गजल

Author : रविन शर्मा चापागाई "पल्लो ड्याङको मूल
Published on : February 18, 2014


  
रविन शर्मा चापागाई "पल्लो ड्याङको मूल

ती अधुरा सपनाहरू पुरा होलान् जस्तै लाग्छ

उनीसंग मिलनको कुरा होलान् जस्तै लाग्छ ।।

 

यति सम्म कल्पनामा डुबेको छु हिजो आज

बिहे होला जस्तै लाग्छ भुरा होलान् जस्तै लाग्छ ।।

 

मनको कुरा भन्न खोज्छु शंका लाग्छ मित्र संग

मुखमा राम बगलिमा छुरा होलान् जस्तै लाग्छ ।।

 

सहिदको घर भित्र के होला र धन सम्पत्ती

पुछिएको सिन्दुर र चुरा होलान् जस्तो लाग्छ ।।

 

अझै सम्म भट्टी भित्र पस्या भए तिम्रो कसम

त्यहाँ केवल सुन्दरी र सुरा होलान्  जस्तो लाग्छ ।।

 

©मृत्युञ्जय

२७ माघ २०७०