बलेको आगो

Author : राकेश कार्की
Published on : July 27, 2014


  
राकेश कार्की

बलेको आगो नै ताप्छन् सबै

बलेकोलाई नै च्याप्छन् सबै

 

बखान गरेर ठूल्ठूला अक्षरले

बलेकाकै खबर छाप्छन् सबै

 

बलेकाकै कानमा कुरा भरेर

स्याबासीको धाप खाप्छन् सबै

 

बचेको खुचेको झर्छकि भनि

दुबै हातमुख थाप्छन् सबै

 

फाइदा हुनेतिर जाउँकी भनि

को धेरै बलेको नाप्छन् सबै ।

 

उपाध्यक्ष- अनेसास लस् एन्जेलस् च्याप्टर