'क्याफे वान'

Author : जीवन देवान 'गाउँले'
Published on : June 18, 2014


  
जीवन देवान 'गाउँले'

नेपाली सांस्कृतिक धमका २००८’-को मैझारो कार्यक्रम क्याफे वानमा हुदैछ भन्ने खवर पाए पछि हामी तीन जना त्यता तिर हान्नियौं । म देवुलाई पछ्याउदै थिए भने सोम मलाई । क्याफे वानको दोस्रो तलामै गेट पाले बसेको रहेछ, उनले हामीलाई पास मागे । हामीले आयोजक मध्ये एक जनाको नाम बतायौं तर आर.एम. ५० नतिरी तिनले धर दिएनन् । जीऊ जनंङ्गी आर.एम. ५० तिरेर अर्को तला उक्लिदा आनन्द कार्की गाउदै थिए,-‘लाग्छ मन हेरीरहु एकनाश तिमीलाई । कार्यक्रम शुरु भैसकेको रहेछ । हामी तीनजना एउटा कुनामा उभिएर माहौल अवलोकन गर्यौ ।

मलाई कार्यक्रम स्थलको वातावरण देख्दा कुनै रात्री क्लवमा पसे जस्तो लाग्यो । त्यसैले सँगैको साथीलाई भने,-‘देवु ! के हो यार, डिस्को जस्तो छ नी ?’

डिस्को त हो नी ।उसले मेरो अनुमानलाई पक्का बनाई दिदै भन्यो,-‘कतै खाली छ कि ! एउटा टेवल खोजेर बसौं ।

हामी खाली टेबल खोज्न दर्शकहरूको भिडमा घुस्रियौं । भिडमा जिन्स फुटाउला जस्तो तिख्रा हापपैण्ट र मिनीस्कटले छोपेका केटीहरू यताउता गरि रहेका थिए । तिनीहरूले बोल्ने गरेका भाषाले गर्दा लाग्थ्यो,–‘ति केटीहरू नेपाली हैनन् । एउटा खाली टेवलको वरीपरी रहेका तीनवटा खाली कुर्सी (वार चियर) मध्ये एउटामा बस्दै मैले भनें,-‘यहा पनि डिस्को छ भन्ने मलाई थाहा थिएन । वीच क्लव जस्तो महंगो छैन ।मारवोलो लाईट ओठमा च्याप्दै सोमले भन्यो,–‘तँ पनि माइण्ड वास गर्न यही डिस्कोमा आए हुन्छ । म वीच क्लव जाने गरेको सोमले पत्तो पायो कि क्या हो ?’ मनमा चिसो पस्यो । सकभर आफ्ना सहकर्मीहरूले यस्तो कसैले पनि यस्तो कुरोको सुईको नपाउन भनेर म डिस्को तिर प्रयः एक्लै छिर्थे । यति होसियारी अपनाउदा पनि कुरो कहाँबाट खुस्क्यो ? मलाई देवु माथि शंका लाग्यो किनभने बढी टेन्सन हुँदा फ्रेस हुनलाई म वीच क्लव जान्छु भनेर देवुलाई मात्र खुसुक्क सुनाएको थिए । कसैलाई नभन्ने सर्त राख्दा उसले पनि कसम खाएको थियो । हामी दुई भाई बाहेक यो कुरो अन्त जाँदैन भन्नेमा म ढुक्क थिए तर देवुले सोमसम्म पुर्याई छाडेछ । यो जमनामा कसमले पीर्छ भन्नेमा देवु मात्र हैन मलाई पनि विश्वास छैन । तैपनि देवुले मेरो गोपनियता अरुसँग खोल्दैन भन्नेमा थप ढुक्क हुनलाई मैले कसम खुवाएको थिए । नपीर्ने भए पछि कसम तोड्न देवुलाई कुनै सकस भएन तर पीर्दैन भन्दैमा मनमा कुरो राख्न नसक्ने सोमलाई किन भन्नु ? मलाई कनसीरी तातिएर आयो र देवु पट्टी फर्किदै नजर संवाद गरे,–‘सुनाईस हो ?’

हैन, हैनभन्दै चुरोट झोस्न देवुले लाईटर बाल्यो । त्यही लाईटरको उज्यालोमा उसको अनुहार पढेर मैले बुझें,-‘उ पानी माथीको ओभानो हुन खोज्दैछ ।मैले मनमनै तर देवुले बुझ्ने गरी भने,–‘पख तँलाई !तर मेरो धम्कीलाई उसले चुरोटको धुवामा मिलाएर उडाई दियो ।

मञ्चमा दिलिप रायमाझी र झरना थापाको प्रवेश भयो । ति जोडीसँग कम्मर मर्काउन दर्शकहरू मञ्चमा झुम्मिन थालेपछि काउन्टर पट्टिको भिड अलि पातलियो ।

सरीफा !हात उठाएर सोम करायो । काउन्टरनिर उभिएकी एउटी केटी हामीपट्टी फर्किएर हात हल्लाउदै मस्कुराई । सोमले संकेत दियो,–‘यता आऊ !

केटी सरासर हामी भए तिर आएर सोमलाई अंगालो हाल्दै बोली,-‘हाई डार्लिङ्ग !

तिमी के पिउँछौ ?’ सोमले केटीलाई सोध्यो । लागेको थियो त्यो प्रश्न केटीले गर्ली तर उल्टो सोधे पछि मलाई रन्को छुट्यो र भने,–‘तेरो बोजुलाई मात्र सोध्छस् ? के हामी चाही नपिउनु ?’

केही बेर सोचे जस्तो गर्दै केटीले भनी,–‘जुस ।सोमले केटीको नितम्ब मुसार्दै अर्डर गर्यो,-‘जाऊ तिम्रो लागि जुस र हाम्रो लागि वियर लिएर आऊ !

केटी गई । फर्किएर आउछे भन्ने थाहा हुदाहुदै पनि मेरो नजरले उनलाई काउन्टर सम्म पुर्यायो ।

कस्तो लाग्यो त यताको माल ? प्वाँट छे नी हैन ?’ देवुले मेरो दृष्टी मोड्यो ।

तेरोपनि मनको बुचो खुकुलो रैछ ।देवुलाई चेतावनी दिएँ,-‘आईन्दा कसैको विश्वास गरिदैन ।

एकजग वियर, एककप जुस, तीनवटा गिलास अडिएको ट्रे टेवलमा राख्दै केटीले सोमको हातमा विल थमाई दिई। सोमले विल देवुपट्टी सार्यो र केटीलाई वियर सर्व गर्न लगायो । त्यहीबेला मैले केटीलाई राम्ररी नियाले । उनले छात्तिको अलिकति उठेको भागमा क्ब्च्क्ष्ँब् लेखेको नेमप्लेट खिलेकी थिई । देवुले विल र पैसा केटीको हातमा राखिदिदै आग्रह गर्र्यो,‘आउँदा आईस पनि ल्याउनु !

वियर चिसो छ ।सोमले आईस किन चाहियो ?’ भन्न खोज्यो ।

के मैले तातो छ भने ?’ देवु अलि देब्रियो ।

अनि केलाई चाहियो आईस ?’ मैले जान्न चाहें ।

मान्छे चिस्याउन ।

बल्ल थाहा भयो, देवुले मेरै रिसको खिल्ली उडाउन खोजेको रैछ ।

एकैछिनमा सरीफा आईस लिएर आई । हामी चारैजनाले चियर्स गर्न गिलास उठायौं । चिसो वियरले घाँटी भिजाउदै गर्दा दर्शकहरु जीवन शर्मालाई फुम्र्याउदै थिए,,-‘झरनाको चिसो पानी ।

वियरको पहिलो घुट्को निल्ने वितिकै म बोलें,-‘देवु क्याफे वानमा कार्यक्रम गर्न मिल्ने किसिमको हल कहाँ छ ?’

कार्यक्रम हल सोध्नुको कारण केही समय अगाडि क्याफे वानको हलमा मलेसियामा रहेका नेपाली ब्यापरीहरूले संयुक्त रुपमा राजदुतको स्वागत गरे भन्ने सुनेको थिएँ । मेरो सवाल देवुलाई हो तर बढो बाठो भएर सोमले प्याच्च भन्यो,–‘यही त हो नी ।

राजदुतको स्वागत डिस्कोमा ?’ मैले अचम्म मानें ।

यही नै हो तर विल्कुल फरक वातावरणमा ।देवुले सरीफ पट्टी ईङ्गित गर्दै भन्यो,-‘यस्ता पुतलीहरूलाई प्रवेश थिएन, उ त्यो पेय पदार्थ बिक्री गर्ने काउन्टरलाई बन्द गरीएको थियो अर्थात साँचो अर्थमा भन्नु पर्दा डिनर सहित सम्पन्न भएको राजदुतको स्वागत कार्यक्रममा नेपाली पन झल्किएको थियो । मतलव डिस्को हो भन्ने कुनै अनुभुती हुँदैनथ्यो ?’ म स्पष्ट हुन खोज्दै थिए ।विल्कुल !देवुले अरु प्रष्ट बनाउन खोज्यो,–‘क्याफे वान मेनेज्मेण्टसँग समय किने पछि हलको वातावरण आफुले चाहे जस्तो ब्यवस्थापन गरी दिन्छ ।

थप्ने हैन ?’ सोमले रित्तो गिलास देखाउदै भन्यो,–‘एक गिलासले त तिर्खा पनि मरेन ।

मगाए भो नी !सोम हतारिएको देखेर देवुले भन्यो,–‘तेरो चालमाल हेर्दा त निकै तिर्खाएको जस्तो छस् !

आफु वार चियरमा बसेर सोमले सरीफालाई आफुपट्टी खिचेर राखेको थियो । सरीफाले पनि सोमको काखलाई बैठक बनाएकी थिई । एउटी जिवीत गुडियासँग खेलिरहेको सोमको हात साच्चिकै हतारिरहेको देखिन्थ्यो । कहिले कुमको भञ्ज्याङ्गबाट ओह्रालो झर्न खोज्थ्यो त कहिले काखी मुन्तीरको खोँचबाट उकालो चढ्न । मानौः उ शरीरलाई बृक्ष सम्झेर फल लागेको दुईदाना सरीफा टिप्न धावा गर्दैछ । त्यो देखेर मैलेपनि कुरो थपे,-‘यसलाई लागेको प्यास वियरको कम, बढी अरु नै हुनुपर्छ !

मलाई पनि त्यस्तै लाग्दैछ ।देवुले अझ कुरो थप्यो,-‘बेसर्मीको पनि हद हुन्छ !

त्यस्तो केही हैन ।सरीफाको शरीरबाट हात अलग्याउदै सोमले भन्यो,–‘लामो समय वियर नपिएकोले खरीएर होला आँत हरहर भएर आयो ।

त्यही भएर तेरो हात सरीफा लुछ्न झुत्तिएको होला ?’ देवुले मौकामा चौका मार्र्यो,–‘रस निकै भएजस्तो देख्दै पोटिलो छ, निचोरे हुन्छ, बरु हामी आँखा छोपौंला ।

सरीफा उच्चारण हुँदा सरीफाले देवुलाई पुलुक्क हेरेकी थिई । हुनसक्छ देवुले उनलाई बोलाएको हो भन्ने ठानी तर देवुले उनको हेराई वेवास्ता गर्दै बोलिरहेपछि मेरो कुरा गरि खाएका होलान् भन्ने सम्म बुझी की ! त्यही भएर ओठ लेब्राई. दिई ।

हाम्रो भाषा बुझ्दीन भनेर मनपरी नबोलन यार !सोमले माया देखाउन सरीफाको गालामा चुप्पा गर्र्यो,–‘विचरी !अनि प्यारले भन्यो,-‘फेरी एकजग वियर लिएर आऊ !

सरीफाले देब्रेहातमा जुसको रितो प्याला लिई, दाहिने हातको मुठी कसी अनि चोर औला फुत्त निकाली र जुसको प्याला छुदै ठाडो पारी,-‘डार्लिङ्ग ! मेरो लागि पनि जुस ल्याऊ ?’

हुन्छ ।भन्ने सोमको अनुमती पश्चात सरीफा सोमको शरीरमा एकछिन लाडिई र काउन्टर तिर लम्किदै नखरा पारी,-‘थ्याङक्यू !

नखरमाउली ! मलाई त वास्तै गर्दिन ।सरीफासँगको गुनासो देवुले हामीलाई पोख्यो,–‘यो (सोमलाई ताकेर) सँग आउदा मेरो पैसाको जुस खान्छे र यसलाई अंगालो हालेर भुक्तान गर्छे ।

के तँलाई चाही सरीफा नै चाहियो ?’ फेरी अर्को जग आउने भएपछि रहलपहल वियर तुक्र्याउदै मैले भने,-‘यत्रो डिस्कोमा अरु केटी भेटिनस् ?’

डिस्कोमा पसेर चौबाटोको सालिक झै बस्छन साथीहरू !सोमले मौकामै पालोको पैचो तिर्र्यो,–‘मन गरेर मात्र हुन्छ ? केटी पट्याउन त कि हुन पर्र्यो हा कि हुन पर्र्यो ही ।

भो भो फु्र्ती नलगा !सोम र मैले हाँसेर उसको सरीफपनलाई हावामा उडाई दिन खोजे पछि उ झन बिच्कियो,–‘म तिमेरु जस्तो गुन्द्रुकको झोलमा जात फाल्दिन ।

ट्रे मा वियर, आफ्नो लागि जुस लिएर सरीफा आई र पहिला झै विल सोमको हातमा थमाई दिई अनि फटाफट वियर सर्व गर्न थाली । यस पटकको विल सोमले म पट्टी सार्र्यो । आफुसँग भएको बजेटले विल भर्न पुग्छपुग्दैन भनेर तिर्नु पर्ने रकम नियाल्दै मैले दाहिने हातको पञ्जा पैण्टको पिछाडी खल्तीमा घुसारे । त्यहीबेला शरीर भन्दा केही बढी क्षेत्रफल ओगटेको मेरो कुहिनोलाई कसैको धक्काले झट्कारी दियो । झण्ट फर्किएर हेरे । सरीभन्दै एउटी केटी भिडमा हराउदै थिई ।

लुज !अचानक मुखबाट फुत्त निस्कियो तर मेरो आवज केटी सम्म पुग्न सकेन । त्यो केटीमा बोली र जीउडाल काटीकुटी लुजकै थिई । हैन, म यकिनका साथ भन्न सक्छु त्यो त्यही लुज थिई जो करिव डेढबर्ष अघि एकाएक सम्पर्क बिच्छेद भएर हराएकी थिई । यही क्याफे वानको ग्राउण्ड फ्लोरमा कफी पिएर हामी छुट्एिका थियौं । त्यतिबेला कफी पिउँदै उनले आफ्नो विलौना पोखेकी थिई । फिलिपिन्सको ब्याडमा नेपालीको बेर्ना हुर्कीदै गरेको भेद खोलेकी थिई र रुदै भनेकी थिई,–‘यामले मेरो यो हाल बनाएर मलाई धोको दियो ।

कति महिनाको भो ?’ गर्भ बसेको थाहा पाएपछि मैले सोधेको थिएँ । उनले हिक्का छुटाउदै भनेकी थिई,–‘छ हप्ता ।

यो कुरा यामलाई थाहा छ ?’ मैले गर्भको हकदार भनाउदोको विचार जान्न खोजेको थिएँ,-‘उ के भन्छ ?’

थाहा छ, त्यही भएर आजकाल उ म सँग कुरो गर्न चाहदैन, फोन पनि गर्दैन, मैले फोन गर्दा विजी छुमात्र भन्छ, दुईचार दिन भो मेरो कल रिसिभ गर्न पनि छाडेको छ ।लुजले आँखा चिम्म पार्दा आँशु बररर झरिरहेको थियो र उनी मुस्किलले बोलीरहेकी थिई,–‘रिसिभ गरीहाले पनि मैले बोल्न नपाई भन्छ,–बच्चा फालिदे ! बच्चा फालिदे !भन्ने वाक्य सिधै गएर मेरो मनको दहमा चप्लंङ्ग थेचारियो र छचल्किएको पानी थाहै नपाई दुवै आँखाबाट तप्प खस्यो । मेरो आँशुले एउटी नारी हृदयलाई साथ दिन खोजिरहेको थियो भने सोचाईले फिलिपिना केटीभन्ने बर्गियतालाई भुलिरहेको थियो । त्यो अवस्थामा मैले एउटै मात्र कुरो ख्याल गर्न खोजिरहेको थिए,-‘अलग अलग राष्ट्रीयता भएकाहरूको जिउने प्रकृया भिन्न होला तर जीवन एउटै हो ।

जसरी हुन्छ मलाई यामसँग भेट गराई देऊ !उनले सहायता मागिरहेकी थिई,–‘प्लिज एकपटक भेट्न चाहन्छु ।

आँखाको पानी पोखिएर भिजेको अनुहारलाई टिस्यू पेपरले फुको बनाउदै मैले वचन दिएको थिएँ,–‘लुज ! पीर नगर, म तिम्रो साथ छु ।

त्यस दिन मेरो सहानुभुतीमा अलिकती बोझ बिसाउन पाउँदा उनी थोरै हुलंङ्गो भए जस्ती देखिएकी थिई । उनलाई पारेको पीडाको सानो हिस्साको अंसियार हुन पाउदा मलाई पनि सन्तोष लागिरहेको थियो । दिनभर आत्मियता साटेर छुट्टिएका हामी फेरी कहिल्यै भेट्न सकेका थिएनौ र त्यो भेट नै हाम्रो आखिरी भेट हुदै गईरहेको थियो ।

के भो ?’ गोजीबाट पर्स निकालेर एकोहोरो म घोरीएको देखेर सोमले झस्कायो,–‘पैसा छैन हो ?’

विल सहित आर.एम.१०० को नोट हातमा राखीदिदै सरीफाको कानैमा मुख जोडेर मैले सोधे,-‘यहाँ लुजनाम गरेकी कोही केटी आउछे ?’

थ्भ्क्सरीफाले टाउको हल्लाई । मैले अनुरोध गरे,-‘सक्छौ भने लुजलाई पनि लिएर आऊ !

ओकेभनेर हिडेकी सरीफा बेर गरेर आई र आफुले ल्याएकी साथीलाई हामीसँग परिचय गराई,–‘उनको नाम लुज हो ।

डिस्को भित्रको कट्मेरे अँध्यारोमा लुजले मलाई राम्ररी हेरी र छक्क परी । चिनीछे, हुत्तिएर गला मिलाउन आई र दह्रो गरी कस्दै सोधी,–‘जोन ! तिमीलाई कस्तो छ ?’

लुज ! म ठिक छु ।अंगालो कसिलो बनाउदै मैले भने,–‘मैले तिमीलाई धेरै मिस गर्थे । जोन ! म मेरो विगत मेट्न चाहन्थे ।लुजले मेरो नजरमाथी आफ्नो नजर राख्दै भनी,–‘तिम्रो याद मेटाउदाको जति कठिन फेरी मेरो जीवनमा सायदै होला !

सोमले चुरोट सल्काउदा जलाएको लाईटरको उज्यालो प्रकास लुजको आँखामा ठोक्किदा पानी टीलिक्क टल्कियो । उनी कसैले देख्लान् जस्तो गरी पलकमा ढिलपिलाई रहेको थोपा थोपा आँशु आँखै भित्र लुकाउन खोज्दै थिईन । उनलाई सहज बनाउन मैले सोधे,-‘लुज ! वियर पिउछौ ?’

नो (अँह) ! म आफ्नो लागि जुस लिएर आउछु ।खस्न लागेको आँशुको ढिकालाई आँखैको डिलमा औलाले किचेर फुटाउदै लुज गई । उनी गए तिर मेरो नजरले भ्याईन्जेल पछ्याई रहयो ।

तेरो गर्लफ्रेण्ड हो ?’ देवुले लुजको जवानीलाई जिब्रोमा राखेर थुक निल्यो–‘क्या च्वाँक !

हैन । अनि ?’‘तैले जसरी पनि बुझ्न सक्छस् ।मेरो कुरो पत्याउदैन भन्ने लाग्दा लाग्दै पनि भने,–‘तर हामी असल साथी हौं ।

ईन्टरनेशनल फ्रेण्डसीप !देवुले उपहासको हाँसो खिस्स हाँस्यो अनि लुज र मेरो सम्बन्धलाई वियरको नशामा घोलेर घुटुक्क निल्यो ।

फिलिपिना केटी (लुज) र नेपाली केटा(म) असल साथी हौ भन्ने कुरा देवुलाई विश्वास नलाग्नुमा उसको के दोष ? लुज र मेरो सम्बन्धमा देवुको जिब्रोले मादकताको स्वाद पाउनुमा उसको के गल्ती ? यी सव त हामीले हाम्रो समाजबाट ग्रहण गरेका हेर्ने दोष हो । उसै पनि हामी केटा र केटी विचको हिमचिमलाई यौनको आर्कर्षण ठान्ने समाजका भुराहरू न पर्र्यौ । यदी म देवुको ठाउँमा भएको भए मैले पनि त्यही स्वाद पाउथे र साथी भन्दैमा हतपती विश्वास गरीहाल्ने

कुरो नै हुन्थेन । किनभने अझैपनि हामी पुरानो मान्यताको धङधङ्गीबाट बर्जित भैसकेका छैनौ र मस्त उमेरका तरुनी तन्नेरी विचको सम्बन्धमा झटपट वासना कै गन्ध सुग्छौ । त्यही भएर देवुले हामी विचको सम्बन्धलाई वियरको नशा बराबर तुलना गर्दा मैले आपती गरीन ।

हातमा जुस लिएर लुज उपस्थित भैसकेकी थिई । हामी सबैसँग पालैपालो चियर्स गर्दै लुजले आफ्नो सम्पुर्ण ध्यान म पट्टी आकृष्ट गरी । मैले भने,–‘लुज ! तिमीसँग एकाएक सम्पर्क हुन छाडेपछि मलाई पछिसम्म पछुतो लाग्यो ।

म आफैले बेसाएको समस्याको भार तिमी पट्टी सार्न खोजेकोले मलाई पनि पछिसम्म पश्चताप भै रहयो ।लुजले म सँग माफी माग्न खोजी,–‘जोन ! मैले तिमीलाई संकटमा पारे ।

विश्वासमा उनीएर मर्महत भएको बेला मित्रताको आडमा तिमीले म माथी भरोषा गर्र्यौ तर म तिम्रो लागि बादरको पुच्छर सावित भएँ ।आफैले दिएको वचन पुरा गर्न नसकेको लाचरीपन छोप्न मैले भने,–‘लुज ! यामको होहोरेमा लागेर तिम्रो बर्थडेमा मैले नआउन पर्थ्यो किनभने कमसेकम हाम्रो चिनजान त हुन्थेन !

भनेपछि म सँगको मित्रतामा तिमीलाई विस्मत रहेछ !

नो नो !तत्काल मैले अब्जेक्सन गर्न खोजेपनि लुज अलि भावुक भई,–‘जोन ! सायद तिमी सित मेरो मित्रता नभएको भए यामले म माथी गरेको ब्यवहार एकमुस्ठ नेपालीहरूको प्रतिनिधी दृष्टीकोण हुन सक्थ्यो मेरो लागि । नेपाली केटा भन्न साथ घृणा जागेर आउन सक्थ्यो । तर, तिम्रो साथले सबै पुरुष स्वार्थी हुदैन भन्ने तथ्यमा उर्जा थप्यो । तिमीसँगको निकटताले समग्रमा यामलाई एउटा पुरुष मात्र ठाने र मेरो लागि याम नेपाली केटा हो भन्ने विषय गौंण

बन्यो तर तिमीलाई थाहा छ ? उसले मलाई के भन्यो ?’

के भन्यो ?’ मैले कौतुहलता पोखें ।

तिमीहरू फिलिपिना केटीहरूको के भर ? दशदुनियाको घोडा त हौ नी !लुजले मलाई प्रश्न गरी,-‘जोन ! यामले मलाई समग्रमा एउटी स्त्री ठान्दा के हुन्थ्यो ? के म फिलिपिना हुनु भनेको मेरो सतमा दाग लाग्नु हो ?’

जसरी हुन्छ उसलाई तिमीबाट टाढिनु थियो, टाढिनलाई निहु चाहिएको थियो, त्यही भएर उसले त्यस्तो बहाना बनायो ।यामलाई सकारत्मक बनाउन गरेको प्रयास मैले उनलाई बताउन चाँहे,–‘लुज ! बारम्बार तिम्रो समस्या लिएर मैले दवाव दिन थाले पछि यामले के भन्यो थाहा छ ?’

बेईमानीले बोल्ने बोली एउटै हुने हुँदा म अनुमान लगाउन सक्छु, तैपनि उसको कुरा तिमी सुनाउन सक्छौ ।यामसँग भएको विवाद सुन्न लुजले त्यति चासो देखाईन तर पनि मैले भट्याउन छाडिन,–‘लुज ! तिम्रो कुरोलाई लिएर मैले दिनहुँ प्रेसर दिन थाले पछि एकदिन यामले मलाई भन्यो, ‘त्यो नकचरीको माया त्यति लाग्छ भने तँ आफै सम्हाल्न। उसको यस्तो कुरोले गर्दा मैले कन्ट्रोल गर्ने क्षमता गुमाए र हामीबिच हात हालाहाल भयो ।

साथी भन्दै नाठो खेलाउछ्स र पेट बोके भन्दै मेरो बेईजत गर्छ्स ? कती थरीको बिर्य बटुलीस अनि यामले भुँडी बोकायो भन्दै हल्ला पिट्छ्स ?’ आफ्नो ईमान्दारीता र इज्वतमा यामले थुपारेका लान्छनाहरू मलाई सुनाउँदै लुजले दुखेसो पोखी,-‘जोन ! यामजस्तो निच ब्यक्तिलाई चिन्न नसकेकोमा मलाई जीवनभर खेद भईरहनेछ ।

मलाई थाहा भयो-यामले मसँग भएको झगडाको बदला लुजसँग लिएछ । जिम्मेवारीबाट पन्छीन याम यती तल गिर्छहोला जस्तो लागेको थिएन । लुज र म असल साथी हौँ भन्ने कुराको एक्लो साँछी थियो उ तर उसले नै हाम्रो पवित्र सम्बन्धलाई दोष लगाएछ । कुनैदिन ठट्टै ठट्टामा जंगलको तुलफूल जसले सक्छ उसले टिप्छ भनियो होला तर पनि आसय कदाचित त्यस्तो रहेन । लुज र म बिच मित्रताको बिशुद्ध सम्बन्ध कायम हुन सकेकोमा याम स्वयम पनि प्रसंशा गथ्र्यो । जसरी लुजसँगको आफ्नो प्रेमलाई उ नमुना मान्थ्यो उसैगरी लुजसँगको मेरो मित्रता उदाहरणीय ठान्थ्यो

। तर जब लुजले प्रेम सर्मपणको नाममा शरीर भोगको नियती भोगी तब यामले आफ्नो कर्तव्यबाट भाग्न हाम्रो स्वाच्छ मित्रताको गलत उपयोग ग¥यो र लुजसँग सम्बन्धित हरेकमा कलंक छर्कियो । आफ्नो स्वार्थको लागी यतिसम्मको हर्कत गर्नसक्ने मनुवासँग संगत भएकोमा म आफैलाई पनि ग्लानी भयो ।

लुजसँगको पहिलो भेटमा यामले मेरो परिचय गराउँदै We are best friend भनेको याद आयो । त्यो समयमा लुजको सम्मुख उभिएर उनको प्रेमीको best friend हुनुको गर्वले फुलिएको थिँए । तर अहिले उनले चिन्न नसकेको निच व्यक्तिको best friend हुनुले खुम्चिनु पर्र्यो । सरमले गर्दा शिर ठाडो गरेर लुजसँग नजर जुधाउने आँट गरीन र टाउको निहुराएर भने,-‘लुज !

बच्चाको सवालमा यामले के भन्यो ?’

त्यही कि भ्रुण हत्याको कुरो गर्र्यो र भन्यो यदी बच्चा मेरै हो भने पनि मलाई पाप नलागोस अनि भन्यो एबोर्सन गर्ने खर्चमा पाप कटाउनी दुईचार सय सहयोग गरुला ।खाटा बसीसकेको घाउको पाप्रो उप्काउदै लुजले भनी,-‘जोन ! मैले त यामको हृदयमा हाम्रो प्रेमको सानो हिस्सा चाहेको थिएँ तर उसले राहतको कुरो गर्र्यो ।

अनि ?’ मैले टाउको ठाडो गर्न सकिरहेको थिईन ।

जरुर म असाहय थिए तर असक्षम थिईन त्यसैले यामको सम्झना दिलाउने प्रत्येक चिज एकएक गर्दै नष्ट गर्न थाले ।नष्ट गर्ने क्रममा मेरो फोन नम्बर समेत जतन गर्ने होस नभएको बताई र भनी,-‘जोन ! त्यो रात रातभर म सोचेर एउटा निश्र्कषमा पुगेँ अनि विहानको पर्खाईमा एक झमक नगरी रात फाँले ।

किन ?’

मलाई जति सक्दो चाँडो क्लिनिक पुग्नु थियो ।

के को लागि ?’

शेष रहेको एउटा चिज जो म आफैले गर्न असम्भव थियो, हो त्यही चिज नष्ट गराउन ।

त्यसपछि ?’

धर्तीमा उज्यालो नखस्दै म क्लिन पुगे र दुई महिनाको गर्भ पतन गराएँ ।आफ्नै शरीर निरिक्षण गर्दै लुजले भनी,–‘जोन ! हेर अव म स्वतन्त्र छु ।

ठिक त्यही बेला देवु जुरुक्क उफ्रिएर करायो,-‘जिन्दावाद !

वियरले भेटेछ !अचनाक देवु उफ्रिएर कराएपछि मलाई यस्तै लागेको थियो तर हैन रैछ ।

मञ्चबाट गणतन्त्रको नारा उराल्दै थिएँ, बद्री पंगेनी र उनलाई साथ दिदै थिए मलेसियामा रहेका नेपाली युवा जनशक्तिहरू । देवु पनि नारा अलाप्दै भिडमा मिसियो ।

लुजले झै आफ्नो सन्तानको हत्या गर्दै आमा हुने सौभाग्य गुमाएर कति स्त्रीहरूले स्वतन्त्र अनुभव गर्दाहुन् ? यामको झै कति नेपाली बाबुका सन्तानहरूले रगतको डल्ला छँदाको अवस्थामै मृत्यु बेहोर्दा हुन् ? यसरी गर्भ पतन हुने नेपाली भ्रुणहरूको तथ्याङ्ग संकलन गर्न सम्भव होला या नहोला ?’ जस्ता सवालहरू स्वयममा उठ्यो तर जवाफ आफै भित्र

भेटीन । आफै भित्र जवाफ नभेटे पछि सोध्ने कसलाई ?-देवुलाई ? देवु त पहिला नै भिडमा मिसिई सकेको थियो । त्यसो भए सोमलाई ? सोमलाई हेरे कतिखेर हो उ पनि भिडमा मिसिन पुगि सकेछ ।

जोन ! क्याफे वानको ह्याप्पी हावर (happy hour) शुरु हुने बेला भयो ।लुजले मलाई झकझकाई ।

हाम्रो पनि जाने निस्कने बेला भयो ।लुजको फोन नम्बर आफ्नो मोवाईलमा सेभ गर्दै छुट्टिने बेला भने,–‘लुज ! म पछि कल गर्छु है !

मलाई एक्लै छाडि राखेर लुज गई । उ गएपछि मलाई उनले गर्भमै निमोठेको भ्रुण भएर जोडले कराउ लाग्यो,-‘मैले जन्मिन पाउने अधिकारको ग्यारेन्टी होस ।

तर, क्याफे वान भित्रको वातावरणमा बाबुखालहरूकै मास बढी थियो र उनीहरू उफ्रीउफ्री चिच्याउदै थिए,-‘गणतन्त्र- जिन्दावाद ! जिन्दावाद !!
 
        बोधे ९ धनकुटा

हाल मलेसिया