ, नवीन दाहाल, कुमार बिबाहित, जाङ्बु शेर्पा, प्रभा आचार्य, शुभ मुकारुङ, कुल रुङमाङ र दिनेश वान्तावाहरुलाई वहाँहरुको सृजनशील क्षमतालाई मुक्तकन्ठले प्रसंशा गर्नै पर्दछ । साथै यी शब्दहरुलाई संगीत भरेर कर्णपृय बनाई न्याय दिलाउने सफल संगीतकारहरु- पारस मुकारुङ, महेश खड्का, सुरेश अधिकारी, वसन्त सापकोटा, बलराम समाल, दिनेश वान्तावा र स्वयं गायक भिषण मुकारुङको मेहनतलाई मन, मुटु र मस्तिष्कले नमन गर्नै पर्दछ ।

साथै एरेन्जरहरु "फनिन्द्र राई, महाराज थापा, नुर्बु शेर्पा, गोपाल रसाईली" हरु कार्यलाई त "ईमेज अवार्ड" बाट सन्मानित भैसक्नु भएको छ । २०५९ को पहिलो एल्बम "बिश्वासको बन्धन" ले नै उनले साङ्गितिक क्षेत्रमा हलचल मच्चाई सकेका भिषणको यहाँ निखारिएका उनका समधुर जादुमय आवाजले जो कोहिलाई गहिराईमा डुबाउदछ, खुशीले उछाल्छ, उमङ्गले जोस भरिदिन्छ ।  यो प्रस्तुतिले अझ उचाईमा पुर्याउनेछ उनलाई ।

हङकङ बिशेशत कलाकार तथा श्रष्टाहरुको निम्ति स्वागत युक्त स्थान हो । आपद बिपद पर्दा मनकारी मन र सहयोगी हातहरु स्वतस्फुर्त सलबलाउछन । यहाँ हरेक भेटधाटमा कसै न कसैको पुस्तक तथा गीति एल्बमलाई श्रष्टालाई सम्मान कै निम्ति अनि कतिपय अनुरोधकर्ता मित्रको मन राखीदिन किनिदिएको तर कोठामा पुगेर बिरलै पढेको वा सुन्ने गरेको भनी अधिकांबताउछन । वहाँहरुको एउटै साझा उत्तर छ, पहिलो समयाभाब भएको र दोश्रो "चिनी बढी भएर तितो भएको" ।

तर भिषणको "चन्द्रमुखी"को हकमा भने यो लागू हुनेछैन । तपाईंले खर्चिनु भएको पैसा र समयबाट तपाईहरुले भरपुर आनन्द उठाउन सक्नु हुनेछ । मौनताको कपमा वाईनले भरिदिन्छ "चन्द्रमुखी"ले । तसर्थ यो एल्बम सङ्ग्रहनिय त छ ।

अन्तमा मलाई खलिल जिब्रानलाई सम्झन मन लाग्यो" संगित भाषाको त्यो आत्मा हो, जस्ले जीवनको गुप्तकुरालाई खोतलेर शान्ती भित्राउदै कलहलाई नामेट पार्दछ" । "चद्रमुखी" ले त्यो सामर्थ्य राख्दछ ।

 

श्रष्टाहरुको सम्मान गरौं

भिषणको एल्बम एक चोटि सबैले सुनौं

गीत सङितमा लठ्ठिएर भरपुर आनन्द लिऔं