गजल

Author : सोमु बान्तवा राई
Published on : March 26, 2014


  
सोमु बान्तवा राई

मुटुभित्र सजाईराख्छु अनमोल तिम्रो मायाँ !

सुबास बनि घुमिरहनछु संधै तिम्रै दायाँ-बायाँ !!

 

सप्तरंगी फुल बनि फुलिरहन्छु मनको बगैंचामा !

अटल बनि बसिरहन्छु हरपल सुन्दर फलैंचामा !!

जीवनभरी अनमोल रहोस निश्चल हाम्रो मायाँ !

सुबास बनि घुमिरहनछु संधै तिम्रै दायाँ-बायाँ !!

 

मुटुभित्र सजाईराख्छु अनमोल तिम्रो मायाँ !

सुबास बनि घुमिरहनछु संधै तिम्रै दायाँ-बायाँ !!

 

छछल्किनछ मनको बह तिम्रै यादले होकी !

किरण बनि उदाई आउनु सुन्दर लाली बोकी !!

हिमाल झैँ कन्चन रहोस दुई मुटुको मायाँ !

सुबास बनि घुमिरहनछु संधै तिम्रै दायाँ-बायाँ !!

 

मुटुभित्र सजाईराख्छु अनमोल तिम्रो मायाँ !

सुबास बनि घुमिरहनछु संधै तिम्रै दायाँ-बायाँ !!

 

पाँचथर नेपाल

हाल :- अल-ऐन युएई