आजादहरु सलाम

Author : वैरागी जेठा
Published on : February 12, 2014


  
वैरागी जेठा

तामाकोसीको बेगझैँ

म आँधिभएर उठेको छु

घनस्याम भएर गर्जिरहेछु

खुरकोटका सम्म फाँटहरुमा

उक्लिरहेछु

स्यामहरुझैँ निरन्तर रतनचुरा

यात्राहरु जित्न

गढी टेको छु

रातामानिसहरु लिएर

साम्राज्यबाद सँग लड्न

मानिसहरुलाई

अरिड.गालझैँ लिएर

भद्रकाली ओर्लिएको छु

प्रिय आजादहरु

यति बेला

भिमान आइपुगेको छु

व्वाँसाहरु सँग जुध्दै

नयाँ मार्चपास गर्दै

भिमान आइपुगेको छु

युद्ध जित्न

विश्वास गर

प्रिय आजादहरु

हाम्रा वर्गीय शत्रुहरु

नयाँ जाल बुनिरहेछन्

ति जालहरु च्यात्न

अघि बढिरहेछु

काला, राता बाघहरु

गोरा चितुवाहरु

अझैपनि हाम्राबाटाहरु

अबरोध गर्न तम्सिरहेछन्

म छोड्ने वाला छैन

घलानहरुका साथ

भिमान आइपुगेको छु

प्रिय आजादहरु

बिरालाहरु संसद भवन छिरेका छन्

हाम्रा दुध चोरेर

हामीलाई स्वीकार्य छैन

छिन्ताड.काण्ड मच्चाउनेहरु

पिस्कर आतड.क मच्चाउनेहरु

नमिता सुनिता काण्ड गर्नेहरु

कुर्सीमा बृिसरहेछन्

मित्रमणि, कृष्ण सेनका हत्याराहरु

संविधान बनाउन

सम्मेलन छिरेकाछन्

मलाई स्वीकार छैन

प्रिय आजादहरु

अग्न्यास्त्र र रुद्रास्त्र लिएर

गढीबाट झरिरहेछु

पोकली भएर

आजादहरु सलाम छ

अग्निको ज्वाला भएर

फैलिरहेछु

अत्यन्त खुशी हुँदै

युद्धमैदानमा रमाइरहेछु

लडाइँको प्रचार प्रसार गरेर

भिमानमा

ऋषि मुस्कुराए

उनको हँसिलो चेहराले

हाम्रो वर्गीय युद्धलाई

आडदिइरहे थ्यो

शैलमालाले घेरिएको हाम्रो नेपाल

मेरो मुटुमा फुलिरहेछ

चिमालझैँ

हाम्रो युद्ध

साँच्चि हो

आजादहरु

यहाँहरुकै

पथ समाएर

नयाँ युद्ध लड्दै छु

विश्वास गर

हाम्रा आजादहरु