जमाना र हामी

Author : मोती चाम्लिङ
Published on : December 02, 2008


  
मोती चाम्लिङ
कोही भन्दैछन्, हाम्रो आयो जमाना
कोही भन्दैछन्, हाम्रो गयो जमाना
साँच्चिकैमा जमाना स्थिर नभएर
नदि झै अटल बग्दो छ निरन्तर
राजनितिमा गएको जमाना हेर्दै
राजावादीहरू सबै राष्ट्रवादीमा फर्के
भन्नलाई मिठो तर अंकमाल गर्न तितो
राजनितिमा पाएको जमाना हसुर्दै
जनवादीहरू पनि सबै राष्ट्रवादीमा फर्के
हिजो राजावादी मात्र सच्चा राष्ट्रवादी हुन्थे
आज फेरि जनवादी मात्र सच्चा राष्ट्रवादी भए
राष्ट्रवाद एउटा सौदाको शब्द हो की
कि राष्ट्रवाद, राजावाद र जनवादको उपमा
वादको खात लागेको रूग्न देशको नागरीक म
मुलुक हराएको मुगलानको अनागरीक म
सगरमाथाको महिमा बोल्दा स्वभिमानी हुँ म
चौकीदार, पहरेदारको लेप लागेको सम्झँदा
आत्मास्वभिमानको हत्यारा एक अपमानी हुँ म
कोही मुंग्लानबाट मुलुक बोकेका छौं भन्दछन्
कोही धर्तीबाटै मंगलको धरातल टेकेका छौं भन्दछन्
पाले पहराको गीत गाउँदा हिनतावोधको लघुताभाष
आत्माग्लानीको शिकार हुँदा नौरङ्गी निराश
म कस्तो छु ऐनामा छदम हेर्न छोडिदेउ
मनवारीको करेशालाई बरू गोड्न छोडिदेउ ।