गजल

Author : धर्मेन्द्र तिम्सिना 'क्षितिज'
Published on : July 14, 2014


  
धर्मेन्द्र तिम्सिना 'क्षितिज'

वाइपंखी त्यो घोडाको कथा काल्पनिक हो

जाडो खाने बोकाको कथा काल्पनिक हो ।

 

अमृत खाएर अमर भएको भनी लेखिएको

देवि अनि  देवताको कथा काल्पनिक हो ।

 

बीस राखेर घाँटीमा निलकण्ठ कहलिएका 

शंकर बमबम भोलाको कथा काल्पनिक हो ।

 

जात पात छुट्याएर सानो अनि ठूलो ठान्ने

उँच  निच र  छोटाको  कथा  काल्पनिक हो ।

 

मरेपछी के हुन्छ ? कस्लाइ पो थाहा छ र

स्वर्ग नर्कको कथाको कथा काल्पनिक हो ।

 

अमेरिका