गजल

Author : पोष कुमार राई
Published on : March 01, 2014


  
पोष कुमार राई

तिमी पारी म वारी हिड्ने किनार बेग्लै भो

तिमी ऊँभो म ऊँधो तर्ने जंघार बेग्लै भो

 

कैल्यै पनि नहुनेभो भेट हाम्रो जिन्दगीमा 

त्यो स्वर्ग र यो धर्तीको संसार बेग्लै भो

 

सधै ओठमा मुस्कान हुन्थ्यो सँगै हुँदा तिमी

नत रुनु न हाँस्नु आज मेरो मुहार बेग्लै भो

 

तिमी थियौ धनको धनी म त एउटा गरीब

चोखो मायाँ लाउँदा पनि बिचार बेग्लै भो

 

छोडेदेखी तिम्ले मलाई पिउँने बानी परेको छु

त्यसै गरि मैले  जीवन जिउँने आधार बेग्लै भो ।

 

२. गजल

 

कति गुमाए मैले नजानेरै अवसरहरु

आएको थ्यो जिन्दगीमा धेरै अवसरहरु

 

थाहा भो दिए पछी समयले चुनौती मलाई

आउँदैन रैछ असल जति खेरै अवसरहरु

 

दिएको थ्यो एका तिर अर्को तिर बाट फेरी  

दैवले नै लुट्यो आज  मेरै अवसरहरु

 

समयको गति सँगै मैले चल्न नसक्दा

आँफै गयो धेरै टाढा बोकेरै अवसरहरु

 

त्यसैले त पश्चतापले पिरोल्दैछ झन अचेल

कति चुकी सके यहाँ नबुझेरै अवसरहरु ।

 

३. गजल

 

सुन्दैनन् कसैले चिच्याएको त्यो बालकले

सुन्छ त केवल यहाँ पाटी,पौवा र सडकले

 

हेर त ! उ भोक-भोकै लम्पसार छ असक्त

गरेनन् केहि सेवा कुनै पनि दल र बैठकले

 

धर्ती छोडी जाँदा पनि बिर्सेनछ माटो उस्ले

सोधेको थ्यो सपनीमा के छ हालरु मृतकले

 

प्रकृतिको धनी देश शौन्दर्य मेरो नेपाल

कंगाल बनाई छाडे आज भ्रष्ट गर्ने शोषकले

 

रुँदै भन्यो फर्किन्न म कसम अब हेर साथी

बेचिन्छु भने यदी पैसामै विदेश एक यूवकले ।

 

४. गजल

 

बगिरहेको छ नदी प्यासी छन् ती बगरहरु

उभिरहेका छन् प्राकृतिक निर्दोष पत्थरहरु

 

उ हेर त तिनै नदी,बगर र पत्थरहरु सँग

कस्तो रमाईरहेका छन् पंक्षी र जनावरहरु

 

छैन रैछ स्वतन्त्र त मानवको जीवन यहाँ

बाध्यता आई कुल्चिदिन्छ सारा रहरहरु

 

बेचिएका छन् कैयौँ यूवाहरु पराई भूमीमा

फर्की आउँनु भनि रुन्छन् यी गाउँ र घरहरु

 

त्यसैले त रुने गर्छ पश्चातापमा मान्छे धेरै

गुमाएको हुन्छ कति असल त्यो अवसरहरु ।

 

महेश्वरी-२ सानोडुम्रे खोटाङ