गजल

Author : भबेन्द्र ढकाल
Published on : February 18, 2014


  
भबेन्द्र ढकाल

न आइज भो खुसिहरु रमाइदिने कोहि छैन

यो सरिर ढल्न सक्छ समाइदिने कोहि छैन॥

 

कस्तो भाग्य लेखेउ दैब यो अभागि निधारमा

तिमि नै भनि देउ मलाइ बताइ दिने कोहि छैन॥

 

दिन बिति जसोतसो जब रात पर्दै जान्छ

एकान्तमा रुन्छ मन सम्झाइ दिने कोहि छैन॥

 

न त पाए तिम्रो माया न अरुको साहारा नै

यहि सरिर खियाउछु कमाइ दिने कोहि छैन!!