गजल Author : दिपेन्द्र "अश्रुमाली" Published on : February 18, 2014 |
||||||
पिरतिमा तट्पिएर, टोलाउँनुको मजा बेग्लै । दु:खाइमा अश्रु धारा, बगाउँनुको मजा बेग्लै ।। सुरुवातमा पिरतिको, मुना हुँदै गर्दा खेरी । रिसाएको प्रेमिलाई,फकाउँनुको मजा बेग्कै ।। दाउरा घाँस, गाई गोठाला, जाँदा सबै मिली । जेठा दाइले बाँसुरि, बजाउँनुको मजा बेग्लै ।। मन परेको मान्छेको, हरेक राम्रो कुराहरु । खुशी साथ अरुसामु, बताउँनुको मजा बेग्लै ।। आफ्नो मन्को कुरा सबै, मन भित्रै राखेर । परिवारको मुहार, हासाउँनुको मजा बेग्लै ।। खोटाङ छोराम्बु |