जुनुमायाका फूलहरु

Author : वैरागी जेठा
Published on : April 01, 2014


  
वैरागी जेठा

जुनुमायाका फूलहरु

फुल्छन् सानीमदौमा

उषका बैँससँग

विहानी किरणमा

अल्की जुनुमाया

सुनगाभा झारिरहिछिन

कालापत्थरका टुक्राझैँ

मुस्किदिँदा दिँदै

कोरल्छिन् धेरै चल्लाहरु

भँगेरी देशहरुमा

मोती जस्ता सन्तान बोकेर

अहोरात्र बेसी झर्छिन्

कालापानीझैँ

उकालो चढ्दा

मुद्रा मीठो बनाएर

नयाँघर हँसाउँछिन्

उनलाई कुनै रवाफ मन पर्दैन

बाहुनीझैँ

डोको बोकेर

तामाका गाग्रीहरुमा पानी भर्न

गोरेटो ��"र्लिरहेकी हुन्छिन्

सन्तानहरुले बेर्छन्

काखमा च्यापेर

ढवाँङ छाँगो चुमेर

नयाँघर लिपीरहन्छिन्

बुद्धि लगाएर

हितप्रसादका हुक्का माझेर

मुनियाँहरुसँग रमाउँदै

धेरै वर्ष

गाउँ बेसी गरिरहिन

धेरै मानिसहरु मर्छन

पानी पिउन नपाएर

आफ्नै नानीहरु सँग

मुस्किदिएर

आफ्नो चोटहरु रोक्छिन्

गाउँभरका सेठहरु

धुवाँझैँ उडाउन चाहनथे

उनका कथाहरु

मुजुरहरुले बुझिदिएकाले

उनको घर

ताराझैँ फुलिरहेछन्

कलकल पसिना पिउँदै

नयाँ घरमा जुनहरु नाच्छन्

जुनुले मजेरी टेक्दा

चन्द्रलालहरु भजन गाउँछन्

खरको छानो मुनी

मयुरको प्वाँखले झिलल्मिलाउँदा

कवि हृदय तिल्मिलाउँदा

काफ्लेटार सिल्मिलाउँछ

प्वाँखहरु धप्धपाउँदा

जुनुमायाका कथाहरु टल्किन्छन्

मुटु डग्मगाउँछ

स्वस्थ मनहरु

सुख्खा प्रकृतिका दौलतहरु

सुन्दर सपना लिएर

बाँचीरहेकाछन्

नयाँ गाउँको उदयमा

मानिसहरु एक आपसमा लडिरहेछन्

असिम यात्राहरुमा

पसिनाका थैलीहरु भिज्छन्

साहस लिएर

काँतर चरीभन्दा माथि उठेर

जुनुमाया बाँचेकिछिन्

दौलतका सेठहरुसँग जुधेर

जिमल सेठहरुले

आफ्नो घर सम्म घेर्दा

नआतिएकी जुनुमाया

आफ्नै शैलीमा संघर्ष गरिरहेकी छन्

चरित्रको अडानमा रहेर

सानीमदौको हिराका रुपमा

उनी उभिएकी छन्

तिनैका बारेमा

कलम शब्द उकेलिरहेछ

यतिबेला

उल्लुहरु चर्केर बोल्छन्

दालिङ्गे वरिपरि

मण्डरेका कथाहरु

सुन्दै बुझ्दै जाँदाखेरी

मुटु चर्किन्छ

आऊ आऊ

मानिसहरु

हाम्रो इज्जतराख्न

पापीहरुको कब्जाले

मन धर्कन्छ

जिमवालहरु हाम्रा काँढा हुन्

डिठ्ठाहरु हाम्रा तार हुन्

सानीमदौ थर्किन्छ

कोरहरुको लर्कन छ

सम्झिदा तनहरु सर्कन्छ

अघोर काजिहरु

डँकिनीझैँ उफ्रिरहेछन्

भोका गिद्दहरु

अबलाई उढे

तन खुकुलो बनाएर

बाजेहरुको निष्क्रमण भइरहेछ

ज्ञानप्रसाद ठालु

वनबिरालाहरु पनि डराउने

ठालुहरु बाली खोस्ने

किसानहरु रुवाउने

संस्कृतिहरु तोड्न

बाहुन चरी भुरुरु उड्छे । आकाशमा

ठालुहरुको रमिता किसानहरुको पीडा

सुख्खा पटमा भँगेरीको मुटु

नाच मुजुर नाच मुजुर

कैल्यै मेटिन सकिन्न

छम छम टिम टिम

जीवनका यात्राहरु

एउटा मीठो गीत गाउँछ

खयरको बोटमा

निम्सरो कोइली

उसको बोलीमा

क्षण क्षण मधुञिजरहन्थ्यो

कवि चमचम

मकै टोकिरहन्छ

क्रान्तिको बाटो रोजी

संसार जित्न

नाच्छ भाले मयुर

वर्षा ऋतुमा

युद्ध प्रेमी जूनहरु

रमरम दगुरिरहेछन्

नयाँ संसार घोषणा गर्न

निभ्दैन क्रान्ति

मर्देनन् सहदहरु

पटक पटक जन्मिरहन्छन्

नदीझैँ ,खोल्सा खाल्सी जस्तै मिलेर

कवाज खेलिरहेछन्

नयाँघरको मजेरीमा

जुनुमायाका फूलहरु

धपक्कै फुलिरहेछन्

कफाइट खेलिएका क्षणहरु

भिेर फेरि झुल्केर आएकाछन्

मुजुर जोडीहरु

अमर प्रेम गरिरहेछन्

वरपीपलको चौतारीमा बसेर

कविता लेखिरहन्छ

मसीका ज्वालाहरुले

लेखेर सकिन्न संसार

घुम्दै र्फिदै

यात्री

जुनुमायाका फूलहरुसँगै

हराउँदै जान्छन्

जुनुमायाका दिल

आरनको ज्वला भएर बलिरहेछ

आफ्नै ताल भित्र

सेलेघाटमा

रमरम गरिरहेछ

मन

पसिनाका भुवाहरु

मधुर झर्ना भएर बग्छन्

तिन सताब्दी देखिका पीडा लिएर

मन्थलीमा बुलबुल गर्दै

कवाज खेलिरहेछन्

 

सपनै सपनाको यात्रामा

निभेको छैन जीवन ।