नयाँ वर्ष

Author : सावारा लिम्बु
Published on : April 15, 2014


  
सावारा लिम्बु

खुशीको दिवस मनाउँदै आउ नयाँ वर्ष

उज्यालो बस्ति बनाउदै आउ नयाँ वर्ष ।

 

सुनामीसंग पाउठे जोरी खेलेर  पनि

समुद्रमा डुंगा चलाउदै आउ नयाँ वर्ष ।

 

अनवरत पहल कदमी लक्ष्यको बिन्दुमा पुग्न

अवरोधका काँडाहरु जलाउँदै आउ नयाँ वर्ष ।

 

आँधि तुफान र झरी बादल सहेर पनि

अजंगको  पहाड ढलाउँदै आउ नयाँ वर्ष ।

 

खुशीको दिवस मनाउँदै आउ नयाँ वर्ष

उज्यालो बस्ति बनाउँदै आउ नयाँ वर्ष ।।