अध्याय :- एक कबिता ! Author : सुरेश आर.कटुवाल Published on : March 26, 2014 |
||||||
अध्याय "क" तिमी बिश्वास गर्दैनौ होला, मैले त अनुभव गरेको छु ! मेरो मानसपटमा त्यो अतित ज्युँदै छ, मेरा आँगनीमा, टक् टक् टक् गरी बजेका बुटहरु, अनि काँधमा राइफल बोकेर ! काला भुसतिग्रेहरुले दिएका ति हुकुम, "आज सें इस देशको भि हमं नें हमरा एक छोटा राज्य घोषित कर दियां " । अनि लाचार भएर, अरुको अस्तित्व़ स्विकारी, आफ्नो अस्तित्वलाई नेपथ्यमा धकेली, बिस्तारबादको पिडा मैले सहेको छु ।। ______________________ अध्याय "ख" मेरो देश अनि पाटी-पौव़ा, पाखा-पखेरा अनि नदी-नाला, खोला-खाल्सी अनि हरियाली पहाड, समथर तराई अनि चाँदी जस्ता हिमाल । पाटी-पौव़ा भत्किदै मेरो देश बिलिन हुने छ, खोला-खाल्सी, नदी-नाला सुक्दै, हरियाली पहाडहरु कक्रने छन्, समथर तराई बाँझिदै, हिमालमा धमिरा लाग्ने छन् । तब मक्किदै गरेको सगरमाथा, कक्रक्-कक्रक गरी ढल्ने छ, आफ्नो आफ्नो इहलिला मुताबिक । अनि सोच त ! तिम्रो अस्तित्व़ काहाँ जाने छ ? तिमीलाई कति आत्माग्लानी हुने छ ।। __________________ अध्याय "ग" अराष्ट्रिय तत्वहरुको घुषपैठ, नेताहरुको अदुर्दर्शिता, जनताको भेडी गोठाले स्वभाव, अनि युव़ाहरुको देश देखी पलायन, अब के नै चाहियो मेरो देशलाई ? कतै सिक्किम जस्तै ! या त भनौ कबिताको अध्याय "क" जस्तै, अथवा हालैको क्रीमिया, मेरो हिमाल पहाड तराईको, बिस्तारै भाग-बण्डा हुने छ ! आमा एउटी हुन तर टुक्रा दुई हुने छ । तब जातियताको लडाई के को लागि ? राष्ट्रियताको लडाई छाडेर ! हकको लडाई के को लागि ? स्वतन्त्र अस्तित्व़को लडाई छाडेर । भाई फुट्दा त पराईले लुट्छन्, अब त देशकै भाग-बण्डा हुँदा, माथि बाट राता बुटहरु, तल देखी काला बुटहरु, तिम्रा आँगनिमा परेड खेल्दा, तिमी के गर्छौ ? फरिया-चौबन्दी, दौरा-सुरुवाल, अनि ढाका टोपी बिलिन हुँदा, तिमी के गर्छौ ? काठमाण्डौमा होंग लिपावो (लालसलाम) भनिदा, बिराटनगर र नेपालगंजमा जय़ हिंन्द सुनिदा, तिमी के गर्छौ ? हाम्री आमा दुई धुजाँ भई, दुइटा सिक्किम बन्न पुगे भने, तिमी के गर्छौ ?? अनि तिम्रो संघियतालाई कता हाल्छौ ?? |