गजल

Author : देवराज भन्तना"विवश अश्रुमालि"
Published on : April 27, 2014


  
देवराज भन्तना"विवश अश्रुमालि"

गरिबको  झुपडीमा  हेर, चुहिएको  छानो  हुन्छ

बिहान बेल्का छाक टार्न, चामल एक मानो हुन्छ

 

  सुखमा हातेमालो, आँखा अघि भ्रम होइन

तर जब दुःख आउँछ, आफ्नो नै विरानो हुन्छ

 

बन्छ त्यही ईश्वर निर्दयी, पुजीन्छ पिर व्यथा हटोस्

घरी घरी बल्झन्छ घाऊ,न त आँखा ��"भानो हुन्छ

 

एकातिर टाल्दा पिडा, अर्कोतिर सुरु हुन्छ फाट्न

खुकुरीको चोट सहने, जस्तै पिडीत अचानो हुन्छ

 

अन्यायीलाई सजायँ छैन, घुसमा मिनाहा  बरु

पिडीत   पिडा   मै  , काम छिनोफानो हुन्छ ।

 

 

गोरखा