गजल Author : बज्र कुमार राई Published on : May 08, 2014 |
||||||
जिब्रो होइन मुखभित्र छुरा छ की क्या हो । बोलि पिच्छे मान्छे मार्ने कुरा छ कि क्या हो । हिजोका हात्ती हजुर ! आज पिलन्धरे किन ! शरीरमा अन्न हैन सुरैसुरा छ कि क्या हो । अनुहारमा ग्रहण छ खुब आत्तिनु पनि भा'छ घर बाहिरको पेटमा पनि भुरा छ कि क्या हो ! हत्तारहत्तार हिड्नु भा'छ एकाबिहानै मन्दिरतिर कोटको गोजीमा सिन्दुर, पोते, चुरा छ कि क्या हो। हजुरले लगाको कमिजको ठाउँठाउँमा टाँक छैन घोक्र्याई/मुन्ट्याई गर्ने घरमा पाखुरा छ कि क्या हो। |