अब अझै राम्रो हुन्छ Author : बज्र कुमार राई Published on : July 31, 2014 |
||||||
दिमागभित्र, स्वेत चेतानाको हिउँ थुप्रिएर स्पष्ट चोमोलोङ्गमा उभिएको छ त्यही चुचुरोबाट, स्वर्णीम किरण छर्दै मेरो पूर्वीय घाम मेरो यलम्बर आँखाभित्र पसेको छ। अब मैले- म देख्न सक्छु त्यो मभित्र- सदियौंदेखि डढेलो लगाइएका मेरो पूर्खाको उजाड कपाल देख्न सक्छु त्यसैमाथि, सुम्निमाको अद्धितीय आँशुले सिंचित भएर पारुहाङको निस्तेज बल र विवेकले खनिएर,जोतिएर फेरि उम्रिएको मेरो सिंगो प्रकृति र,मेरो देश नेपालम देख्न सक्छु। योबेला म- मेरो कर्तव्यबोधले यहाँको एमटिआर जत्तिकै फिलिली कुदन सक्छु ओसियन पार्क जस्तै डिज्नील्याण्ड जस्तै अचम्मको साक्षात बिकास हुन सक्छु। एकैछिन, रोकिन्न म कुनै अँध्यारोमा स्टारफेरिको सिम्फोनी प्रकाश जस्तै विकासका निम्ति हरक्षण कमिलासरि दौडी रहेका यहाँका श्रमजीवी मान्छेहरु जस्तै यस्तो सम्झनोस्- मभित्र मेरो बुद्धत्व जन्मेको छ, मभित्र मेरो लुम्बिनी पसेको छ, म गतिवान भएको छु, अब अझै राम्रो हुन्छ। |