ओ मिकाएल ज्याक्सन

Author : प्रकाश रोदुङ
Published on : December 01, 2008


  
प्रकाश रोदुङ
ओ मखुन्डे माइकल ज्याक्सन अब फेरि कालो दल्ने कि !
गोराहरुको लाइनमा उभिनु पर्ने तिमी
कालो भए नी गोरै हुनु पर्ने तिमी
के तिम्रो इतिहास कालो थियो !
 
किन स्वीकारेनौ सृष्टिलाई
लाएर मखुन्डो त्यो सेतो लाप्राको
गोरो माया पायौ कि कालो घृणा !
सम्मान कि अपमान !
 
धर्म परिवर्तन गरेर मिकाएल हुनसक्ने तिमी
किन गर्दैनौ परिवर्तन लिङ्गको !
आखिर तिमीमा के रह्यो
न पूरुस्वार्थ न आदर्श
र गर्व गरोस तिम्रा ती वर्णले
तिमी नेभरल्याण्डमा गुप्तबास बस्दाबस्दै
कालै छाला ओढेर
ठिमाहा बाराक पस्यो सेतो घरमा
अब त्यो सेतो घरमा
ऊ दाग हैन बुट्टाभएर बस्ने छ,
 
इतिहास कोरेको छ उसले वर्तमान साचि राखेर
ओ ज्याक्सन तिम्रो जादुमय नाचमा
जसरि सरर पछाडि बग्छौ
त्यसै गरी विचार पनि नबगाउ पछाडि
सक्छौ भने फ्याक मखुन्डो,
 
त्यो तिम्रो सेतो छाला
कसैको गुप्ताङ्गको लाप्रा हुनसक्छ
किन कि छोपिएको छाला सेतो हुन्छ
श्रृष्टिले तिमीलाई के दिएन
फेरि किन लगायौ लाप्रा,
 
अब पछुताएर हुन्न केही
पश्चात्ताप गर्र्छौ त फ्याक मखुन्डो
माग माफी तिम्रा पुर्खाहरुसंग
ती तिम्रा वर्णसंग
आखिर रगत सबको रातै हुन्छ
ऐ ज्याक्सन र ज्याक्सन मार्काहरुहो
बेलैमा चेतना भया ।