चार वासा Author : मोती चाम्लिङ Published on : March 26, 2014 |
||||||
हामी चार वासाहरुको भूमिका एउटै, ओहदा उस्तै, आफू वनेका कारखाना एउटै, पदार्थ उस्तै पहिले पहिले हामी कागजले वनाइन्थ्यौं हिजो आज कमसेकम प्लाष्टिकमा मोडिएका छौं हामी यति शक्तिशाली छौं जति हुनुपर्ने हो त्यति चाहिं छैनौं तैपनि आकारमा र अक्षरमा शक्ति र सामर्थ्यमा चार वासा एउटै हौं हामी चार वासा , अखडामा पालो आएपछि पछारिने हामीलाई पछार्ने हातहरु कहिले तीन भन्दा धेरै, कहिले एउटै पछारिनु हाम्रो धर्म हो, वासा हौं हामी, चार वासा वुङभित्र लापत्ता मिसिएर फिटिनु हाम्रो काम हो आफनै आफना घोषित अघोषित रैतीहरुको समुदायमा, केवल नक्शामा गन्ती र अक्षरमा सपनाको साम्राज्यमा केवल शव्दको अधिराज्य अपरिचित हातहरुले खडा गरिदिएका न हुन् कुनै हातले थुकेर फयाल्छन् अस्वभाविक जनेन्द्रियमा रिसले दल्छन् फयालिनु हाम्रो धर्म र कर्म नै हो वासाहरुको मनोदशा यस्तै होला शायद खेलाडिहरुका हातमा टाँसिएर, कठोर औंलोमा च्यापिएर च्यातिदै सकिनु थोत्रो भएपछि लापसापमा अस्तित्व विलय हुनु आज हामी चार वासा कहिले दक्षिणको हातमा कहिले उत्तरको हातमा तीनका औंलोका कापमा च्यापिएका छौं हामी फगत कागजी चार वासा निरिह नाजुक चार वासा हामी खेलाडिहरुका मर्जीमा जुवाडिहरुको अर्जीमा यसरी नै च्यापिने र च्यातिने छौं, किन भने हाम्रो नियति एति वनेको छ , हामी वासा मात्र वन्न चाहन्छौं चाहे तुरुपको किन नहोऔं या त चिडी, पाना र इटाका हाम्रो धर्म नै अरुका हातमा च्यापिएर च्यातिनु औंलोका किस्सावाट थुतिएर निर्मम फयालिनु । |