गजल

Author : सावारा लिम्बु
Published on : July 01, 2014


  
सावारा लिम्बु
      

गजल (१)

 

खोजेनौ भने पुर्खाको ईतिहास बंस नामेट हुन्छ

भुमिपुत्रहरुले भूमिको रक्षा नगरे अंस नामेट हुन्छ ।

 

घमण्डी पापी भएर अभिस्ट पुरा गर्ने षडयन्त्रकारी

त्रिलोकमा आश्रय खोजे पनि कंस नामेट हुन्छ ।

 

टेरेसा बुद्ध महागुरुको दिप मार्ग अनुसरण नगरे

स्वर्गको रात्री स्वप्न नदेख नर्कमै हंस नममेत हुन्छ ।

 

मानिसले मानबिय परिधि नागेर जलाई रहदा सृस्टी

बिस्वास नगरौ अमल पतापान मंस नामेट हुन्छ ।

 

खोजेनौ भने पुर्खाको ईतिहास बंस नामेट हुन्छ

भुमिपुत्रहरुले भूमिको रक्षा नगरे अंस नामेट हुन्छ ।

 

 

 

गजल (२)

 

गोलि ठोक्ने धेरै भयो पानि दिने छैन यहाँ

भोक प्यासले मुर्छा पर्दा जानी दिने छैन यहाँ ।

 

मान्छेले मान्छे मार्दै खान थाल्दा भूगोल भित्र

दया माया र करुणाको नानि दिने छैन यहाँ ।

 

स्वार्थी यो दुनियामा हार गुहार गर्दा पनि

सत्य ब्यथा निमुखाको मानि दिने छैन यहाँ ।

 

बिदेशीको डलर थाप्न संघ संस्था देखिए नि

तनमन धनको यथार्तता खानि दिने छैन यहाँ ।

 

गोलि ठोक्ने धेरै भयो पानि दिने छैन यहाँ

भोक प्यासले मुर्छा पर्दा जानी दिने छैन यहाँ ।

 

 

गजल (३) "धान रोप्ने बेलामा"

 

धान रोप्ने बेलामा बारी खेतको याद आयो

तिमी रोपार म बाउसे टारी खेतको याद आयो ।

 

हलो जुवा कोदालो मुशल धारे पानीमा

माले झुले जोतेको पारी खेतको याद आयो ।

 

साल्बोटे आरुबोटे कातिके र सुन्तले

आली र ऐचिला घारी खेतको याद आयो ।

 

धान रोप्ने बेलामा बारी खेतको याद आयो

तिमी रोपार म बाउसे टारी खेतको याद आयो ।

 

 

पाँचथर नागी ५