गीत

Author : पदमा लिंखा मगर
Published on : March 01, 2014


  
पदमा लिंखा मगर

एक्लो पारी गयौ तिमी, सम्झनामा  बाँच्छु प्यारी

तिमी मेरी नभए नि, चोखो माया साँच्छु प्यारी

 

जुन्किरीको उज्यालोमा, रमाउन सिक्दैछु म

बन्द भए सारा ढोका, झ्यालबाट देख्दैछु म

परेलीमा सजाइ राखें, गयौ मलाइ माया मारी

तिमी मेरी नभए नि, चोखो माया साँच्छु प्यारी

 

सम्झनेछु जून तारालाई, ताक्नु मेरै भूल थियो

अप्ठ्यारोमा फूलिरा'को, मन् परेको फूल थियो

टिप्न खोज्दा लडि गएँ, चोट लाग्यो मुटुभरि

तिमी मेरी नभए नि, चोखो माया साँच्छु प्यारी ।

 

न्यूयोर्क