युद्ध, साहित्य र समय

Author : गणेश राई
Published on : December 06, 2008


  
गणेश राई
Author
आपस्वारा ��"खलढुङगाको
बहादुर अगमसिं राईको
��"खलढुङ्गा ठूलो छ कि
सिद्धिचरण श्रेष्ठको ��"खलढुङ्गा ठूलो छ ?
बिशेनपुरले भन्ने छ कि कविताले भन्ने छ ?
भिसी भानुभक्त बाजेले हुर्केको फाल्पु गाउा गोर्खा र
स्नोडेन पुर्वको बर्मा एउटै माया होइनन् ।

दाहखानी चितवन गाउा

लछुमन गुरुङ र इरावती नदी किनारको

टाङडाको बहादुरी सम्झनाहरु पनि

एउटै होइनन्..................-द गोर्खाः कवि काङ्गमाङ्ग नरेश)

मात्र लाहुरे बुझेको यद्यपि लाहुरेको खााटी जीवन नबुझेकालाई प्रस्तुत कविताको अन्तबोर्ृध, पात्र बिशेषको महत्व अनि योगदान र स्थानको सम्बोधनीय कारण तथा गहनता प्रतिकात्मक अर्थात अमूर्त लाग्न सक्छ अवश्य । प्रयुक्त विम्वहरु क्लीस्ट लाग्न सक्छन्, एकाध अप्रयुक्त शब्द र वाक्य संरचना या साझा प्रयुक्तता विशेषका कारण । काव्य तेसै पनि अरु जटिल हुन्छ आख्यानभन्दा । तथापि लाहुरे यानेकि गोर्खालीका वास्तविक जीवनसाग पूर्णपरिचित अथवा उनिहरुका कमजोरीको मात्र खोइरो नखनी त्यसभित्र पनि जीवनको घनत्वलाई अर्थात जिन्दगीको ढुकढुकीलाई नजिकबाट अनुभूत गर्न स्वेच्छिक सकियो भने लाहुरे जीवनसाग मारकाट, घृणा, तिरस्कार र क्रूरतामात्र हुादैन । न त उस्को शरीर बारुदी गन्धमात्र गनाउाछ । ऊ भित्र भ्वाइलेनको धुनजस्तो सम्बेदित मन रेटिएको सुन्न सकिन्छ । जून जस्तो शित्तल मानवता छाम्न सकिन्छ । साथै आासुको मायावी दहमा पनि डुव्न सकिन्छ । खााचो केवल लाहुरेलाईभन्दा लाहुरेको जीवनलाई बुझ््ने Åदयको छ । राइफल भिरेको मान्छेलाईभन्दा ऊ भित्रको मान्छेलाई बुझ्न सकियो भने गोर्खालीका जीवन केहीले दावि गरेभन्दा नितान्त पृथक पृष्ठभूमि जोडिएर आउानेछ । जस्ले नौलो र अप्रयुक्त विम्वको प्रयोगका कारण अमूर्त कविता जस्तो लाग्ने कविताको मर्म र भावना अनि सम्प्रेषित सिर्जनाको भेद, पात्र प्रतिको असिम सम्मान र गहन आदर अनि स्थान विशेषलेे कहेको ऐतिहासिक महत्वका गााठीकुरा -गाम्भीर्यता) आदि अमूर्त, बेअर्थ, पराया वा सस्तो नलागी आफ्नो जातिको वीरत्वको आयतन फैलिएको गौरव महसुस गर्छ र श्रद्धाले शीर झुकाउाछ । दुर्भाग्य त्यस्तो परिस्थितिको विकाश हुन नसकेको ययार्यताबाट समय गुजि्ररहेको छ भन्नुभन्दा हामी स्वयम् नै गुजि्ररहेका छौं भन्नु ठीक होला । लाहुरेले खेपेको जीवन वास्तवमा जीवनै होइन भन्ने हेपायति धङधङ िपाली गोर्खालीले भोगेको जीवनको कुनै साहित्यिक गरिमा र सृजना वा पठनकोे विषय बन्न लायक हुादैन भन्ने अभिमान पनि उमे्रको नहोस् आफ्ना अन्तर्भावभित्र । नत्र अगम सिं राईर् र ��"खलढुङ्गाकोमात्र के कुरा फाल्पु र दाहाखानी समेत ��"झेलमा पर्ने थिएनन् भिक्टोरिया क्रस विजेता भानुभक्त गुरुङ्ग र लछुमन गुरुङ्गलगायत दर्जनौ योद्धा ��"झेलमा परे/पारिइए झैं ।

साहित्य किन लेखिन्छ अथवा साहित्य लेखिनुको प्रयोजन के हो ? कस्तो किसिमको सिर्जनाको आवश्यकता छ समाजलाई । समाजको चेतना स्थिति कस्तो छ अथवा सर्जकले सिर्जना गर्ने साहित्यले कस्तो प्रभाव पार्छ समाज याने कि पाठकलाई । साहित्य लेखनले सुसूचित मात्र गर्छ कि परिवर्तन, विकाश र सचेतन पनि गराउाछ समाजलाई । समग्रमा दोहोरो चेतनाले मात्र सिर्जनाको स्तर कायम गर्छ । साहित्य कस्को र केका लागि लेखिदै आइएको छ । जीवनको लागि लेखिनु पर्ने या स्तुतीको निम्ति । साहित्य लेखन केवल लेखनकै निम्ति मात्र या मनोरञ्जनको साधनमात्र अथवा जीवनको लागि नै भनेर लेखिनु पर्ने हो । हालसम्म लेखिएका नेपाली साहित्य लेखनले समाजको खास जनजीवन लेख्यो कि लेखेन । महलको सम्पन्नतामात्र देख्यो कि चुहिएको छानोको बिपन्नता पनि देख्यो । मुल दैलोभित्रको मात्र आफ्नो ठान्यो कि जस्केला बाहिरका पनि आफ्नै रहेको स्वीकार्‍यो । यी सवालहरुका एकमुष्ट जवाफ केवल सर्जकको सृजना क्षेत्र विशेषको अभिरुचि, ऊ बााचेको समाजको परिवेश र चरित्र, उस्को चेतनाले सुम्सुमाउान सक्ने पृथक जीवनको भोगाई प्रतिको सम्मोहन, लेखकिय इमान्दारी अर्थात विषयबस्तुप्रतिको मिहीन ज्ञान आदिमा पनि निर्भर रहन्छ ।

इतिहास बताउाछ, युद्ध भनेको विनाश हो । विध्वंस हो । त्यसले मान्छे मार्छ । समाज मार्छ । संस्कृति, संस्कार र सम्वेदना निमिटयान्न पार्छ । मानवीय प्रेम र सद्भाव केही अछुतो राख्दैन । त्यसो त मान्छेको अहमता पनि ध्वस्त पार्छ युद्धले । निर्माणलाई विनिर्माण पार्छ । अर्थात सुन्दरलाई कुरुप पार्छ । तेसो हुादा-हुादै पनि विनाश भनेको विनाश मात्रै नभै बिकाशको प्रस्थान विन्दु पनि हो । निर्माणको अर्को आयाम हो । सृजनाको आरम्भ समेत हो युद्ध । जसबाट जीवन र जगतलाई बुझ्नको निम्ति चेतनाको अथाह वृतमा नवीन अध्याय थपिन्छ । निर्माण पछिको बिनिर्माण अनि पुनर्निर्माणले नौलोपन पनि थप्छ । साथै सृजनाको सघनतालाई अरु आयामिक बनाउाछ । यो यौटा नचाहदा नचाहदै अस्वीकृत हुादा-हुादै पनि जवरजस्त स्वीकार्न बाध्य हुनपर्ने अस्वाभाविक जस्तो लाग्ने स्वाभाविक प्रकि्रया हो । युद्धको विध्वंस पछि विनिर्मित जग टेकेर निर्माणको प्रारुपले कााचुली फेर्छ । नयाा बिचार, चेतना र प्र्रविधिको प्रादुर्भाव हुन्छ । त्यसो भन्दैमा परिवर्तन अथवा निर्माणको लागि युुद्ध अनिवार्य छ भन्ने चाहिँ होइन । तथापि, युद्धको प्रसङ्ग उठ्दा युद्ध भयंकर विनासकारी निश्चित हुन्छ नै यद्यपि अंध्यारो बीच झलमल्ल बत्ति बाल्न नसके पनि मैन बत्तिसम्म त बलोस् न कम्तीमा धिपधिप नै सही उज्यालोेको आभास त हुन्छ भने जस्तै हो ।

युद्धको बिराट विभीषिका खेपेर ध्वस्त संरचना याने कि ग्राउण्ड जिरोबाट पुनःनिर्मित बिश्व हाम्रो सामु तनक्क तन्केको छ यति बेला सृजनाको बुई चढ््््दै । र जीवनले जीवनकै निम्ति जीवन हुनुको सन्दर्भमा भोग्न नसुहाउाने जीवन भोगेर मृत्युलाई पनि झुक्याउन सक्ने जीवनृले मृत्यु त्रासदीका भोगाईलाई विम्बात्मक माध्यम द्वारा शिल्प र शैलीको निस्सिमतालाई अरु बृहत् र बिस्तृत बनाउने काम गरेको छ । तीनै जीवनका युद्ध भोगाईलाई योद्धा स्वयम्ले या तिन्का मार्मिक भोगाईलाई उन्कै बोली टिपेर अन्य कसैले लेख, निबन्ध, उपन्यास, कथा, कविता, सस्मरण, डायरी आदि बिधामा साहित्य सृजना गरी व्यापक पारिएको छ । जो पश्चिमी साहित्यमा अत्यन्तै सम्मानित र आदरभावका साथ स्थापित छ । योद्धाले युद्ध भोगाईको त्रास र तीक्ततापूर्ण आफ्नो जीवन कथा लेखेर अरुसाग बाँडचुड मात्र नगरी बिश्व साहित्यमा युद्ध साहित्यलाई अभिन्नका अतिरिक्त पृथक स्थान सुरक्षित गर्न समेत अहम भूभिका निभाएका छन् । कर्ता आफैले सृजना गर्नु र निमित्तद्वारा सिर्जना गरिनुमा सर्जकको इमान्दारीले ठूलो महत्व राख्छ । अरुको भोगाईलाई शव्दद्वारा फिलिङ्गस/क्लाइमेक्स वा जिवन्त तुल्याउनु भनेको चानचुने कुरो होइन । सर्जकले पात्रकै नियति भोग्न पर्ने हुन्छ लेखन अवधि भरी । द्रस्टाले स्रष्टाकै भावनाबाट गुजि्र्रन पर्ने हुन्छ । उस्कै जीवनको प्रतिजीवन खाप्नु पर्ने हुन्छ । साहित्यले यसै भन्छ ।

बिश्व साहित्यमा युद्ध साहित्यको घनीभून उपस्थिति र गरिमामय स्थान हुादा-हुादै पनि नेपाली साहित्य भने बाझै -लगभग शुन्य) छ भन्नु अतिशयोक्ति नहोला भन्छु । युद्ध अनुभव र सहभागिताको आधार केलाउने हो भने बिश्वका अन्य देशभन्दा हामी पछि छैनौं । हाराहारी नै छौं । यद्यपि, नेपाली साहित्यले युद्ध लेखनको अति नै महन्वपूर्ण कालखण्ड गुमाउन परेको तितो यथार्थ पनि हामीसाग छ । युद्धले जन्माएका नामुद लेखक/साहित्यकारका कृति जस्ता ��"जिला कृतिहरु नेपाली साहित्यले पनि पाउने समानान्तर हैसियत राख्थ्यो । दुर्भाग्य, समग्रमा नेपाली समाजको तात्कालिक चेतना, योद्धा स्वयम्को न्युन या शून्य शैक्षिक स्थिति जस्को कारण युद्ध खेपाईका भीषण अनुभूतिका कहालि लाग्दो तथ्य कथ्य लिपिबद्ध हुन नसकी केवल जनश्रुति या आफैभित्रमात्र बाध्यताबस सीमित रहनु पर्‍यो साथै तत्कालीन लेखक साहित्यकारका समाजलाई हेर्ने दृष्टिकोण/युद्ध साहित्यप्रति तिन्को अरुचि, अनिच्छा या अनभिग्यता आदि जस्ता कारणले पहिलो, दोस्रो लगायत ती भन्दा अझ अगाडिका र अन्य महत्वपूर्ण युद्धको टिपोट अर्थात साहित्य लेखिन सकेन । त्यो अपुरणीय क्षतिप्रति चुक-चुकाउनुको विकल्प आज हामीसाग छैन । सायद आफ्नो जीवन, समाज, वर्गभित्र मात्र साहित्य देखिनु र लेखिनुका कारण वर्तमान परिस्थितिको निर्माण हामी आफैले पो गर्‍यौं कि

Û अथवा युद्ध भनेको मार-काट, ध्वंस-बिध्वंस, विनास मात्र हो । त्यसमा साहित्य नै हुादैन भन्ने जडता हुर्कायौं कि Û युद्ध साहित्य लेखिने बिषय नै होइन भन्ने पनि लाग्यो होला । अन्यथा नेपाली साहित्य पश्चिमा साहित्यभन्दा कुनै हालतमा पनि कम हुने थिएन अनुभव, संलग्नता, वीरता, क्षति, पारिवारिक बिछोड र पीडा, कष्ट अनि क्रन्दन आदिको आधारमा पनि ।

पश्चिमा साहित्यले साहित्यिकवादको अनेक जघाार तर्दै उत्तर आधुनिकताको बिगुल फुकेर पुरातन, स्तुतिगान र संकिर्णताको साहित्यिक परिवेशभन्दा पर अर्को साहित्यिक क्षितिज नभएको ठान्ने वा समयानुकुल परिवर्तन, परिमार्जन र प्रयोग नरुचाउने यथास्थितिवादीहरुलाई व्युझाउादा मात्र झस्कदै गोहो पच्छयाउान विवश जस्तो देखिदै छ सायद हाम्रो साहित्य । हुन पनि वास्तविकता कस्तो छ भने नेपालभित्र पनि काठमाण्डौंको केन्द्रीयताको चश्मा पहिरिएका साहित्यकारले नेपालको भूगोलभित्र बग्ने मेची र कालीको सृजनालाई मोफसल ठान्छ भने गोर्खाको नाममा अर्काका निम्ति युद्ध लडेकाका जीवनलाई नेपाली मान्न तयार होला कि नहोला भन्ने धमिलो सोच हिजो थियो र आज पनि एकाधको सोच झण्डै समान छ । अब केन्द्रीयता या मुलधारको खोजि गनर्ुु, त्यसैको जुवा मुनि सबैलाई नार्ने दुस्वप्न देख्नुको कुनै अर्थ छैन । सर्जकले आफ्नो सृजनालाई कथित मुलधार या केन्द्रीयता खोज्दै त्यसभित्र समाहित गराउने चाहना पाल्नु हुादैन अब । प्रत्येक सृजनाको आफ्नो छुट्टै अस्तित्व हुन्छ । महत्व हुन्छ । र जीवनका निम्ति जीवन कुदेका सृजनाले आफ्नो गोरेटो आफै तय गरी हिाड्छ । कसैको डोब पच्छयाउादै अघि बढ्न आवश्यक ठान्दैन अब सर्जक र सृजनाले भन्ने मान्यता राख्नु लाग्छ अर्घेलो नठहरिन पर्ने हो भन्छु ।

२०४६ पछि र अझ मा��"वादी जनयुद्ध पश्चातको स्थिति अलिकति फरक छ । म नै सब थोक हुा भन्ने केन्द्रीकृत सामाजिक मान्यतालाई बिस्तारै तर निरन्तर छाास्ने काम यस कालखण्डमा भयो । समाज संघर्षका भोगाईहरु, दोहोरो चेपुवामा परेकाका अन्तर्मनका अनन्त बेदनाहरु र जीवनले खेपेको युद्धका विकट अनुभूतिहरुलाई साहित्यिक धरातलमा अवतरित गराइयो यस कालखण्डमा । जुन कार्यले युद्ध साहित्यको दायरालाई फराकिलो बनाउन मलजल गर्‍यो । युद्ध साहित्यप्रति समाजको अभिरुचि जगायो । र युद्ध साहित्यलाई मस्तिष्कले भन्दा

Åदयले अनुभूत गरिनु पर्छ भन्ने महत्वपूर्ण चेतनाको बिकास गरायो । जस्को कारण युद्ध साहित्य स्वैर कल्पनाबाट यथार्थको लेखनतिर हाम फाल्न बाध्य भयो । अन्यथा नेपाली साहित्य अति सीमित युद्ध साहित्यबाट गुजि्रएको स्थिति थियो । जस्को सृष्टि मानसिक र शारीरिक सन्त्रास भोगी मृत्युसाग लाप्पा खेल्दै नभै कल्पनामा उड्दै भएको थियो बिगतमा ।

वीर लडाकु भनेर बिश्व इतिहासमा लेखियो/चिनाइयो नेपाली जातिलाई । तर वीरत्व लडेको साहित्य लेखिएन । पात्रहरु बहादुर भनेर चिनिए । तर बहादुरीको कथा लेखिएन । पात्रहरुले खेपेको मर्मस्पर्शी जीवनको सम्वेदित सम्वेदनाहरु उनिहरुको जीवनसागै अर्थहीन अन्त्य भए गुमनाम । लेखिएका भए ती साहित्यको मोनालिसा ठहरिने थिए । हाम्रो आफ्नै साहित्यिक क्षितिज र चेतनाको वृत तन्किने थियो । त्यसैपनि इतिहास पढ्नु र साहित्य पढ्नु उस्ता उस्तै बिषय होइनन् ।

समय सन्दर्भका दृष्टिले आज हामी फेरारी कार जस्तो समयको कााटामा उनिएका छौं । आज नेपाल मात्र नेपाली साहित्यको कथित केन्द्र होइन र हुन सक्तैन पनि । न त हिजो नै थियो । मेची पारीका सृष्टीका सृजनाको महन्व व्यापक छ नेपाली साहित्यमा । नेपालीहरु जहाा जहाा पुगेर जीवन खोजिरहेका छन् । तिनले जीवन खोजाईका भोगाईलाई, देश दुख्नुको पीडालाई लेखिरहेका छन् । जसले नेपाली साहित्य अरु उर्वर बनाउने छ, बनाइरहेछ । बिदेशबाट लेखिने साहित्यलाई आज डायस्पोरिक साहित्य बनाइँदैछ । डायस्पोरिक साहित्य भन्नुभन्दा डायस्पोरामा रहेर सृजना गरिएको नेपाली साहित्य भन्नु उचित होला भन्छु ।

हरियो पर्खालभित्र असिनपसिन निस्सासिदै पनि बर्दीभित्रको मन निचोर्दैर् स्र्रष्टाहरुले आफ्नो जीवन लेख्न थाल्नु निश्चयनै शुभ सङकेत हो भोलीका पिढिलाई । नत्र इराक र अफगानिस्थानका मरुभूमि भोगाईका क्रन्दनहरु हामीले प्रथम र दोस्रो बिश्व युद्धका सन्त्रासमय अनुभूतिको लेखनिय रिक्तता जस्तै समयको गर्तमा मौन शून्यतामा पश्चाताप गर्नुको विकल्प रहने छैन भोलि पनि । आज नेपाली साहित्यभित्र बर्मा, मलाया र बोर्नियोको घना जङ्गलबीच एम्बुसमा परेर चुडिएको जीवनको कथा छैन । मेसोपोटेमिया, क्यासिनो र ग्यालिपोलिको युद्ध मैदानमा जिन्दगी अन्त्य भएको जीवनको कथा छैन । जापान र जर्मनले आफ्नो जीवनरेखा -भविष्य) छिनाइदिएको सिम्माहरुका बिछोड र बियोगका दर्ननाक कथा पनि छैन । रिक्ततामा जीवन बााच्नु लक्ष्यहीन भुवा जस्तै हलुङ्गो बतासिनु हो । जो स्वीकार्य छैन योद्धा जीवनलाई । अरुको जीवन नखोस्र्रे पनि आफ्नो चाहिँ बााकि नराखौं भन्ने मेरो विशेष आग्रह राइफल सिउारेका स्रस्टाहरुलाई भन्दै बिट माराे युवाकवि नवराज राईको कविता कृति बर्दीभित्रको मनभित्रको म हतियार उठाउाने मान्छे कवितांशबाट अहिलेलाई.............

होइन, यी मान्छेहरुलाई थाहा छैन शायद

बर्दी भित्र पनि मनहरु हुन्छन् भनेर.....

हो साथी,

बन्दुकको यो मोहरीबाट आजसम्म

कुनै परेवा जोडि मारिएन

कुनै चखेवाचखेवी पनि मारिएन

तर पनि म

धावा, घृणा र तिरस्कारबाट

अछुतो रहनै सकिना.............।.-म हतियार उठाउाने मान्छे, कवि नवराज राई)

इस्टहाम लण्डन