गजल

Author : कुङ्मा ङिमा शेर्पा
Published on : February 26, 2014


  
कुङ्मा ङिमा शेर्पा

म जाँदा तिमीलाई यो सगरमाथा उपहार दिएर जानेछु।

विश्वको उचाई अनि मेरो सम्पुर्ण संसार दिएर जानेछु।

 

जानेबेलामा एउटा रातो गुलाब अनि अंकमाल मात्र होइन

यो चौंरी चर्ने लेकसँग यो लालिगुराँस हजार दिएर जानेछु।

 

म जाँदा यो सुन्दर प्रक्रितिको तस्वीर आँखाले खिचेर लान्छु

तिमीलाई भने सच्चाईको सबै गर्व गर्ने आधार दिएर जानेछु।

 

यो श्रिष्टिको अन्त्यकालसम्म तिमीले हरदम बचाई राख्नुपर्छ

मीठो बोली,असल ब्यबहार,हिमाली संस्कार दिएर जानेछु।

 

म गई सकेपछि पनि तिमी आफूलाई कदापि एक्लो नसम्झनु

तिम्रो गालामा साथी मेरो ��"ठको असीम प्यार दिएर जानेछु।